Above News Title

विज्ञहरूको प्रश्नः समाचारकक्ष खै समावेशी ?

विज्ञहरूको प्रश्नः समाचारकक्ष खै समावेशी ?

सञ्चारमाध्यमले समाचारकक्षलाई समावेशी र विविधायुक्त बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन्।

हिमाल मिडिया मेलामा ‘सबैलाई समेट्ने समाचारकक्ष’ सम्बन्धी अन्तरक्रियामा बुधबार भएको बोल्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले नेपाली समाचारकक्षमा समावेशी र विविधता सन्तोषजनक हुन नसकेको बताए। “भविष्यमा समाचारकक्षमा समावेशीता आउने र विविधता हुनेछ भनेर विश्वास गर्न सकिन्छ, तर वर्तमानमा हामीले त्यो ठिकसँग अभ्यास गर्न सकेका छैनौं,” उनले भने।

समावेशिता र विविधता सम्बन्ध र शक्तिसँग जोडिने भएकाले यो हस्तान्तरण गर्न सहज नभएको उनको धारणा थियो। उनले भने, “समाचारकक्षसँगै समाचारका सामग्रीमा विविधता छैन, जुन समुदायको विषय छ, त्यसमा सोही समुदायले जति आत्मसात अरू समुदायले गर्न सक्दैन, सिद्धान्तअनुसार  समाचारकक्षमा त्यो  कार्यान्वयन हुन सकेको छैन।”  

त्यस्तै, अन्तरक्रियामा बोल्दै पत्रकार पवित्रा सुनारले विकास संवाहक मिडिया समावेशी नहुँदा समाचार सामग्रीमा विविधता नआउने बताइन्। समाचारकक्ष पूर्णरूपमा समावेशी हुन सके मात्र सिमान्तकृत समुदायका विषयले प्राथमिकता पाउने उनको भनाइ थियो। “पहिलेको तुलनामा समाजको चरित्र केहि फेरिए पनि कानून र व्यवहारमा सन्तुलन आउन सकेको छैन, अधिकार सम्पन्न नभएसम्म समावेशी र विविधता पूर्ण हुँदैन,” उनले भनिन्।

अर्को वक्ता एवं सञ्चारविद् यमबहादुर दुराले विविधता गहन, व्यापक र जटिल विषय भएकाले छुमन्तर शैलीमा तत्काल लागू गर्न नसकिने बताए। उनले समावेशी र विविधतापूर्ण समाचारकक्ष विकसित देशहरुमा पनि नभएको उल्लेख गर्दै विविधता आउन लामो यात्रा बाकी रहेको बताए।

समावेशी र विविधतायुक्त समाचारकक्ष बनाउने जिम्मेवारी सबैको भएको उनीहरुको भनाइ थियो। यसका लागि सरकारले नीति नै बनाएर लागू गर्नुपर्नेमा उनीहरुको जोड थियो।

मेलाको उद्घाटन समारोहमा भारतको अनलाइन समाचार पोर्टल द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले सञ्चार प्रविधिको अभूतपूर्व विकास भइरहेको यो समयमा पत्रकारिताले पनि अभूतपूर्व चुनौती भोगिरहेको बताएका थिए। वरदराजनले भने, “यो मिडियाका लागि अभूतपूर्व चुनौती र त्रासको समय हो।”

पहिलो दिन ‘बदलिंदो भूराजनीतिबीच मिडियाको उपस्थिति’ विषयमा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा र हिमालका प्रकाशक कनकमणि दीक्षितसँग हिमाल साउथएशियाका सम्पादक रोमन गौतमले संवाद गरेका थिए।

भारतको बुम तथ्यजाँच तथा इन्डिया स्पेन्‍ड सम्बद्ध पत्रकार गोविन्दराज इथिराजले डेटा जर्नालिज्मबारे आफ्नो प्रस्तुति राखेका थिए। इथिराजले नागरिकलाई सही सूचना दिएर सुस्पष्ट विचार निर्माण गर्न तथ्याङ्कमा आधारित पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए।

त्यस्तै, ‘मिथ्या सूचना, तथ्य समाचार’ विषयमा नेपाल चेकका सम्पादक दीपक अधिकारी, अनलाइनखबरका प्रधान सम्पादक शिव गाउँले र डिजिटल राइट्स नेपालका सन्तोष सिग्देलसँग पत्रकार सजनाले बरालले संवाद गरेकी थिइन्।

दुई दिने हिमाल मिडिया मेला  आज विहीवार पनि विविध विषयमा प्यानल छलफल जारी रहनेछ । 

प्रकाशित:

१२२४ दिन अगाडि

|

२१ वैशाख २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९