Above News Title

नागरिक उन्मुक्ति सरकारमा जान तयारः  रञ्जिता चौधरी मन्त्री बन्दै !

नागरिक उन्मुक्ति सरकारमा जान तयारः  रञ्जिता चौधरी मन्त्री बन्दै  !

रेशम चौधरीको रिहाईको मुद्दालाई थाँती राख्दै नागरिक उन्मुक्ति पार्टी पनि संघीय सरकारमा जान तयार भएको छ।

समाचार स्रोत अनुसार सो पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई सरकारमा सहभागी गराउने तयारी गरेको छ।

सुदूरपश्चिम सरकारलाई समर्थन गरेर कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धनमा जोडिएको नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता नै सरकारमा जान लागेकी हुन्। 

यद्यपि नागरिक उन्मुक्तिले लिने मन्त्रालय टुंगो लागिसकेको छैन। उसले सहरी विकास या वन तथा वातावरण मन्त्रालय लिन चासो देखाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा श्रेष्ठ पनि मन्त्री बन्ने उक्त पार्टीका एक पदाधिकारीले जनाए।

‘सरकारमा जाने कुरा निश्चित जस्तै छ, पार्टीबाट अध्यक्षले प्रतिनिधित्व गर्नुहुन्छ,’ ती पदाधिकारीले भने, ‘तर मन्त्रालयको टुंगो लागेको छैन, हाम्रो माग मुद्दाको कुरा पनि छ, त्यो सम्बोधन हुनुपर्छ।’

उनका अनुसार नागरिक उन्मुक्तिलाई एउटा मन्त्रालय दिन प्रधानमन्त्री तयार छन्। तर, थप एउटा राज्य समेत पाउनुपर्ने पार्टीको अडान छ।


 

प्रकाशित:

१२६२ दिन अगाडि

|

१३ चैत २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९