नेकपा माओवादी केन्द्रले तत्काललाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । मुख्यमन्त्री शाहले आइतबार (फागुन २१ गते) विश्वासको मत लिन गइरहेको बेला माओवादीले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।
मुख्यमन्त्रीसँगको बैठकपछि माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावलले भने, ‘यथास्थितिमा अझै पनि विश्वासको मत दिने वातावरण बनेको छैन । त्यही कुराको निर्णय हामीले केन्द्रीय कार्यालयमा पठाएका छौँ। केन्द्रको निर्णयको पखाइमा छौँ ।’ माओवादी केन्द्रले सुदूरपश्चिम सरकारको नेतृत्वसहित प्याकेजमा पावर सेयरिङ हुनुपर्ने माग राख्दै आएको छ ।
शाहले प्रदेशसभामा आइतबार विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । सो प्रयोजनका लागि आइतबार दिउँसो १ बजे बस्नेगरी प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिने व्यवस्था मिलाइ दिन सभामुखलाई पत्र पठाएअनुसार बैठक आह्वान गरिएको हो ।
प्रदेशसभामा ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शाहले सरकार गठन गरेका छन् । उनी मुख्यमन्त्री बनेपछि केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै प्रदेशसभामा सोही अनुसारको राजनीतिक समीकरण बन्ने आकलन गरिएको थियो । तर माओवादीको पत्रले थप अन्योल सिर्जना गरेको छ ।
प्रकाशित:
१२८६ दिन अगाडि
|
२० फागुन २०७९
१० दिन अगाडि
|
१५ भदौ २०८३
१२ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
७ भदौ २०८३
२७ दिन अगाडि
|
२९ साउन २०८३
३८ दिन अगाडि
|
१८ साउन २०८३
४० दिन अगाडि
|
१६ साउन २०८३
१४३० दिन अगाडि
|
२५ असोज २०७९
१४६४ दिन अगाडि
|
२१ भदौ २०७९
१४७४ दिन अगाडि
|
१२ भदौ २०७९
१४२९ दिन अगाडि
|
२६ असोज २०७९
१३७९ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३५ दिन अगाडि
|
२० असोज २०७९
१३६७ दिन अगाडि
|
२७ मंसिर २०७९