भूपी शेरचन
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को
देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए
हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको
हाम्रो मुटुको प्रत्येक चालमा छ धडकन शहीदको
हाम्रो खुशीको प्रत्येक पलमा छ जीवन शहीदको
पाउने थिएनौं खुशी तिन्ले छाडेर नगए
हामीले आफ्नो कर्तब्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
धरतीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्न्ती गरेर नगए
हुँदैन बिहान मिर्मिरेमा तर झरेर नगए
बन्दैन मुलुका दुई-चार सपूत मरेर नगए
प्रकाशित:
१३१२ दिन अगाडि
|
१६ माघ २०७९
३ दिन अगाडि
|
१५ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
७ भदौ २०८३
२० दिन अगाडि
|
२९ साउन २०८३
३१ दिन अगाडि
|
१८ साउन २०८३
३३ दिन अगाडि
|
१६ साउन २०८३
१४२३ दिन अगाडि
|
२५ असोज २०७९
१४५८ दिन अगाडि
|
२१ भदौ २०७९
१४६७ दिन अगाडि
|
१२ भदौ २०७९
१४२२ दिन अगाडि
|
२६ असोज २०७९
१३७२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२८ दिन अगाडि
|
२० असोज २०७९
१३६० दिन अगाडि
|
२७ मंसिर २०७९