लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसलाई नयाँ सरकार गठनको बाटो खुलेको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन सरकार गठनका लागि आह्वान गरेपछि नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।
सोमबार प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि एमालेका मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकार ढलेको थियो । प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को ३ अनुसार एमालेले आफ्नो नेतृत्वमा अल्पमतको सरकार बनाउने तयारी थालेको थियो । तर प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना सकिएको छ ।
एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्रसहितका दलले समर्थन फिर्ता लिएपछि चैत १२ मै कांग्रेस संसदीय दलका नेता डिल्लीराम चौधरीले सात दलको समर्थनसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेको थिए ।
चौधरीलाई माओवादी, नाउपा, जनमत, लोसपा, जसपा, एकीकृत समाजवादी र २ जना स्वतन्त्र सांसद गरी ५७ जनाको समर्थन छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रकाशित:
१२३४ दिन अगाडि
|
१२ वैशाख २०८०
१० दिन अगाडि
|
१५ भदौ २०८३
१२ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
७ भदौ २०८३
२७ दिन अगाडि
|
२९ साउन २०८३
३८ दिन अगाडि
|
१८ साउन २०८३
४० दिन अगाडि
|
१६ साउन २०८३
१४३० दिन अगाडि
|
२५ असोज २०७९
१४६४ दिन अगाडि
|
२१ भदौ २०७९
१४७४ दिन अगाडि
|
१२ भदौ २०७९
१४२९ दिन अगाडि
|
२६ असोज २०७९
१३७९ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३५ दिन अगाडि
|
२० असोज २०७९
१३६७ दिन अगाडि
|
२७ मंसिर २०७९