Above News Title

ताराकुमारी काजी महतोः कार्यालय सहायकदेखि मेयरसम्म

ताराकुमारी काजी महतोः कार्यालय सहायकदेखि मेयरसम्म

 रमेशकुमार पौडेल

बुद्ध भन्छन्, ‘संसारका सबै वस्तु अस्थायी छन् । यसको झट्ट अर्थ लगाउँदा लाग्न सक्छ, उन्नति पनि क्षणभंगुर छन् ।’
तर अलिक गहिरो दृष्टिले उत्तरआधुनिक चस्मा लगाएर हेर्दा यो उक्तिको आशय के पनि हो भन्न सकिन्छ भने, जीवन सधैं अवनतिको अवस्थामा बसिराख्दैन, यहाँ उन्नति पनि वाञ्छित छ । यो कथनको एउटा ताजा दृष्टान्त हुन्, ताराकुमारी काजी महतो, जो कुनै समय माडी नगरापलिकाकी कार्यालय सहायक थिइन्, अहिले त्यसैको मेयरका रूपमा निर्वाचित भएकी छन् ।

२०७३ सालमा साविकका गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरी गाविस मिलाएर माडी नगरपालिका घोषणा हुँदा ताराकुमारी पदका हिसाबले त्यहाँको सबभन्दा कनिष्ठ मानिस अर्थात् कार्यालय सहयोगी थिइन् । पदहरूको क्षणभंगुरताको क्यार रोचक उपमा ! वर्षको सुरुआतमा भएको स्थानीय निर्वाचनले यिनै ताराकुमारीलाई माडीको सबभन्दा वरिष्ठ मानिस अर्थात् नगरप्रमुखको ताज दिलाइदिएको छ ।

जगत्मा पदहरू स्थायी नै रहिरहने भए, उनको यो एक सय असी डिग्रीको छलाङ सम्भव नै हुने थिएन । त्यसैले, बुद्धको उक्त कथनलाई विनिर्माणवादका आँखाबाट हेर्दा यहाँ ताराकुमारीको मामिला उपयुक्त देखिन आइपुग्छ । तर, नगरपालिकाको शीर्ष स्थानमा उनी रातारात आइपुगेकी भने होइनन् । यसको पछाडि उनको संघर्षले भरिएको विगत छ जसमा अभाव र दुःखभन्दा धेरै सपना, आँट र लगाव भेटिन्छ ।

थारू समुदायको बाक्लो बसोबास भएको माडीको तत्कालीन बघौडा गाविस–७ बिरन्चीमा विसं २०३२ साल भदौ १४ मा जन्मेकी ताराको परिवारसँग कुनै राजनीतिक पृष्ठभूमि थिएन । बिरन्चीमा १४ बिघा जमिन भएका जमिनदार थिए, उनका बाबु धुरी महतो । बाबा धुरी र आमा चुलिया निरक्षर भए पनि तारालाई उनीहरूले स्कुल पठाएका थिए । आफूलाई खान पुग्नेबाहेकको धान बेचेर उनका बाबु विद्यालयलाई दान दिन्थे । माडी खैरहनीमा त्यो बेला उनकै पितालगायतका सामाजिक व्यक्तिहरूको सक्रियतामा स्कुल खुलेको थियो । पहिलाको त्यो प्राथमिक विद्यालय अहिले माध्यमिक भएको छ ।

थारू समुदायको बाक्लो बसोबास भएको माडीको तत्कालीन बघौडा गाविस–७ बिरन्चीमा विसं २०३२ साल भदौ १४ मा जन्मेकी ताराको परिवारसँग कुनै राजनीतिक पृष्ठभूमि थिएन । बिरन्चीमा १४ बिघा जमिन भएका जमिनदार थिए, उनका बाबु धुरी महतो ।

सात कक्षासम्म त्यहीँ पढेकी तारा त्यसपछि भने एक घण्टाको दूरीमा रहेको वसन्तपुरस्थित माडी माविमा भर्ना भइन् । छोरीहरू स्कुल नजाने त्यो समयमा धुरी भने ताराकुमारीलाई पढाएरै छाडने अठोटमा थिए । खहरे खोलहरू पार गर्दै उनी स्कुल जाने आउने विरलै ग्रामीण छात्रा थिइन् तारा ।

‘त्यो बेला छोरीहरू ज्यादा पढ्नै नजाने हुनाले म केटा साथीहरूसँग स्कुल जाने–आउने गर्थे’ तारा सम्झिन्छिन्, ‘बर्खामा खोला तर्न केटाहरूले सहयोग गर्दा र ट्युसन पढेर राति अबेर घर फर्किंदा कुरा काट्नेहरू थिए गाउँमा तर मेरो परिवारले यस्ता कुराको वास्तै गरेन ।’

माडी माविबाट ४८ सालमा एसएलसी पास गरेपछि ताराको पढाइ रोकियो । किनकि घरै छाडेर सदरमुकाम भरतपुर गएर पढ्न सजिलो थिएन । त्यसको दुई वर्षपछि उनको बिहे भयो, बघौडा वसन्तपुरका जयराम महतोसँग । तत्कालीन निम्नमाध्यमिक विद्यालयका शिक्षक जयराम राजनीतिमा पनि राम्रै चासो राख्थे ।

पाँच दाजुभाइ र तीन दिदीबहिनीकी कान्छी ताराको परिवारमा वामपन्थी राजनीतिको प्रभाव थियो । यो प्रभाव उनका दाजु परमेश्वर राजनीतिमा लागेपछि सुरु भएको थियो । परमेश्वर अमिक शेरचनसँग मिलेर राजनीतिक गतिविधिमा लागेका थिए । जसको धेरथोर प्रभाव तारामा सानैदेखि परेको थियो ।

‘तँ जन्मदा म जेलमा थिएँ भन्नुहुन्थ्यो दाइले । उहाँ किन जेल पर्नुभयो होला भन्ने लाग्थ्यो मलाईचाहिँ,’ उनी भन्छिन्, ‘पछि कुरा बुझ्दा कारण राजनीतिक रहेछ ।’

यो सूचनाले उनमा पनि राजनीतिप्रति नजानिँदो लगाव पलायो जो बिहेपछि पतिको साथ पाएर झांगिने मौका पायो ।

पढालिखा श्रीमान् भएकाले ताराले वर्षौंपछि छुटेको पढाइ पनि सुरु गर्ने मौका पाइन् । त्यतिबेला माडीमा क्याम्पस खुलिसकेको थियो । पढाइको तिर्खा उनको मनमा गढेको थियो । त्यसैले त एसएलसीको झन्डै २० वर्षपछि उनी २०६७ सालमा माडी क्याम्पसमा ११ मा भर्ना भइन् । संयोग पनि कस्तो थियो भने, उनकी जेठी छोरी पनि ११ मै पढ्दै थिइन् त्यही वर्ष ।

पढाइको तिर्खा उनको मनमा गढेको थियो । त्यसैले त एसएलसीको झन्डै २० वर्षपछि उनी २०६७ सालमा माडी क्याम्पसमा ११ मा भर्ना भइन् । संयोग पनि कस्तो थियो भने, उनकी जेठी छोरी पनि ११ मै पढ्दै थिइन् त्यही वर्ष ।

२०६१ मंसिरदेखि युनिसेफले सञ्चालन गरेको महिला बालबालिकासम्बन्धी परियोजनामा माडीमा ग्रामीण सहजकर्ताका रूपमा जागिर सुरु गरेकाले उनी महिला अधिकार र बालबालिकाको विषय र समस्याबारे जानकार थिइन् ।

स्थानीय रूपमा उनको परिचय पनि यही जागिरले बनाइदिएको थियो । १२ पास गरेपछि भने ताराको भूमिका फेरियो । उनले तत्कालीन बघौडा गाविसको कार्यालय सहायकको जागिर पाइन् । माडी नगरपालिका घोषणा भएपछि उनी वडासचिवको भूमिकामा पुगिन् । २०७३ मा स्थानीय तहको निर्वाचन घोषणा भएपछि उनलाई एमालेले उपमेयरको उम्मेदवार बनायो । जागिरबाट राजीनामा गरेर उपमेयरमा उठेकी उनी फराकिलो मतान्तरले विजयी भइन् । सफलताको यही यात्राले २०७९ को स्थानीय तह निर्वाचनमा उनी मेयर बन्न सफल भइन् ।

दलभित्रको प्रतिस्पर्धाभन्दा महिलाप्रति समाजले राख्ने दृष्टिकोण बदल्न ठूलो लडाइँ लड्नुपर्ने ताराको बुझाइ छ ।

‘म मेयरको उम्मेदवार भइरहँदा प्रतिस्पर्धी दलका ठूलै नेताले गाउँगाउँमा भाषण गर्दा छोरी चेलीलाई साडी चोलो र गहना पो दिने हो नि π मत त नेतालाई दिने हो भन्ने ढंगले भाषण गर्नुभयो’ भन्छिन्, ‘यो त महिलालाई मान्छे नै नगन्ने मानसिकताको प्रतीक हो ।’

महिलाले नेतृत्व लिनै सक्दैनन् भन्ने सामाजिक बुझाइ चिर्न ठूलो संघर्ष गर्नुपर्ने उनको बुझाइ छ । खिरिलो ज्यानकी तारा भन्छिन्, ‘खै किन हो, नेता भनेको मिलाएर भाषण गर्ने, कडा बोल्ने मोटाघाटा लोग्ने मानिस हुन् भन्ने मानसिकता छ जो बदल्न ज्यादै जरुरी भइसक्यो ।’

सामाजिक क्षेत्रमा आफूले पुर्‍याएको योगदानलाई नै आधार मानेर पार्टीले आफूलाई अघि सारेको बताउने तारा सक्रिय राजनीतिमा आफ्नो लामो विगत नभएको बताउँछिन् । मेयर भएपछि ताराले आफ्ना प्राथमिकताहरू निर्धारण गरेकी छन् । भौगोलिक हिसाबले समथर भईकन पनि माडी समस्याका भुमरीमा परेको ठाउँ माडी हो भन्ने बुझाइ उनको छ । त्यसैले खहरे खोलाले बर्सेनि गर्ने वितण्डा, निकुञ्जका जनावरले खेती–बालीमा गर्ने नोक्सानी, मान्छेमाथि आक्रमण गरेर घाइते अंगभंग गराउने र ज्यानसमेत जाने घटना रोक्ने विषयलाई उनले प्राथमिकतामा राखेकी छन् ।

सडकको सुविधा पनि राम्रोसँग नपुगेको र निकुञ्जका ऐन–नियमले विकास निर्माणमा पार्ने बाधा–अड्चनले पनि माडीवासीलाई पिरोल्ने गरेको तथ्य उनलाई भलिभाँति थाहा छ । वर्षको १०/१२ करोड रुपैयाँ पनि आन्तरिक आय संकलन हुन धौ–धौ हुने ठाउँ भएकाले कसरी ती समस्यालाई हल गर्ने भन्नेमा उनी सोचमग्न छिन् । ‘महिला नेतृत्वले यी समस्यालाई समाधान गर्न नसक्ने होइन’ भन्छिन्, ‘हामीलाई त काम गरेर देखाउनु छ, तर पनि सिस्टमले बाँधेकाले केही उल्झनहरू छन् ।’

महिलाले नेतृत्व लिएको विद्यालय, सहकारी, वन उपभोक्ता समिति लगायत सामुदायिक संस्थाले राम्रो काम गरेर देखाएको उदाहरण भएकाले स्थानीय तह पनि आफ्नो नेतृत्वमा सशक्त हुने विश्वास उनमा छ ।

स्वास्थ्य स्वयंसेविकाले नेपालकै बालस्वास्थ्यको अवस्था सुधारेको, शिशु शिक्षिकाले बालशिक्षामा योगदान गरेको विषयले महिला सक्षम छन् भन्ने पुष्टि भएको तथ्यले पुलकित ताराकुमारी नगरपालिकामा सुरुआतमा मावि, निमावी तहलाई सुधार गर्न लागिपरेकी छन् ।

हाल शिशु कक्षादेखि नै सुधारको प्रयास थालेकी उनले प्रारम्भिक बाल विकास केन्द्र र यसका शिक्षकलाई थप सहयोग बढाएकी छन् ।

गाउँमा स्वास्थ्य पूर्वाधार बढाउन नगरपालिकाले बघौडा अस्पतालमा महिलालाई ओपीडी टिकट निःशुल्क गरेको छ ।

उनले स्वास्थ्य संस्थाहरू बजारबाट गाउँतिर विस्तार गर्ने योजना ल्याएकी छन् । अन्यायमा परेका महिलालाई न्याय दिलाउन सघाउ पुग्ने गरी हिंसापीडित कोष खडा गर्ने र घरेलु हिंसा भोगेका महिलाहरूलाई राख्न ‘सेफ हाउस’ बनाउने कामलाई उनले प्राथमिकतामा राखेकी छन् । अपांगता भएकाहरूमध्ये ख वर्गका मानिसका अलावा सीमान्तीकृत बोटे र चेपाङ समुदायका लागि स्वास्थ्य बिमा गराउने उनको नीति छ ।

‘आन्तरिक आय धेरै नहुने हुँदा ठूला योजना अट्न गाह्रो हुने रहेछ’ ताराकुमारीको अनुभवले भन्छ्, ‘यातायात पूर्वाधार र पर्यटनमा सकेको काम गर्दै जाने योजना छ ।’ आफूले नेतृत्वमा पुगेर काम राम्रो गर्न सके गाउँ समाज राम्रो हुनुका साथै समग्र महिलालाई नै समाजले हेर्ने दृष्टिकोण फराकिलो बन्ने उनी ठान्छिन् । कान्तिपुरबाट

प्रकाशित:

१२९८ दिन अगाडि

|

७ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९