Above News Title

‘भ्रष्टाचारीहरूको मूल जरो त आखिर सरकारमा भेटियोः’ मन्त्री रन्जिता श्रेष्ठ

‘भ्रष्टाचारीहरूको मूल जरो त आखिर सरकारमा भेटियोः’ मन्त्री रन्जिता श्रेष्ठ

मन्त्रीहरुको दिनचर्या यसै पनि व्यस्त हुन्छ । नयाँ मन्त्री बनेपछि अन्य काम नभए पनि मन्त्रालयमा मात्र होइन, आवासमा समेत बधाई दिनेहरुको लर्को उस्तै हुन्छ ।

यस्तो व्यस्त दिनचर्यामा मन्त्रीले गजल लेख्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने समय निकाल्न सक्नु साहित्यमा रुचिकै विषय मान्नु पर्छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले विहीवार सामाजिक सञ्जाल फेसबुकमा एक गजल पोस्ट गरेकी छिन् । जसमा भ्रष्टाचारीहरूको मूल जरो त सरकारमा भेटिएको अभिव्यक्ति समेटिएको छ । 
साथै, वर्तमान नेताहरुले  देश कति बनाए भन्ने कुरा व्यवहारमा भेटिएको पनि सार पस्किएकी छिन् ।

(पढौं गजलको पूर्ण अंशः)
बुज्नुस्  ऊ दोषी  यही आधारमा  भेटियो
छातीभित्र देश रहेछ कारागारमा भेटियो ।
जरो   खन्दै   गइयो भ्रष्टाचारीहरूको
मूल जरो त आखिर सरकारमा भेटियो ।
कहिले भने र यिनीहरुले  देश बिगार्छौ भनेर
कति बनाए भन्ने कुरा त व्यवहारमा भेटियो ।
शिर झुकाएर नमन उसको कलाकारितालाई
अगाडि गुलाब  पछाडि तरवारमा  भेटियो ।
ऊ होइन भनिरह्यो, म जिद्दी गरिरहे अन्तिममा
उसको  परिवहन  मेरो रक्तसञ्चारमा भेटियो ।

मन्त्री पदमा विराजमान रन्जिता श्रेष्ठ चौधरीले आखिर सरकारकै विरोध गरेर, सरकारलाई नै भ्रष्टाचारी करार गरेर किन सिर्जना गर्नु पर्यो ? चर्चाको विषय भएको छ । 

मन्त्री भएकै बेला एकपटक रवि लामिछानेले भनेका थिए, म मन्त्री भए पनि प्रतिपक्षी समेत हुँ । रन्जिता श्रेष्ठ चौधरीको पथ पनि त्यही लाइनमा डोरिएको छ । 

प्रकाशित:

१२३० दिन अगाडि

|

१५ वैशाख २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९