Above News Title

आगलागीमा जलेर बढी घाइते भए खर्चै धान्न गाह्रो

जति गहिराईमा शरीरको भाग जल्छ, त्यति नै हुन्छ खतरा
आगलागीमा जलेर बढी घाइते भए खर्चै धान्न गाह्रो

                                                                                               सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिदै

माया श्रेष्ठ

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी ग्यास सिलिण्डर विस्फोटमा बुधवार आफ्नै निवास बुद्धनगरमा जलेर घाइते भए । उनलाई थप उपचारका लागि बिहीबार भारतको मुम्बई लगिएको छ । 

बर्न अस्पताल कीर्तिपुरमा उपचार सम्भव नभएपछि नेता चन्द्र भण्डारीलाई रिफर गरिएको अस्पतालका निर्देशक डा. नतिजा ताम्राकारले बताइन् ।  अस्पताल स्रोतका अनुसार नेता भण्डारीको करिब ३१ प्रतिशत शरीरका विभिन्न भाग जलेको छ । 

सोही दुर्घटनामा सांसद चन्द्र भण्डारीको आमको निधन हुन गएको छ । उता विहीवार दाङमा पनि ग्यास सिलिण्डर विस्फोट भएर २ जना घाइते भएका छन् । 

सिलिन्डर आगलागी तथा विष्फोट, आगो ताप्दा, दाउराले खाना पकाउने क्रममा कीर्तिपुर अस्पतालमा यस वर्ष मात्रै जलनका बिरामी ६६१ जना उपचारका लागि आएका थिए । त्यसमध्ये४० जना जलनका बिरामीलाई भर्नै गरी उपचार गरिएको सो अस्पतालका डा. किरण नकर्मीले बताए । 

उता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनका साना ठूला समस्या भएका सातामा आठ जना बिरामी उपचारका लागि आउने डा. प्रयास चन्दले जानकारी दिए ।

सिलिन्डर आगलागी तथा विष्फोटबाट तीन वर्षयता ९ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएको नेपाल प्रहरीको आँकडाले देखाउँछ । 

डा.नकर्मीका अनुसार कीर्तिपुर अस्पताल भर्ना भई उपचार गराउने बिरामी सबैभन्दा धेरै आगो ताप्दा पोल्ने र दाउरामा खाना पकाउँदा, तातो झोलले पोलिएकाहरुरहेका छन् ।  

उनी भन्छन्, ‘ग्यासविष्फोट तथा आगलागीमा परेका बिरामी अस्पतालमा उपचार गराउन आक्कलझुलक मात्रै आउँछन् ।’

 ‘कति गहिराईसम्म शरीर जलेको हो, त्यही आधारमा खर्च हुन्छ,’ डा चन्द भन्छन्,  कतिको शरीरको भाग १० प्रतिशत जलेर पनि ड्रेसिङ गरेर मात्रै निको हुन सक्छ । कुनै बिरामीलाई छाला तथा कुनैलाई मासुसहितको छाला लगाउनुपर्ने हुन सक्छ  ।’  
कस्तो अवस्थामा आउँछन् बिरामी ?

कीर्तिपुर अस्पतालमा भर्ना हुने बिरामी धेरैजसो रिफर गरिएका हुने अस्पतालले जनाएको छ ।काठमाडौं उपत्यका र पेरिफेरिका चाँडो आउँदा चाँडै उपचार पाउँछन् ।

उपत्यका बाहिरबाट कीर्तिपुर अस्पतालमा ल्याउन ढिलाइ हुँदा स्वास्थ्यमा झन् जटिलता उत्पन्नभईनिको हुन समय लाग्ने डा नकर्मीले बताए । केही बिरामी जलिसकेपछि विभिन्न ठाउँमा उपचार गराएर महिनौसम्म घरमै बसी निको नभएपछि मात्रै अस्पतालमा आइपुग्ने डा.नकर्मी सुनाउँछन् । 

जलन हुँदा कुन अवस्थामा खतरा हुन्छ ?

डा. नकर्मीका अनुसार बच्चा र वृद्धवृद्धाको शरीरको भागमध्ये दश प्रतिशत जलन भएको अवस्थालाई खतरा मानिन्छ । दश प्रतिशतभन्दा धेरै जलेमा त्यसलाई गम्भीर जलन भनिन्छ । 

वयस्कहरुको शरीरको भाग बीसप्रतिशतभन्दा बढी जलेमा गम्भीर जलनभनिन्छ । यस्तो अवस्थामा छालाबाहेक शरीरका अन्य अंगलाई पनि असर पु¥याउने भएकाले गम्भीर भनिएको डा.नकर्मीको भनाइ छ । साना जलनहरुमा पोलेको ठाउँमा मात्रै असर देखिने उनले बताए ।

उपचार महँगो

एसिड आक्रमणले जलनमा परेकाहरुलाई सरकारले निःशुल्क स्वास्थ्य उपचार गर्दै आएको कीर्तिपुर अस्पतालका डा. नकर्मीले बताए ।अन्य अवस्थाको जलेर घाइते हुनेमा भने विरामी स्वयम्ले उपचार गर्नुपर्छ । 

डा. नकर्मीका अनुसार बालबालिका, ज्येष्ठ नागरिक दश प्रतिशत अनि वयस्क २० प्रतिशत भन्दा धेरै जलेको खण्डमा कम आयस्रोत भएका व्यक्तिलाई अस्पतालको खर्च धान्न धौधौ हुन्छ ।

अस्पतालले अवस्था हेरेर गम्भीर खालको जलन भएकालाई विभिन्न फन्ट जुटाएर अप्रेसन र उपचार गर्ने गरेको उनले सुनाए ।

नेपाल सरकारले जलनसम्बन्धि स्वास्थ्य समस्या भएका व्यक्तिलाई औषधि निःशुल्क दिइने घोषणा गरेपनि घोषणामै सीमित भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

कीर्तिपुर अस्पताललाई रकम अभाव

एसिड आक्रमणमा परेका पीडितहरुको उपचारसम्बन्धि कार्यविधि २०७८ अनुसार पीडितहरुको आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा लिन सक्छन् । सरकारले  त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, कीर्तिपुर अस्पतालमा उपचार गर्न सकिने जनाएको छ ।  

पाटन अस्पतालका डा. प्रयास चन्दले कुनै वयस्क मानिसको शरीरको भाग बीस प्रतिशतभन्दा कम जलेको तर, श्वासनली नै जलेको खण्डमा उपचार मँहगोसँगै खतराजन्य हुने बताउँछन् । 

उनी भन्छन्, ‘बालबालिका वृद्धवृद्धाको शरीर पाँच प्रतिशत नै जलेको छ । तर, श्वासनली जलको छ भने भेन्टिलेटरमा राख्नुपर्ने हुन सक्छ ।’जलेर अस्पताल भर्ना भएका बिरामीको उपचार लामो समयसम्म गर्नुपर्ने भएकाले महँगो हसन्छ 

‘कति गहिराईसम्म शरीर जलेको हो, त्यही आधारमा खर्च हुन्छ,’ डा चन्द भन्छन्,  कतिको शरीरको भाग १० प्रतिशत जलेर पनि ड्रेसिङ गरेर मात्रै निको हुन सक्छ । कुनै बिरामीलाई छालातथा कुनैलाई मासुसहितको छाला लगाउनुपर्ने हुन सक्छ  ।’  

जलनको प्रतिशत मात्रै नभएर गहिराइले पनि उपचार खर्च धेरै फरक पार्ने उनले सुनाए । पदमा बसेकाहरुको उपचार खर्च त सरकारले बहोर्छ  तर सर्वसाधारण आगलागीमा परी घाइते भए उपचार खर्च धान्नै गाह्रो छ ।

प्रकाशित:

१२९५ दिन अगाडि

|

५ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९