Above News Title

मुसा सिकारका पारखी छोट्कानुहरू

ग्राहकको मागअनुसार मुसाको परिकार पुर्याउन सकिएको छैनः लक्ष्मीनारायण चौधरी, अध्यक्ष, भादा होम स्टे
मुसा सिकारका पारखी छोट्कानुहरू

कैलारी गाउँपालिका–२ मंझराका छोट्कानु चौधरीलाई वैशाखको टन्टलापुर गर्मीको परवाह छैन । उनी आफ्नै रफ्तारमा एकनाशले फरहुवा (कोदालो) चलाइरहे । उनको एउटै लक्ष्य मुसाको सिकारमा थियो । 

छोट्कानु र उनको साथीहरु केही समयको मेहनतपछि लक्ष्य भेटाए । एउटा मुसन्डा (भाले) सहित ११ वटा मुसाको सिकार गरे ।
उनले भने, ‘एउटा मुसन्डा र १० वटा बोटरु (बच्चा) पायौ । २०÷२५ मिनेट लाग्यो । ६ जनाको समूह छ । यतिले छाक पुग्दैन । अझै खोज्छौ ।’

छोट्कानु र उनको समूह गहुँ बाली भित्र्याई सके पछिको खेतमा मुसाको सिकार गर्दै आएको छ । साँझ विहान घरधन्दा र दिउँसोको फुर्सदको समयको समयमा उनीहरु मुसाको सिकारमा निस्कन्छन् । अनि, साँझलाई पुग्ने गरी सिकार लिएर घर फर्किन्छन् ।

छोट्कानुसँगै खेतमै भेटिएका अमर चौधरी भन्छन्, ‘खेतमै पाइने र खेतकै अन्नबाली खाने मुसा अति नै स्वादिष्ट हुन्छ । सधैँ त होइन, फुर्सदको समयमा सिकार गरिन्छ । कहिले सिकार पर्छ त कहिले रित्तै पनि फर्किनु पर्छ ।’ 
मुसाको सिकार गर्न पनि सहज नभएको उनीहरुको भनाइ छ ।

कसरी गर्ने मुसाको सिकार ?

मुसाको सिकार गर्दै आएकाहरु कस्तो दुलोमा मुसा बस्छ वा बस्दैन सजिलै पहिल्याउन सक्छन् । यतिमात्रै होइन, मुसाले घर बनाएको दुलो, फालेको माटोलाई पनि विभिन्न तरिकाले वर्गीकरण र पहिचान गरी सिकार पहिल्याउँछन् ।

कैलारी गाउँपालिका–६ बेनौलीका सोमलाल डंगौरा भन्छन्, ‘मुसाको दुलो हेरेर छ, छैन थाहा पाउन सकिन्छ । मुसा बस्ने घरमा मुसाले खनेको माटो ताजा देखिन्छ । दुलो बुच्कु (खनेको माटोले भरिएको) र सफा देखिन्छ । टोंरका दुलो (निस्क्निे वा भाग्ने बाटो) धेरै नखुलेको तर सफा हुन्छ ।’

मानिसले आफ्नो घरका विभिन्न कोठामा कसमा के राख्ने भनी छुट्याएझैं मुसाले पनि वर्गीकरण गर्ने गरेको डंगौरा बताउँछन् । उनले अगाडि थपे, ‘मुसाले एक दुलोमा अन्नबाली मात्रै राखेको हुन्छ । धान खेत पाइने मुसाले दुलोभित्र १–२ केजीसम्म अन्न भण्डारण गरी राखेको हुन्छ । बच्चा कोरल्ने, क्रीडा गर्ने, शत्रुले आक्रमण गरे भाग्नेलगायत दुलो फरक–फरक बनाएको हुन्छ ।’ मुसाको जीवनशैली बुझ्नेले सजिलै सिकार गर्न सक्छ ।

थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर थारुले भन्छन्, ‘प्रायः थारु समुदायले राँगा, गोरुको मासु खाँदैनन् । किनकि यिनीहरुलाई जोत्ने कार्यमा प्रयोग गर्छन् । तर बालीलाई नोक्सान गर्ने मुसालाई छोड्दैनन् ।’

मुसालाई थारु समुदायमा कृषि बालीको शत्रुको रुपमा लिइन्छ । कृषिमा निर्भर यो समुदायले कृषि बालीमा नोक्सानी गर्ने मुसालाई विभिन्न तरिकाले नियन्त्रण गर्दै आएको छ । साथै, मुसाको थरिथरिका परिकार बनाई उपभोग गरेको पाइन्छ ।
थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर थारुले भन्छन्, ‘प्रायः थारु समुदायले राँगा, गोरुको मासु खाँदैनन् । किनकि यिनीहरुलाई जोत्ने कार्यमा प्रयोग गर्छन् । तर बालीलाई नोक्सान गर्ने मुसालाई छोड्दैनन् ।’

संयोजक थारुका अनुसार थारु समुदायले ७ प्रजातिमा मुसाको वर्गीकरण गरेका छन् । खेतमा पाइने, घरमा पाइने, जमिन बाहिरै घर बनाएर बस्ने र जंगलमा पाइने, आकार र रंगको आधारमा वर्गीकरण गर्न सकिन्छ ।

१. बिलखोडुवाः बिलखोडुवा प्रजातिको मुसा खेतमा पाइने गर्छ । यो प्रजातिको मुसा खेतकै अन्नबाली खाएर बस्ने गर्दछ । खानमा सबैभन्दा स्वादिलो यही प्रजातिको मुसा रहेको मासु पारखीहरुको भनाई छ । आकारमा ठूलो देखिने यो मुसाले एक पटकमा १० देखि १६ वटासम्म बच्चा जन्माउँछ ।
२. छपरकुडुवाः यो प्रजाजिको मुसा घरमा पाइन्छ । यो प्रजातिको मुसो पनि बिलखोडुवा प्रजति जस्तै हुन्छ ।
३. उज्जर पेटुवाः अन्य मुसाको भन्दा पेटको भागमा सेतो देखिने मुसालाई उज्जर पेटुवा भनिन्छ । यो मुसा प्रायः वनमा पाइन्छ ।
४. चिड्डीः यो प्रजातिको मुसा प्रायः रुखमा पाइने तथा आकारमा सानो हुन्छ ।
५. गोरनिः गोरनि मुसा खेतमा पाइने मझौला खालको मुसाको प्रजाति हो । यसको पुच्छर समाउने बित्तिकै पुच्छरका छाला निस्कने गर्दछ ।
६. खरकटट्ीः खरकटट्ी प्रजातिको मुसा प्रायः खेत र जंगलमा पाइन्छ । तर जमिन बाहिरै घर बनाउँछ ।
७. डुकरीः सबैभन्दा सानो आकारको मुसालाई डुकरी भनिन्छ । यो मुसा प्रायः खेतमै पाइन्छ ।

मुसाको तीन परिकार

थारु समुदायमा मुसाको सिकारलाई चटनी, सेकुवा र गे्रबी गरी ३ किसिमको परिकार बनाएर उपभोग गरिन्छ । पश्चिमतिर थारु समुदायमा तथा पूर्वमा मुसहर समुदायमा उपभोग गर्ने चलन रहेको मुसा पछिल्लो समय सहरका होटलहरुमा पनि पाइने गर्दछ । 

मेला, महोत्सवहरुमा त झनै स्टलको आकर्षणको रुपमा पनि मुसाको परिकारलाई राखिने गरिन्छ । उदाहरणको लागि सुदूरपश्चिम महोत्सव, प्रत्येक अंग्रेजी वर्षको पहिलो साता हुने भादा गाउँ होम स्टे महोत्सवमा पनि मुसाको परिकारलाई आकर्षणको रुपमा राखिन्छ ।

धनगढीस्थित भादा गाउँ होम स्टे तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी नारायण चौधरीका अनुसार भादा होम स्टेमा लेग पिससहितको २ पिस मासुलाई एक प्लेट मान्दै प्रति प्लेट ५० रुपैयाँमा बेचिन्छ । ग्राहकको मागअनुसार मुसाको परिकार भने पुर्याउन नसकिएको उनको भनाइ छ ।
 

प्रकाशित:

१२३२ दिन अगाडि

|

१४ वैशाख २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६७ दिन अगाडि

|

२७ मंसिर २०७९