दीपक सापकोटा
तिम्रो मादकतामा डुबेर
त्यसकै विशाल पोखरीमा
भित्रभित्रै पौडिरहें म
श्रृङ्गार र शौष्ठवको घेराभित्र थुनिएर
तिम्रै छायाको चलाईमा कहिले यता कहिले उता
साँघुरो कोठामा दौडिरहें म ।
कुनै दुःखान्त नाटककी नायिकाको
आँखाको डिलमा खस्नै थालेका
आँसुका ढिक्काहरू झैं थिए
तिम्रा आँखामा देखिएका
आँसुका थोपा
अतिरेकमा मैले देखेछु तिनलाई
मोती या शीतमा निथ्रुक्क भिजेको
इन्द्रकमलको सेतो गुच्छा ।
आवेगमै खोजेछु मैले तिम्रो केशराशिमा
आफ्नो आगतको अर्थ
तिम्रा गौरीशंकरमा देखेछु मैले
मेरा मृत सपनाहरूले मधुपान गरिरहेको,
तर आवेग शान्त भएपछि
थिइनौ तिमी मसँग
सडकमा गुन्गुनाउँदै हिँडिरहेका हज्जारौं हजार
युवतीहरूको माझमा
तिम्रो स्वर बिलाइसकेको थियो ।
बजारले तिम्रा सारा कपडा च्यातिदिएको छ
र तिमी देखिन्छ्यौ ‘न्यूड आर्ट’की मोडल
खोसिएको तिम्रो ओठको मादकतामा अब
अल्झिनलाई के छ तिमीसँग रु
म हेर्दैछु र हेर्दाहेर्दै पोतिएछन् तिम्रो शरीरभरि
थरीथरीका रासायनिक रंगहरू
तिम्रो चोला फेरिएर बन्दी भइसकेछ
राजधानीका थुप्रै मलहरूका सो–केसभित्र
हाम्रो भेट हुने समय पनि त बितिसकेछ ।
प्रकाशित:
१२९७ दिन अगाडि
|
२ फागुन २०७९
३ दिन अगाडि
|
१५ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
७ भदौ २०८३
२० दिन अगाडि
|
२९ साउन २०८३
३१ दिन अगाडि
|
१८ साउन २०८३
३३ दिन अगाडि
|
१६ साउन २०८३
१४२३ दिन अगाडि
|
२५ असोज २०७९
१४५८ दिन अगाडि
|
२१ भदौ २०७९
१४६७ दिन अगाडि
|
१२ भदौ २०७९
१४२२ दिन अगाडि
|
२६ असोज २०७९
१३७२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२८ दिन अगाडि
|
२० असोज २०७९
१३६० दिन अगाडि
|
२७ मंसिर २०७९