Above News Title

परीक्षामा मातृभाषीहरू किन फेल हुन्छन् ?

के पहिचान सहितको सङ्घीयता शासकहरुलाई मान्य होला ? 
परीक्षामा मातृभाषीहरू किन फेल हुन्छन् ?

अमृत योन्जन तामाङ

एक दिन जङ्गलका सबै जीवजन्तु भेला भएर गहन छलफल गरेछन् मानिसले गरेको प्रगतिको रहस्य के हो ? निष्कर्ष निक्लेछ- "शिक्षा" । "हो हो" सबैको सहमति ।

आयोजक सिंहले प्रश्न गरेछन् अब के गर्ने? एउटा आयोग बनाएर पाठ्यक्रम तथा पाठ्यपुस्तक बनाउने र सबैले पढने। वर्ष-वर्ष परीक्षा गर्ने। जो पहिलो हुन्छ, ऊ देशको प्रमूख हुने र उसैले देश चलाउने। सबैले ताली बजाए। सिहको अध्यक्षतामा एउटा आयोग बन्यो र स्वाभाविक नै हो कि आयोजकहरु नै सदस्यमा पनि परे- बाघ, ब्वासो, स्यान र वनढाडे।

पुस्तक तयार भयो, पढाइ सुरु भयो, परीक्षा हुन थाल्यो। तर जहिले पनि पहिलो हुने त तिनै मांसहारी जीवहरु नै। पलेंटी कसे्र, घुँडा धसेर जति पढे पनि हात लाग्यो शुन्य। एक दशक जतिपछि शाकाहारी जीवहरु- हरिण, मृग, खरायो, कछुवा आदिले आ-आफ्मो जनसङ्ख्या पनि निकै घटेकोले चिन्तित हुँदै अलग्गै भेला गरेर छलफल गरेछन्- परीक्षामा हामी किन फेल हुन्छौ ?

छलफलले निष्कर्ष निकाल्यो- "पाठ्यक्रम फेरिनु पर्छ।" अब "शिकार कसरी गर्ने?" भन्ने पाठको ठाउँमा "शिकारी जीवबाट कसरी बच्ने, शिकारी आएको कसरी थाहा पाउने, कहाँ कसरी लुक्ने जस्ता सीप भएको पाठ राखिनु पर्छ।" सवैले जोडदार ताली बजाएर प्रस्ताव पास गरे।

यसपछि उनीहरुलाई चिन्ता पर्यो- पारित प्रस्ताब आयोगलाई कसरी बुझाउने ? 

तपाईंको विचारमा शाकाहारी जीवले पारित गरेको प्रस्ताव मांसहारी आयोगलाई मान्य होला ? के आन्दोलन अगाडि बढला? के नेपालको शासकीय भाषा नेपाली र शासक जातिलाई पोष्ने वर्तमान शिक्षा नीति फेरिएला ? के मातृभाषामा शिक्षा कार्यान्वयनको लागि यो सरकार तयार होला ? यसै सन्दर्भमा यो पनि जोडन सकिन्छ के पहिचान सहितको सङ्घीयता शासकहरुलाई मान्य होला ? 

प्रकाशित:

१२५८ दिन अगाडि

|

११ चैत २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९