Above News Title

 सन्हला वनगैंयासँगै हरायो उनको जडिबुटी ज्ञान पनि

गाउँमा कसैलाई सन्चो भएन भने उनले नाडी छामेर जडिबुटी दिन्थे। सन्चो हुन्थ्यो। विशेष गरी ज्वरो आएका वेला उनले दिएका बुटीले आराम हुन्थ्यो।
 सन्हला वनगैंयासँगै हरायो उनको जडिबुटी ज्ञान पनि

डिल्ली आचार्य

 म डंगौरा थारू गाउँमा हुर्केको हुँ। हाम्रो गाउँका एकजना पात्र थिए,  सन्हला वनगैंया अर्थात् साइँला वनगैंया। गाउँतिर व्यक्तिको होइन, घरका नाम हुन्छन्। उनको वास्तविक नाम थाहा भएन। सबैले सन्हला वनगैंया भन्थ्यौँ। 

उनी वा उनका पुर्खा वनगै भन्ने गाउँबाट बसाइँ सरी आएकाले उनलाई वनगैंया र साइँला सन्तान भएकाले सन्हला भनिन्थ्यो।
उनी निरक्षर थिए। गाउँमा कसैलाई सन्चो भएन भने उनले नाडी छामेर जडिबुटी दिन्थे। सन्चो हुन्थ्यो। विशेष गरी ज्वरो आएका वेला उनले दिएका बुटीले आराम हुन्थ्यो। उनले खेतमा गएर आवश्यकताअनुसार खोजेर तीनवटा बुटी ल्याउँथे। 
उनले औषधि खोजेर ल्याई सन्चो बनाउँथे। त्यसबापत उनलाई मान्छेले चुरोट दिन्थे। अलिक समयअघि बिडी पनि दिन्थे। कसैले केही नदिए पनि केही भन्दैनथे। त्यो उनले आफ्नो कर्तव्य ठान्थे।

केही समयपछि हाम्रो घरबाट नजिक पर्ने बजार तुलसीपुरमा डाक्टर बस्न थाले। हिँडेर तुल्सीपुर पुग्नुपर्थ्यो। सक्ने मानिस तुलसीपुर जान थाले। बजार पुग्दा डाक्टरको सामान्य फी तिर्नुपर्थ्यो। औषधि पनि किन्नुपर्थ्यो। त्यसबापत गाह्रो मानी भए पनि शुल्क तिर्थे। 

कोही टाठा मान्छे गाउँमा नपढेको मान्छेले गरेको उपचारमा विश्वास नगर्ने भयौँ। पैसा तिर्न सक्नेले पनि उनको ज्ञान र सेवालाई उपेक्षा गर्‍यौँ।

उनलाई आर्थिक अवस्थाले कहिले साथ दिएन। उनले परम्परागत ज्ञान सिके। त्यसलाई जोगाए। समाजका लागि योगदान पनि दिए। त्यसबापत समाजले उनलाई संरक्षण गरेन। उनको जीवन यसैगरी बित्यो। पुस्तान्तरण भएको एउटा परम्परागत ज्ञान मेरो गाउँबाट सधैँका लागि सकियो। 

पछि मैले क्यामेरा किनेँ। यस्ता औषधीय गुण भएका जडिबुटीको नाम लेखेर तस्वीर खिच्न थालेँ। त्यतिखेर रिलवाला क्यामेरा हुन्थ्यो। रिल सकिएपछि धुलाउनुपर्थ्यो। तिनले दिने गरेका बुटीका तस्वीर पनि खिचेको थिएँ। 

माओवादी द्वन्द्वका वेला दुवै पक्षबाट कोठा खानतलासी हुन्थे। रिल, तस्वीर, पुस्तकका खात यता उता हुन्थे। दुवै पक्षले ती चिज छरपष्ट पारेर जान्थे। त्यो वेलाका थुप्रै पीडा छन्। कोठा सर्दा तिनको बिजोग भएर कति सामग्री नष्ट भए।  
उनले दिने गरेको एउटा बुटी यो पनि थियो। मेरा धेरै मित्रहरू आयुर्वेदका विज्ञ पनि हुनुहुन्छ। उहाँहरूले भन्नुहोला। यो बुटी के कस्तो खालको हो र केमा प्रयोग गरिन्छ ?

अहिले ठ्याक्कै म यी घटना सम्झिन्छु। निकै पीडा बोध गर्छु। ग्लानि पनि छ। मैले देख्दा देख्दै त्यो ज्ञान सकियो। नेपाली समाज यस्ता सम्पदाप्रति पटक्कै सजग र सचेत छैन। एउटा तप्का त यस्ता ज्ञानलाई अन्धविश्वासको बिल्ला भिराउन उत्सुक छ।

जसरी उनी बिते। हाम्रो समाज, ज्ञान र देश पनि यसै गरी सकिनेछ। जीवनमा ढिलो चिनेका पात्र। हामी नेपाली कसरी सकिन्छौँ भन्ने गतिलो उदाहरण  हुन् सन्हला वनगैंया ।

प्रकाशित:

१२५५ दिन अगाडि

|

१४ चैत २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९