Above News Title

मान, प्रिया !

मान, प्रिया  !

रामलाल जोशी

हाम्रो भ्यालेन्टाइन, धान दिवस  हो
हरियो बीउ रोप्दै झुमा माझीले "होहो काले होहो"
आफ्नै प्रेमीको नाम भजेकी हुन्छे। 
डल्ला फोर्दै काले राउतले  "राई झुमा झुमा ।।"
आफ्नै प्रियाको  नाम पुकारेको हुन्छ । 
 हिलोमा चुहिएका निला पसिनाहरू 
जब झुल्छन लहलह बनेर सुनौला बाला
प्रेमका नाममा उपबास बस्नेहरुलाई 
जब पिलाउछन्  एक छाक चौलानी ।
सोच  प्रिया !
 हाम्रो भ्यालेन्टाइन धान  दिवस होइन र !
बुझ, प्रिया !
हाम्रो भ्यालेनटाइन, श्रम दिवस  हो 
तातो भट्टाको रापमा चुहिने निला पसिनाहरुले
जब पकाउछन्   राता  ईट्टाहरू 
लेख्छन  कुनै शाहजाँहले आफ्नी मुमताजको नाम 
 ईट्टाका पत्रपत्रहरूमा पुरिएका आदिम सपनाहरू
ब्युझन्छन्  गरिबका घरमा प्रेमका पुजारी बनेर ।
 भन  प्रिया, प्रेम भन्नु श्रमको पूजा होइन र ?
 माया भन्नु समर्पणको अर्को नाम होइन ररु
मान प्रिया !
 हाम्रो भ्यालेन्टाइन श्रम दिवस हो।
सम्झ, प्रिया  !
हाम्रो भ्यालेनटाइन , गौरा दिवस हो ।
जहाँ ड्यौडाका सुरिला भाकाहरूमा 
कोरिएका छन् शिव र पार्वतीका प्रणय गाथा ।
प्रेम भन्नु पूजा हो भने शिव पूजा होइन र ?
 प्रेम भन्नु तपस्या हो भने गौरी तपस्या होइन र ?
हेर प्रिया !
 हाम्रो  भ्यालेन्टाइन कृष्ण दिवस हो।
प्रेम भन्नु कल्याण हो भने ,
कृष्ण कल्याणको अर्को नाम होइन ररु
 प्रेम भन्नु आत्माहरूको संगम  हो भने ,
राधाकृष्ण आत्मा औ अक्षरको संगम  होइन र ?
 मान प्रिया १
 हाम्रो भ्यालेन्टाइन सहिद दिवस हो।
जगाए जसका ऐंठानी सपनाहरूले 
चिर निद्रामा सुतेकाहरूलाई ।
प्रेम भन्नु आत्माको जागरण पनि त हो।
चुँडाए बन्धन,उमारे हृदयमा धारिला प्वाँखहरू 
र, उडन सिकाए स्वतन्त्रताको मुक्त आकाशमा
प्रेम भन्नु स्वतन्त्रताको अर्को नाम होइन र ? 
 प्रेम भन्नु बन्धनहरू चुँडाल्नु होइन ररु 
प्रेम भन्नु संसारिक मुक्तिको उच्च सोपान होइन र ?
मेरी प्रिया ! 
आजको दिन नपठाऊ फेसबुकका भित्ताहरूमा-
राता गुलाबहरु
यस घडीमा सामाजिक सन्जालबाट नपठाऊ-
गुलाबी ओठहरू 
 कुनैदिन नवीन सृष्टिका लागि चाहिन्छन-
 कामुक ओठहरू 
 कुनैदिन यादहरु लेख्नलाई चाहिन्छन गुलाबका  फूलहरू।
सम्झनाहरु कोर्नलाई  चाहिन्छन गुलाबका पातहरु।
सम्झिनलाई 'भ्यालेनटाइन डे' चाहिन्छ- 
यो झुट कुरा हो
उपहार दिनलाई गुलाब चाहिन्छ -
 यो बकबासी कुरा हो।
 सम्झिनलाई छुट्टै दिन कहाँ चाहिन्छ र ?
तिमी सुख दुखका सुस्केराहरुमा मलाई सम्झिन सक्छौ 
म श्रमका पसिनाहरुमा तिमीलाई सम्झिन सक्छु।
तिमी शब्दहरुमा मलाई भेट्टाउन सक्छौ
म अक्षरहरुमा तिमीलाई कोर्न सक्छु।
बादलको गुच्छामा तिमी सास पठाउन सक्छौ
हावाको झोक्कामा म याद पठाउन सक्छु। 
मेरी प्रिया !  मायाका लागि छुट्टै दिन कहाँ चाहिन्छ र ?
धान दिवस- हाम्रो प्रणय दिवस हो।
श्रम दिवस- हाम्रो प्रेम दिवस हो ।
शहीद दिवस- हाम्रो प्रणय दिवस हो।

प्रकाशित:

१२९७ दिन अगाडि

|

२ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९