१४ वनवासपछि भगवान् राम सत्तामा फर्किएका थिए । राष्ट्रपतिको संघारमा रहेका रामचन्द्र पौडेल पनि पछिल्लो समय कुनै लाभको पदमा थिएनन् । बरु २०६७ साउन ५ देखि माघ २० सम्म १७ पटक प्रधानमन्त्री उम्मेदवार भएर असफल भएका थिए उनी ।
अहिले भने पौडेल राष्ट्रपति निर्वाचनको पहिलो चरणमै सबैभन्दा बलियो उम्मेदवार बन्न सफल भएका छन् । आठ दलको समर्थनमा फागुन १३ गते उम्मेदवारी दर्ता गरेका पौडेलको पक्षमा मत देखिन्छ ।
उनै पौडेलको १२ वर्ष अगाडि प्रधानमन्त्री निर्वाचित हुने सपना १७ पटकसम्म असफल भएको थियो । यस्ता थिए पौडेलको प्रधानमन्त्री बन्न गरिएको १७ असफल प्रयासः
पहिलो
२०६७ साउन ५ गते रामचन्द्र पौडेल प्रधानमन्त्री उम्मेदवार हुँदा पक्षमा १२४ मत आएको थियो । ५८३ सांसद उपस्थित भएको सदनमा पौडेल प्रधानमन्त्री बन्न सकेनन् ।
दोस्रो
दोस्रो प्रयास २०६७ साउन ७ गते भएको हो । ५७८ सांसद उपस्थित भएको सदनमा पौडेलले १२३ मत ल्याएका थिए ।
तेस्रो
१२४ मत ल्याएका पौडेलले तेस्रो प्रयास २०६७ साउन १७ मा गरेका थिए । त्यो दिन सदनमा ५५६ सांसद उपस्थित भएका थिए ।
चौथो
२०६७ साउन २१ गतेको चौथो प्रयासमा पौडेलले १२२ मत ल्याएका थिए । त्यो समयमा सदनमा ५६१ सांसद उपस्थित भएका थिए ।
पाँचौं
२०६७ भदौ ७ गते पाँचौं प्रयास गरेका पौडेलले जम्मा १२४ मत ल्याएका थिए । ५६७ सांसद उपस्थित त्यो दिन पनि उनलाई प्रधानमन्त्री बन्न आवश्यक मत पुगेन ।
छैटौं
२०६७ भदौ २० गतेको छैटौं प्रयासमा पौडेलले १२२ मत ल्याएका थिए । उक्त दिन सदनमा ५३६ सांसद उपस्थित भएका थिए ।
सातौं
२०६७ भदौ २२ गतेको सातौं प्रयासमा सदनमा ५१५ सांसद उपस्थित थिए । जसमा पौडेलको पक्षमा ११९ मत आएको थियो ।
आठौं
२०६७ असोज १० गतेको आठौं प्रयासमा ११६ मत आएको थियो । सदनमा त्यो दिन १८९ सांसद उपस्थित भएका थिए ।
नवौं
२०६७ असोज १४ गतेको नवौं प्रयासमा पौडेलको मत १०५ आएको थियो । १६८ सांसद उपस्थित भएको सदनमा पौडेलले त्यति मत ल्याएका थिए ।
दसौं
२०६७ असोज २० गते पौडेलको दसौं प्रयास हुँदा १०९ मत आएको थियो । त्यो दिन सदनमा १५६ उपस्थित थिए ।
एघारौं
२०६७ असोज २१ गते पौडेलले १०४ मत ल्याए । त्यस दिन पनि प्रधानमन्त्री बन्न सकेनन् । त्यो दिन सदनमा १४५ सांसद उपस्थित थिए ।
बाह्रौं
२०६७ असोज २४ गतेको बाह्रौं प्रयासमा पौडेलको मत ८९ आएको थियो । सदनमा ११९ सांसद हाजिर थिए ।
तेह्रौं
२०६७ कात्तिक ९ गतेको तेह्रौं प्रयासमा पौडेलले ९८ मत पाएका थिए । १४४ सांसद त्यो दिन उपस्थित थिए । जुन दिन पनि उनी प्रधानमन्त्री निर्वाचित हुन सकेनन् ।
चौधौं
२०६७ कात्तिक १२ गतेको चौधौं प्रयासमा पौडेलले ९६ मत पाएका थिए । त्यो प्रक्रियामा सदनमा १८६ सांसदहरु सहभागी भएका थिए ।
पन्ध्रौं
२०६७ कात्तिक १५ गतेको पन्ध्रौं प्रयासमा ९६ मत ल्याएका थिए पौडेलले । त्यो समयमा सदनमा १२९ सांसद उपस्थित भएका थिए ।
सोह्रौं
२०६७ कात्तिक १८ गतेको प्रयासमा पौडेलले जम्मा ८२ मत पाएका थिए । त्यो समयमा सदनमा १०१ सांसद उपस्थित भएका थिए ।
सत्रौं
२०६७ माघ २० गतेको सत्रौं प्रयासमा पौडेलले १२२ मत ल्याएका थिए । त्यो प्रक्रियामा सदनमा ५५७ सांसद उपस्थित भएका थिए ।
स्रोतः रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ पुस्तक
प्रकाशित:
१२८५ दिन अगाडि
|
१४ फागुन २०७९
३ दिन अगाडि
|
१५ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
७ भदौ २०८३
२० दिन अगाडि
|
२९ साउन २०८३
३१ दिन अगाडि
|
१८ साउन २०८३
३३ दिन अगाडि
|
१६ साउन २०८३
१४२३ दिन अगाडि
|
२५ असोज २०७९
१४५८ दिन अगाडि
|
२१ भदौ २०७९
१४६७ दिन अगाडि
|
१२ भदौ २०७९
१४२२ दिन अगाडि
|
२६ असोज २०७९
१३७२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२८ दिन अगाडि
|
२० असोज २०७९
१३६० दिन अगाडि
|
२७ मंसिर २०७९