कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुणकुमार चौधरीलाई छोड्न उच्च अदालत दिपायलले अस्वीकार गरेको छ ।
१९ माघमा बाँकेबाट पक्राउ गरेका चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो । आज दुवै रिटमाथि बहस भएको थियो । आज उक्त रिटमा बकपत्रको लागि चौधरीलाई पनि जिल्ला अदालत कैलाली उपस्थित गरिएको थियो ।
चौधरीले १० वर्ष अघि आफूलाई जानकारी नभएरै फैसला गरिएको र सुनुवाइको मौका समेत नदिएको बयान दिएका थिए । चौधरी पक्षका वकिलले पनि प्राकृतिक न्यायको सिद्धान्त विपरीत कैलाली जिल्ला अदालतले फैसला गरेको भन्दै उक्त फैसला बदरको माग गरेका थिए ।
सरकारी वकिलले भने त्यसो नभएको दाबी गरेको थिए । देशबहादुर सार्की र गणेश ठाकुरको संयुक्त इजलासले दुबै पक्षको बयान सुनेको थियो । तर, चौधरीलाई छोड्न भने अस्वीकार गरेको छ । अर्को पेसी आगामी ११ गते तोकिएको छ ।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।
प्रकाशित:
१३०२ दिन अगाडि
|
३ फागुन २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६३ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९