श्रवण मुकारुङ
मृत्यु हलुकाे हुन्छ- भर्जिनिया उल्फ
मृत्यु चिसो हुन्छ- सिल्भिया प्लाथ
झुन्डिएर मर्न
ठीक हुनुपर्छ पासो
त्यसपछि ठाउँ
रुख, दलिन, पङ्खा
घर, अफिस, कारागार
तर अनिवार्य छ एकान्त
हाम्फालेर मर्न
भीर, पुल, इनार
सेफ्टी नभएका कम्प्लेक्स
कलेज, अस्पताल र पार्टी कार्यालयहरू
तर महत्वपूर्ण हुनेछ सनक
कायर मृत्यु हो विष सेवन
अझ मुसा मार्ने विष, कीटनाशक
लागूपदार्थको ओभर डोज
वा पराजय बोधपछिको प्रयत्न
लज्जास्पद हुनेछ यस्तो मृत्यु
आत्मदाह ...?
मूर्खतापूर्ण मृत्यु हो यो
मृत्यु स्वयंलाई यातना
यस्तो कलाहीन मृत्युको
यो धर्तीमा अब छैन कुनै गुञ्जायस
जसरी
बुद्ध, मार्क्स, गान्धी
माओत्सेतुङ, मण्डेला, माउसुली
मारिरहेछन् मानिस
तर तिमी यिनको लिने छैनौ सहारा
किनभने तिमीलाई
तिम्रो टाउकोमा गिदी भएको ज्ञान छ
हो, तिमी मर्न चाहन्छौ
तर इच्छामृत्यु मर्न सक्दैनौ तिमी
किनभने तिमी मानिस हौ
तिमीलाई माध्यम चाहिन्छ मर्न
जस्तो-
दम, क्यान्सर, एड्स, उमेर
यद्यपी
प्रयत्न गर्यौ भने तिमीले
तिमीलाई रोक्नेछन् मानवअधिकारकर्मीहरूले
र सम्झाउने छन् तिनले-
'जिसस् क्राइस्टको मृत्यु महान मृत्यु हो ।'
योगमायाको प्रवचन
साम एम. लेविसकाेको गीत
हाराकिरी
लोकतन्त्र
वा सार्प सुटरले प्रयोग गर्ने चाइनिज अमेरिकन पेस्तोल
मार्न सक्दैनन् यिनले, यी त भइसके डेट एक्स्पायर
विकल्प हुनसक्छ स्लो पोइजन
तर के तिमी
तिम्रो देशलाई माया गरिरहन सक्छौ ?
अहँ सक्दैनौ
किनभने-
भोकको घुनले खान्छ प्रेमको मकै
त्यसैले, कवि सुन !
म अर्को विकल्प दिन्छु तिमीलाई
मर्नुअघि-
मृत्युबारे
सोंच !।
प्रकाशित:
१३१६ दिन अगाडि
|
१३ माघ २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९