Above News Title

तत्कालको लक्ष्य टीकापुर राजवन्दीहरुको रिहाई

तत्कालको लक्ष्य टीकापुर राजवन्दीहरुको रिहाई

सुरेन्द्र चौधरी

टीकापुर राजवन्दीहरुको न्यायसँग संबन्धित मुद्दा बिगतमा हामी सबैले गरेको आन्दोलनसँग सम्बन्धित भएकोले हामी सबैलाई यो कुराको बोझ र दायित्वले थिचेको छ । उहाँहरुको न्यायको लागि लड्नुको पछाडि दायित्वबोध र नैतिकताको आत्मबोधले हो, कसैलाई भगवान र मसिहा मानेर होइन । 

टीकापुरका सबै राजवन्दी निर्दोष छन् र सबै हाम्रा लागि बरोबर सम्मानजनक छन् । 

थरुहट आन्दोलनमा राजनीतिक हिंसाबले सबैभन्दा बढी त्याग लक्ष्मण थारुले गरेका छन् । यदि उनी पद लोलुप भईदिएको भए आज माओवादीबाट धेरै पटक मन्त्री भइसक्थे । तर निरन्तर उनी आन्दोलनमा रहिरहे, लडिरहे । मेरो नजरमा उनी राजनीतिक प्राणी हुन् । 

त्यसो भनिरहदा लक्ष्मण थारुबाट कमी कमजोरी केही भएको छैन भन्ने होइन । सबैभन्दा बढी मौका पाएको पनि उहाँले नै हो र सबैभन्दा बेशी गल्ती गरेको पनि उहाँले नै हो । सबैभन्दा राम्रो पक्ष भनेको उहाँले आफ्नो गल्ती स्वीकार्नु हुन्छ । त्यसैले त उहाँ राजनीतिक प्राणी हो । 
लक्ष्मण थारुलगायत रेशम चौधरी र टीकापुर राजवन्दीका अन्य दर्जनौको मुद्दा छिनोफानो हुन बाँकी छ । 

म नागरिक उन्मुक्ति पार्टीमा लाग्नुको एउटै कारण भनेको राजनीतिक शक्ति निर्माणमार्फत् टीकापुर राजवन्दीहरुलाई न्याय दिलाउनु हो । वैशाख भन्दा पहिले नै यो मुद्दा टुङ्याउन सबै जना आआफ्नो तर्फबाट प्रयास गरौं । यो मुद्दा किनारा लागि सकेपछि जसलाई जहाँ जान ईच्छा हुन्छ जाऔं तर त्यो भन्दा पहिले आफ्नो जिम्मेवारी पुरा गरौं । म यो कुरामा पूर्ण प्रतिवद्ध छु । 

राजवन्दीहरुको रिहाईपछि  तपाईंहरुले जस्तै म पनि एउटा निर्णय लिन्छु । मेरो राजनीतिक धार भनेको बैकल्पिक राजनीति हो । यो कुरा कसैमा भ्रम नहोस् । 

वैकल्पिक पार्टी खोल्नु भनेको वैकल्पिक राजनीति होइन । वैकल्पिक राजनीति भनेको परम्परागत राजनीतिक पार्टीहरुले जस्तै गरी पार्टी चलाउने कुरा बैकल्पिक राजनीति होइन । पुराना पार्टीहरुले भन्दा फरक नयाँ विकल्प दिनु वैकल्पिक राजनीति हो । ती कुरा पार्टीहरुको संचालन विधि, पद्धति, विचार, दर्शन, संस्कार सबैमा नयाँ विकल्प दिनु बैकल्पिक राजनीति हो । 

तसर्थ, कोही डराउनु पर्दैन । मेरो राजनीति बैकल्पिक राजनीति हो । पहिले तत्कालको लक्ष्य भनेको टीकापुर राजवन्दीहरुको रिहाइ गर्नु हो । यो अभियानमा सबै एकतावद्ध भएर लागौं । तपाईं हामी सबैको अन्तिम प्रयासले सार्थकता पाउँछ भन्ने विश्वाश छ । 

देउवा सरकारको बेला तात्कालीन गृहमन्त्री बालकृष्ण खाँडले ल्याउनु भएको अध्यादेशमा मेरो प्रयास के थियो भन्ने कुराको लेखाजोखा भोलिका दिनमा समाजले गर्नेछ ।

प्रकाशित:

१२९४ दिन अगाडि

|

५ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९