लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षभित्र नमुना शहरको रुपमा प्रदेशको राजधानीलाई विकास गर्ने बताएका छन्।
राजधानी कार्यान्वयनको क्रममा धेरै समस्याहरूको सामना गर्नु परे पनि आगामी पाँच वर्षमा प्रवेशबासीलाई नमुना राजधानी शहर हस्तान्तरण गर्ने मुख्यमन्त्री गिरीले दावी गरे।
बुधवार प्रदेश स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले प्रदेशबासीलाई सुन्दर र नमुना राजधानी शहर हस्तान्तरण गर्ने अभियानमा सरकार लागेको बताए।
‘प्रदेश सरकार समृद्ध प्रदेश आत्मनिर्भर जनताको अभिभारा पुरा गर्न लागि परेको छ। मिनी नेपालका रुपमा रहेको लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट र नमुना प्रदेश बनाउने सरकारको अभियान रहेकोले सबैको साथ र सहयोगको अपेक्षा पनि गरेका छौं,’ मुख्यमन्त्री गिरीले भने।
लुम्बिनीका समृद्धिका आधार कृषि र पर्यटन रहेकोले यिनैको माध्यमबाट आर्थिक समृद्धिको आधार खडा गर्ने र लुम्बिनीलाई समृद्ध प्रदेश बनाउने उनले दावी गरे।
सरकार प्रशासनिक पूर्वाधार विकासमा लागेको उल्लेख गर्दै मुख्यमन्त्री गिरीले पूर्वाधार विकाससँगै जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘जनताको जीवनस्तरमा सुधार नआउँदासम्म भौतिक पूर्वाधारले मात्र प्रदेश समृद्ध बन्न सक्दैन। सरकारले पूर्वाधारको विकाससँगै नागरिकको जीवनस्तरलाई पनि उकास्ने गरी काम गर्नेछ,’ मुख्यमन्त्री गिरीले भने।
अबको पाँच वर्ष संघीयता कार्यान्वयन र प्रदेशका संरचना निर्माणका वर्ष रहने भन्दै उनले आफ्नो कार्यकालमा प्रदेशबासीले अपनत्व महसुस गर्नेगरी काम गरेर देखाउने दावी गरे।
प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले एक महिनाभित्र प्रदेश सरकारका सबै काम राप्ती उपत्यका देउखुरीबाटै संचालन गर्ने बताए।
प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको स्थापना दिवसमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ६१ जनालाई विभूषित गरिएको थियो।
संविधान दिवसको अवसरमा प्रदेश सरकारले घोषणा गरेका विभूषणहरू प्रदेश स्थापना दिवसको अवसर पारी वितरण गरिएको थियो।
संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको भन्दै प्रदेश प्रमुख जनसेवा पदकबाट जनार्दन यादवलाई मरणोपरान्त विभूषित गरिएको छ भने जनयुद्धका घाइते जीतबहादुर थापालाई पनि विभूषित गरिएको छ।
त्यस्तै नेपालमै धेरै जनताको शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको भन्दै डाक्टर मोहिउद्दिन किदवाई र तराईका थारु समुदायमा समस्याको रुपमा रहेको सिकलसेल एनेमिया र थालेसिमियाको पहिचान तथा उपचारमा सहयोग पुर्याएको भन्दै डा राजन पाण्डेलाई मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट विभूषित गरिएको छ।

त्यस्तै डा विकास देवकोटा, पूर्णमान वली, सीता घिमिरे, मोहन पाण्डे, पुष्पराज पाण्डे, शिवप्रसाद चौधरी, टंकबहादुर गुरुङ, डाक्टर परवेज आलम, शारदाकुमारी चौधरी, कुन्दनकुमार सिंह र भोगबहादुर खड्कालाई प्रदेश सेवा समर्पण पदक प्रदान गरिएको छ।
यस्तै प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजाल, प्रहरी निरीक्षक नविन चुँदाली, रञ्जु केसी, हृदेशकुमार सापकोटा, मदन गैरे, दामोदर मल्ल, सुरेन्द्र केसी र मोहन विष्टलाई उजीरसिंह दीप पदक प्रदान गरिएको छ।
डा किशोर खत्री, विमल रिजाल, टोपबहादुर घर्ती, मोहम्मद इरफान सिद्धिकी, मेघराज कक्षपती, खेम पुन ९मरणोपरान्त० लाई समाजसेवा श्रीपदकबाट विभूषित गरिएको छ।
त्यसैगरी डा कृष्णराज सर्वहारी, नारायण खड्का, भुपाल पोख्रेल, भिमप्रसाद वाग्ले, हरिबहादुर वली, आशुतोष बराल, जीवन गिरी, शिवनन्दन जयसवाल, हरिकेश यादव, गिरीराज शर्मा, केशबहादुर कार्की, पूर्णबहादुर चौधरी ९मरणोपरान्त०, पवित्रा घर्तीमगर, मेघराज ज्ञवाली, जगतराम यादव, कर्णबहादुर बुढामगर, ध्रुव गन्दर्भ, मनोज पौडेल, टीकाराम अर्याल र शिवु खनाललाई प्रदेश रत्नपदकबाट विभूषित गरिएको छ।

त्यस्तै डा इन्द्रबहादुर भण्डारी, प्राडा लक्ष्मण ज्ञवाली, अमिर आजम मियालाई प्रदेश प्रज्ञा पदकबाट विभूषित गरिएको छ भने प्रजापती गौतमी पदकबाट औशी विक, राधा घिमिरे ९मरणोपरान्त० र मिना शर्मालाई विभूषित गरिएको छ।
दङ्गीशरण बलिहाङ्ग पदकबाट चन्द्रीका यादव ९मरणोपरान्त०, लल्लुराम थारु, गोवद्र्धन थापा, मनोज पौडेल र दुर्गेश यादव ९मरणोपरान्त० लाई विभूषित गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
प्रदेश स्थापना दिवसको अवसरमा निकालिएका विभिन्न जातजाती तथा समुदायका कला संस्कृति झल्कने झाँकी प्रदर्शनमा उत्कृष्ट हुने समुहलाई पनि पुरस्कृत गरिएको थियो।
प्रकाशित:
१३०२ दिन अगाडि
|
३ फागुन २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६३ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९