राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनालाई जोडेर जातजाति, भाषा र धर्मबारे फिंजाइएका हल्लाहरु गलत भएको बताएको छ ।
कार्यालयले जनगणनाको तथ्यांक सार्वजनिक गर्ने बेला यस्ता तथ्याङ्क सार्वजनिक गरेको छैन । तर, सामाजिक सञ्जालहरुमा यी तथ्यांकबारे गलत हल्ला फिजाइएको कार्यालयका उपप्रमुख तथा प्रवक्ता नेविनलाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय तथ्यांक कार्यालयमा जनजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवाला व्यक्ति र संस्थाबाट ७० वटा माग र ध्यानाकर्षण पत्र दर्ता भएका छन् । यसमा विज्ञ र संवैधानिक आयोगका प्रतिनिधिसँग कार्यालयले छलफल गरिरहेको छ । यस्तो उजुरी थरलाई जात कायम गर्ने, जात अनुसार मातृभाषा कायम गर्ने, ठाउँ अनुसार भाषा कायम गर्ने, २०६८ सालको जनगणनामा गणना भएका जातजातिलाई जोड्न र कतिपयलाई अलग गर्न उजुरी परेको हो ।
तर, पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा धर्मसँग जोडिएर आएका विषय पूर्ण रुपमा गलत, भ्रामक र अन्योल सिर्जना गर्ने खालका भएको कार्यालयले जनाएको छ । जातजाति, भाषा र धर्मसम्बन्धी विवरणलाई अन्तिम रुप दिने काम भइरहेको र चाँडै सार्वजनिक गरिने समेत कार्यालयले बताएको छ । जातजाति, भाषा र धर्मसम्बन्धी विवरण सार्वजनिक नहुँदा तथ्याङ्क नै अधुरो हुन पुगेको छ ।
प्रकाशित:
१२५९ दिन अगाडि
|
१६ चैत २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६३ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९