Above News Title

रातो गुलाफ

रातो गुलाफ

मन्दिरा मधुश्री

डाइनिङ्ग टेबलमा बस्दाबस्दै सिसाको ग्लासमा राखेको रातो गुलाफमा आँखा पर्यो ।

त्यही फुलको रङ र सुगन्ध जत्तिकै आल्हादित भयो मन । रातो गुलाफ ! तुरुन्तै छैटौ इन्द्रियले सावधान् गरायो ।

अनिता चुल्होमा पकाउँदै हुनाले मेरो गुलाफजस्तै फक्रेको अनुहार देखिन । अहिले मुर्झाए पछि मात्रै आँखा पर्‍यो उसको ।

"के भयो हजुर ? निन्याउरो देख्छु, सन्चो भएन कि ? भोक लागेको छ ??" बोलीसँगै हात आइपुगे निधारमा ।

"लौ न तातो छ त !" चेब्र्याइँ पारी ।

"जिउदो मान्छेको तातो त हुन्छ नि ।" अलिक झर्किएँ । गुलाफमै थियो सम्पूर्ण ध्यान ।

कौतुहल र एक ग्लास पानी सँगसँगै थमाई उसले ।

"यो खाँदै गर्नु न है ।"

प्लेटमा रंगिन लव आकारका चकलेट राखिदिई । झन् कन्पारो तात्यो चकलेट देखेर ।

"कहाँबाट आयो यो ?"

वाक्य घाँटिमै गाँठो पर्यो बाहिर निस्केन ।

म गुत्थ परिरहेकै थिएँ । मन छट्किरहेको थियो ।

"हो ! पक्कै हो ... ।

हैन ! यस्ति होलाजस्तो त लाग्दैनथ्यो कहिल्यै... ।"

उसको सँधै निर्दोष देखिने अनुहारमा आँखा फुकालेर हेरेँ । उसमा कुनै पश्चातापको भाव पितिक्क नि थिएन ।

"हैन के भो हजुरलाई आज ? भने पो हलुका हुन्छ त मन ।" कफीको कप र टोस्ट राखिदिँदै भनी ।

"के नै पो हुन बाँकी छ र अब ..!"

भनेँ तर मनमनै मात्र ।

"बाबा..।"

सात वर्षकी छोरी दौडँदै आई । उसको अङ्गालोमा लगभग उही जत्रै टेडि बियर देखेर त झन सुकेको गुलाफ भएँ ।

मलाई दुई मत भएन । दिउँसोको दृश्यलाई यी सबै कुराले प्रमाणित गराएको थियो ।

"यो गुलाफ, चकलेट, टेडि सबै उसैले एकैदिनमा टक्र्याएछ ।" निस्कर्ष निकाल्यो मनले ।

"बाबा हेर्नू त मिसले मलाइ देको रोज । आज प्रेम दिवसको दिनमा । यो भालु त झन् कति राम्रो है....! कस्ले देको थाहा छ ?" छोरी खुसी हुँदै टाँसिई ।

"छ्या यस्तो नराम्रो ...।"

आमाको रिस र घृणा टेडिमाथि पोखेर ढोकातिर हुत्याइदिएँ ।

कोकोहोलो गर्दै टेडि टिप्न दौडिई छोरी ।

"ओहो ! किन फ्याँकेको नि यसलाई ? मन परेन मैले ल्याइदेको ?"

दिउँसो अनितासँग अङ्गालो मारेर क्याफेमा छिर्दै देखेको गगल्स क्याप र रातो सर्टवाला मान्छेले पो भालु टिपेर छोरीलाई दियो ।

"नमस्ते भिनाजु..! ल है हजुरलाई पनि प्रेम दिवसको शुभकामना ।"

गगल्स र क्याप खोलेर टेबलमा राख्दै अस्ट्रेलियाबाट दस वर्ष पछि आएको सालोले भन्यो ।

प्रकाशित:

१२९६ दिन अगाडि

|

३ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९