Above News Title

७ औं राष्ट्रिय थारू साहित्य सम्मेलनले देखाएको उत्साह

८ औं राष्ट्रिय थारू साहित्य सम्मेलन मोरङको ग्रामथानमा गरिने
७ औं राष्ट्रिय थारू साहित्य सम्मेलनले देखाएको उत्साह

राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेको राप्ती सोनारीमा माघ २२ गते आईतबार सम्पन्न भएको छ । 

शुक्रबारदेखि सञ्चालन भएको सम्मेलनमा थारू भाषा, साहित्य, संस्कृति उनन्नयनका लागि थारू साहित्यिक संघ संस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरु एकजुट भएर सहकार्य गर्ने लगायतका  १२ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । 

साथै, आगामी ८ औं राष्ट्रिय थारू साहित्य सम्मेलन मोरङको ग्रामथान गाउँपालिकामा गरिने घोषणा पत्रमा उल्लेख छ । ८ औं राष्ट्रिय थारू साहित्य सम्मेलनपछि बाँकी सबै थारू साहित्य सम्मेलन बर्दियामा आयोजना गर्न पहिल गरिने कुरा थारू लेखक संघका केन्द्रीय सदस्य शेखर दहितले बताए । 

थारू लेखक संघ नेपाल र थारू गोचाली समाज नेपा, बाँकेले आयोजना गरेको सम्मेलन समापन गर्दै थारू लेखक संघका अध्यक्ष डा कृष्णराज सर्वाहारीले प्रत्येक बर्ष आयोजना गरिने राष्ट्रिय थारू साहित्य सम्मेलनले एक किसिमको जागरण ल्याउने काम गरिरहेको बताए ।

कैलालीको पटेलामा आयोजना गरिएको दोस्रो साहित्य सम्मेलनकै कारण त्यहाँका बरघरहरु एकजुट भएर थारू संग्राहलय बनाउन सफल भएको उदाहरण दिँदै उनले भने, ‘रुपन्देहीको सैनामैनामा उद्घाटन नभएको होमस्टेमा चौथो सम्मेलन ग¥यौं, त्यहाँको प्रचार प्रसारमा बढी सहयोग पुग्यो । सुर्खेत र बाँकेमा गरिएको सम्मेलनमा थारूको जनजीवनमा कलम चलाउने गैरथारू साहित्यकारहरुलाई सहभागी गरायौं, यसले गैरथारू ठूला सहित्यकारको प्रभाव थारू साहित्यकारमा पर्दै गएको छ ।’ 
लुम्विनी प्रदेशमा यथाशीघ्र प्रज्ञा प्रतिस्थान बन्नु पर्ने आवश्यकता औंल्याउँदै सर्वहारीले भने–‘ २०१४ सालमा स्थापना भए पनि केन्द्रको प्रज्ञा प्रतिस्थानमा थारू साहित्यकार अझैसम्म प्राज्ञ सदस्य बन्न सकेका छैनन् । योे चौथो ठूलो भाषाप्रतिको घोर उपेक्षा हो ।’ 

थारू भाषाको मानकताको सवालमा विस्तारै भाषाको एकरुपता आउन थालेको अध्यक्ष सर्वहारीको दावी छ । एक दशक अघि प्रकाशन भएका थारू भाषाका पुस्तक र पछिल्लो समय प्रकाशन भईरहेका पुस्तकमा भाषा लेखनमा सुधार आईरहेको उनले बताए । 

देशको जुनसुकै कुनामा थारू साहित्य सम्मेलन गरिएपनि त्यहाँका युवा साहित्यकारलाई सशक्त बनाउनुका साथै भाषिक जागरण ल्याउने काम गरिरहेको अध्यक्ष सर्वहारीले जिकिर गरे । 

थारू समुदायको कला संस्कृतिको खोज अनुसन्धान तथा ईतिहासबारे दस्तावेजीकरण गर्ने उद्देश्यले थारू लेखक संघले प्रत्येक बर्ष राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको र यो कार्यक्रम विस्तारै मूर्तरुप लिँदै गएको थारू लेखक संघका केन्द्रीय सदस्य शेखर दहितले बताए । 

यस्तै समापन कार्यक्रमलाई सम्बोधन गर्दै सम्मेलनमा युवा सहभागिताको लागि आगामी दिनमा युवाहरुको रचना वाचनलाई पनि विशेष स्थान दिनुपर्ने थारू लेखक संघका केन्द्रीय सचिव तथा जंग्रार साहित्यक बखेरीका केन्द्रय अध्यक्ष सोम डेमनडौराले सुझाव दिएका थिए ।

७ औं राष्ट्रिय थारू साहित्य सम्मेलनमा ६ वटा विविध विषयमा छलफल, बहस गरिएको थियो । राप्ती सोनारीको विकासका लागि प्राथमिकताहरु, आदिवासी भाषा दशक र मातृभाषा, विकासमा वरघर, होमस्टेमा थारू समुदाय, आख्यानमा थारू जीवन, बाँकेमा थारू साहित्यको अवस्था, थारू साहित्यमा युवा तथा  सिकलसेल एनिमियाको कहरः जनस्वास्थ्यमा प्रतिकुल असरबारे विषयगत सम्बन्धित ब्यक्तित्वहरुलाई प्यानलिस्ट बनाएर घनिभूत छलफल गरिएको थियो । 

बहसमा पत्रकार विमला चौधरी, लेखक तथा थारू कला संस्कृति खोज अनुसन्धानकर्ता शेखर दहित, सञ्चारकर्मी तथा बरघर अभियन्ता एकराज चौधरी, सञ्चारकर्मी तथा साहित्यकार नविन अभिलाषी, साहित्यकार सागर गैरे, लेखिका वालिका चौधरी, सिकलसेल एनिमिया रोकथामका अभियन्ता प्रभुराम चौधरी, युवा साहित्यकार भूमिका थारूलगायतले सहजकर्ताको भूमिका निभाएका थिए । 

छलफल कार्यक्रमको सुरुवातमा ‘राप्ती सोनारीको विकासका लागि के छ प्राथमिकतामा ?’ विषयमा छलफल चलाइयो । गाउँपालिका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषासिंह थारू र वडा नम्बर ७ का अध्यक्ष रामलखन चौधरीसँग विमला चौधरीले कुराकानी गरिन् । स्थानीय साधन र स्रोतको प्रयोगलाई प्राथमिकतामा राखिएको वक्ताहरूले बताए । गाउँपालिका अध्यक्ष तप्त पौडेलले स्थानीयलाई कृषि क्षेत्रको विकासमा लाग्न प्रोत्साहन गर्दै सरकारले सक्दो सहयोग गर्ने बताए ।
शनिबार नै दोस्रो छलफल अन्तर्गत ‘आदिवासी भाषा दशक र मातृभाषा’ शीर्षकमा बसह गरियो । आदिवासी जनजातिविज्ञ भोलाराम चौधरी र युनेस्को प्रतिनिधि वर्षा लेखीसँग शेखर दहितले संवाद गरे । पाठ्यक्रम एवं सरकारी तथा कामकाजी भाषाका रूपमा थारू भाषाको प्रयोगका बारेमा चर्चा भयो ।

शनिबार आयोजना गरिएका विभिन्न छलफल कार्यक्रममध्ये ‘आख्यानमा थारू जीवन’ मा थारूका बिषयमा कलम चलाएका लेखकलाई उभ्याइयो । मनोज चौधरी, महानन्द ढकाल र गणेश वर्तमानसँग नवीन अभिलाषीले कुराकानी गरे । चितवनका लेखक मनोज चौधरीका ‘टुकी’ र ‘टुवरा’ उपन्यास प्रकाशित छन् । यी दुबै उपन्यासमा लेखक चौधरीले थारूको जनजीवनलाई चित्रण गरेका छन् ।

बाँके, कोहलपुरका महानन्द ढकालले ‘बुह्रान’ उपन्यास लेखेका छन् । थारू भाषाकै शब्द ‘बुह्रान’ उपन्यासमा विभिन्न कारणले थातथलो छोडेर बसाइँसराइ गरेका थारू समुदायको जनजीवन चित्रण गरिएको छ । अर्का सहभागी गणेश वर्तमानको ‘ट्वाना’ पुस्तक पनि यही सम्मेलनमा विमोचन भएको उपन्यास हो । थारू जातिको पारम्पारिक हतियारलाई ट्वाना भनिन्छ ।
सहजकर्ता अभिलाषीले तीन जना लेखकसँग कुराकानी गर्दै थारू जनजीवनलाई खोतल्ने प्रयास गरे । बरघर अर्थात मुखिया बस्ने थारूदेखि कमैया बसेका थारूहरूको जीवनलाई बहसमा उतारे ।

लेखक मनोज चौधरीले हुनेखाने थारूभन्दा श्रमजीवी थारू समुदाय धेरै भएको दाबी गरे । साहु महाजनको घरमा गोठालो बसेर पनि जीवन गुजारा गर्न थारू समुदाय अझैसम्म बाध्य बनेको चौधरीले बताए । लेखक महानन्द ढकालले राज्यको केन्द्रीय भूमिकामा थारूको उपस्थिति अहिले पनि कमजोर भएको बताए । थारूको मेहनत, परिश्रम र संघर्ष अनुसारको प्रतिफल यो समुदायले नपाएको गुनासो ढकालले गरे ।

आफू थारू समुदायकै भएकोले थारू विषयमा पुस्तक लेख्न अप्ठ्यारो नभएको मनोजले बताए । बुह्रानका लेखक ढकालले आफू थारू समुदायकै सेरोफेरोमा जन्मेहुर्केकोले यो विषयमा किताब लेख्न केही सहज भएको बताए । थारू समुदायका बारेमा लेखिनुपर्ने विषय धेरै भए पनि अहिलेसम्म किताबका माध्यमबाट थोरै मात्र विषय सार्वजनिक भएको गणेश वर्तमानले बताए । ‘आउन बाँकी अरू विषयमा कलम चलाउने मेरो रहर छ’, वर्तमानले बताए ।

प्यानल छलफल चलाइरहेका कवि एवं पत्रकार नवीन अभिलाषीले सम्मेलन आयोजक संस्थामध्ये एक थारू लेखक संघ नेपालका अध्यक्ष डा। कृष्णराज सर्वहारीलाई प्रश्न गरे, ‘थारू समुदाय पछाडि परेको पहाडी समुदायले गर्दा हो ?’ भनी प्रश्न गरे । जवाफमा डा। सर्वहारीले भने, ‘थारूहरु थारूभन्दा बढी पहाडियाबाट पीडित भएको सत्य हो । अहिले समावेशीको कुरा आएपछि पनि थारूहरु निर्णायक तहमा पुग्न नसक्नुले मेरो भनाइलाई पुष्टि गर्छ ।’ २०५५ सालमा थारू भाषाको पहिलो उपन्यास ‘फुटल करम’ प्रकाशित गरेका सर्वहारी मूलधारको सञ्चारमाध्यममा काम गरेका पुराना पत्रकार समेत हुन् ।

सम्मेलनमा बाँके जिल्लाको थारू साहित्यको अवस्था बारेमा पनि छलफल गरियो । लेखक एवं पत्रकार सागर गैरेले थारू साहित्यका अगुवा जीतबहादुर चौधरी, सञ्चारकर्मी सोम डेमनडौरा र साहित्यकार खगेन्द्र गिरी कोपिलासँग जिल्लाको समग्र थारू साहित्यको अवस्थाबारेमा छलफल गरे ।

कार्यक्रममा जीतबहादुर चौधरीले थारू भाषाको पत्रिका गोचालीमार्फत जिल्लामा साहित्यिक गतिविधि बढाउन भूमिका खेलेको बताए । सञ्चारकर्मी सोम डेमनडौराले हवाइ एवं लघु साहित्यिक पत्रिकामार्फत थारू स्रस्टाका रचनालाई प्रकाशन गरेर स्रस्टालाई लेखनमा हौसला प्रदान गर्ने काम विगतमा भएको बताए । जिल्लामा एफएम रेडियोको स्थापना गर्न र ती रेडियोबाट थारू भाषामा कार्यक्रम प्रसारण गर्न भूमिका खेलेको पनि वक्ताहरूले बताए ।

लेखक खगेन्द्र गिरी कोपिलाले बाँके जिल्लामा थारू भाषामा कलम चलाउने स्रस्टाहरू प्रशस्त भएको भन्दै थारू भाषा र थारूका विषयमा सिर्जना गर्ने स्रस्टाहरूको भूमिकाको चर्चा गरे । खगेन्द्र गिरीका अहिलेसम्म १२ वटा पुस्तक प्रकाशित छन् । ‘सबै पुस्तकमा जातीय विशेषताको हिसाबले कसैलाई सम्बोधन गरिएको छैन’, गिरीले भने, ‘मेरा पुस्तकमा उठाइएका विषयका प्रवृतिमार्फत सबै जात र समुदायलाई सम्बोधन गर्ने कोसिस गरेको छु ।’

भूमिका थारुले सञ्चालन गरेको थारु साहित्यमा युवा शीर्षकको प्यानलमा नाटककर्मी प्रणव आकाश, साहित्यकारद्वय सागर कुश्मी तथा गीताञ्जली पछल्डंग्या थिए । अग्रजहरुले युवाहरुलाई लेखनमा प्रेरणा दिनपर्ने सेसनको निचोड थियो । सागर कुश्मीले गजल लेखनमा धेरै थारु युवालाई प्रशिक्षण दिइसकेको तर प्रशिक्षण लिएका कसैले पुस्तक प्रकाशन गर्न नसकेको जानकारी दिएका थिए । 

यस्तै सम्मेलनको कि–नोट स्पीकरको रुपमा अनुसन्धान कर्ता डा गोविन्द आचार्यले, थारू समुदायको ईतिहास, संस्कार, संस्कृति, रहनसहनबारे बृहत ब्याख्या गरेका थिए । कोरोना कहरले यस बर्ष थारू भाषाका नयाँ पुस्तक धेरै नभएपनि लक्ष्मी रानाले लेखेको सोरठ र गणेश वर्तमानले लेखेको ट्वाना उपन्यास, र थारू क्यालेण्डर विमोचन गरिएको थियो । 
राष्ट्रिय थारू साहित्य सम्मेलनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन तथा पुस्तक विमोचन गरेका थिए । 

सम्मेलनमा कथा संग्रह सोरठ लेखिका लक्षमी रानालाई २५ हजार २५ रुपौयाँ नगद सहित सम्मान गरिएको थियो भने थारूको जनजीवनमा कलम चलाउँदै आएकी साहित्यकार किरण आचार्यलाई कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न विद्याका रचना वाचन, साँस्कृतिक प्रस्तुती लाई पनि स्थान दिईएको थियो । 

उक्त सम्मेलन ब्यवस्थापनको मुख्य भमिकामा थारू गोचाली समाजका अध्यक्ष देखलाल थारू, महासचिव कालुराम थारू समर्पण, कोषाध्यक्ष सुनिता थारूलगायतका सदस्यहरु रहेका थिए । सम्मेलनलाई सफल पार्न स्थानिय पालिका, वडा कार्यालय, सामुदायिक वन उपभोक्ता समुह, बरघरलगायतले सहयोग तथा सहकार्य गरेका थिए । 

सम्मेलनमा पूर्व सुनसरी, मोरङ देखि सुदुरपश्चिमको कञ्चनपुर लगायतका जिल्लाबाट झण्डै तीन सय लेखक, पत्रकार, विश्लेषक, अध्येताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बहस र छलफलसँगै थारू नाचहरू पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न स्रस्टाहरूले कविता वाचन पनि गरेका थिए । कार्यक्रम समापन भएपछि अतिथिलाई राप्तीसोनारीका ऐतिहासिक स्थलको अवलोकन गराइएको थियो । राप्तीसोनारी मुलुकको सबैभन्दा ठूलो गाउँपालिका हो । नेपालगञ्ज बजारबाट १२ किलोमिटर पूर्वमा रहेको यो स्थलमा आदिवासी थारूको मुख्य बसोबास छ ।

थारु लेखक संघ नेपाल तथा थारू गोचाली समाज नेपाल बाँकेको आयोजनामा भएको कार्यक्रमलाई राप्ती सोनारी गाउँपालिका तथा सबै वडा, खजुरा गाउँपालिका, एआइपीपी, युनिक नेपाल, जंग्रार साहित्यिक बखेरी, बरघर समिति, वन समिति, स्थानीय शिक्षक, बुद्धिजीवि, सञ्चारकर्मी लगायतले भौतिक, नैतिक रुपले सघाएका थिए । ७ औं राष्ट्रिय थारू साहित्य सम्मेलनले बाँकेवासीलाई निकै उत्साहित बनाएको स्थानीयको भनाइ थियो । 

लेखराम सापकोटा, सूर्यप्रकाश कँडेल तथा विमला चौधरीको सहयोगमा

प्रकाशित:

१३०८ दिन अगाडि

|

२६ माघ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९