Above News Title

 सांसद अरुण चौधरीलाई  राष्ट्रपतिबाट आममाफी

३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी
 सांसद अरुण चौधरीलाई  राष्ट्रपतिबाट आममाफी

फौजदारी अभियोगमा थुनामा रहेका कैलाली–२ का प्रतिनिधिसभाका सांसद अरुण चौधरीलाई सरकारले शुक्रबार राष्ट्रपतिमार्फत् माफी दिएको छ । 

चौधरीले आफ्नो पक्राउविरुद्ध दिपायल उच्च अदालतमा दिएका दुईवटा निवेदन टुंगो नलाग्दै सरकारले माफी दिएको हो ।
 नागरिक उन्मुक्ति पार्टीले संस्थापक अध्यक्ष रेशम चौधरीको रिहाइ माग गरिरहेका बेला सरकारले अरुणलाई माफी दिएको हो । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी प्रजातन्त्र दिवसका अवसरमा विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीका निर्वाचित सांसद चौधरी  गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनी हाल कैलाली जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका थिए । १३ वर्षअघि भएको कुटपिट र आगजनीको घटनामा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका चौधरीलाई अदालतले जरिवाना र कैद भुक्तान गर्न आदेश दिएको थियो ।

समाचार अनुसार महान्यायाधिवक्ताको कार्यालयले सांसद  चौधरीको बाँकी कैद खारेज गर्न कानुनी बाधा नरहेको धारणा राखेको थियो ।

सांसद चौधरीको सजाय खारेज गराउने पहल गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीको बाँकी सजाय मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

राष्ट्रपतिको निर्वाचन र सम्भावित राजनीतिक समीकरणलाई ध्यानमा राखेर उनको रिहाइ गर्न लागिएको हो । सो पार्टीले आफना नेता रेशम चौधरी रिहाइको माग गर्दै आएको छ । उनको रिहाइ नभएको भन्दै हालै गठन भएको सुदूरपश्चिम सरकारमा सो पार्टीले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको थियो ।

कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते कैलालीको लम्कीमा निजी गाडी जलाएको घटनामा दोषी ठहर गर्दै आठ लाख १९ हजार ४२३ रुपैयाँ जरिवाना तिर्न आदेश दिएको थियो । आगजनी गरेको अभियोगमा ६ महिना कैद सजाय सुनाइएको थियो । 

सांसद चौधरी जेलमुक्त भएलगत्तै सांसदको जिम्मेवारी सम्हाल्न सक्ने छन् । यसैबीच अरुण चौधरीका समर्थकहरुले आफू राजनीतिक प्रतिशोधको सिकार भएको र राजनीतिक आस्थाका कारण विपक्षीले निशाना बनाएको भन्दै सरकारले माफी दिने निर्णयको स्वागत गरेका छन् । चौधरीलाई माफी दिने सिफारिसलाई उनीहरुले सकारात्मक कदमका रूपमा लिएका छन ।

सांसद अरुण चौधरीको रिहाई प्रक्रियाबारे नागरिक उन्मुक्ति पार्टीका नेता सुरेन्द्र चौधरी भन्छन्, ‘थुन्न लगाउने र  आममाफी दिनेहरु एउटै हुन् । थुनेपछि संसद पद जान्छ ठानेका थिए । त्यसैले थुन्न लगाएका थिए। कानूनले संसद पद  नजाने देखेपछि आममाफीको ढोंग गरेका हुन् । सांसद अरुण चौधरीलाई आममाफी दिएकोमा हामी फुरुङ्ग छैनौं। थुन्न लगाउने र आममाफी दिनेहरुको खेल चाहिँ रोचक लाग्यो ।

प्रकाशित:

१२९९ दिन अगाडि

|

६ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९