Above News Title

‘हेर्ने कथा’को चर्चादेखि खोज पत्रकारिताको गहिराईसम्म परिचर्चा

‘हेर्ने कथा’को चर्चादेखि खोज पत्रकारिताको  गहिराईसम्म परिचर्चा

हिमाल मिडिया मेला २०२३ को दोस्रो दिन बिहीबारको पहिलो सत्र ‘मिडिया कथा वाचन’ मा अभिव्यक्ति दिँदै चापागाईँले भनिन्, ‘बीबीसीले नै मलाई कथा खोज्ने प्लेटफर्म दियो तर राजनीतिज्ञहरुसँग मात्र कुरा गर्दा दिक्क लाग्दै गएपछि भूइँमान्छेका कथा खोज्न ‘हेर्ने कथा’को श्रृंखला जन्मियो ।’

उनले कथामा जहिले पनि कर्ममा रमाउने मान्छेका कथा प्रस्तुत गर्दै आएको बताइन् । हालसम्म १०४ भन्दा बढी कथा देखाइसकेको जनाउँदै उनले भनिन्, ‘अहिले दर्शकले नै आफ्नो गाउँघरको फलानोको पनि कथा हुन्छ भनेर खबर गर्न थालेका छन् । जसलाई आफू कथा हुँ भन्ने थाहा हुँदैन, तिनै मानिसहरू हेर्ने कथाका कथा हुन् ।’

चापागाईँले कथाको केही श्रृंखलामा केही दाताको सहयोग रहे पनि अरु कथा कमलकुमारलगायत आफ्नै बलबुताले बनाइरहेको जनाइन् । चापागाईंसँग पत्रकार रजनीश भण्डारीले संवाद गरेका थिए।

जमाना डिजिटल माध्यमको

कार्यक्रमको दोस्रो सत्र ‘डिजिटल रिडर रेभेन्यूःमिडियाको भविष्य’ शीर्षकमा जमाना अब डिजिटल माध्यमको रहेको चर्चा भयो । 

सो क्रममा सेतोपाटी डटकमका प्रधान सम्पादक अमित ढकालले सञ्चारमाध्यमले व्यापारिक घरानाका गलत धन्दाबारे लेख्न नछाडेको दिन उनीहरूले सञ्चारमाध्यमसँग गर्ने ‘ब्ल्याकमेलिङ’ रोकिने टिप्पणी गरे । 

ढकालले फेसबुक र गुगलमा सस्तोमा विज्ञापन राखिने हुँदा महँगोमा मिडियालाई किन विज्ञापन दिने भन्ने समेत विज्ञापनदाताले प्रश्न गर्ने गरेको सुनाउँदै समग्र मिडिया संकटमा रहेको बताए । तर सानो लगानीमा सुरु गरिएको सेतोपाटी अहिले ५५ जनाको ठूलो परिवार भएको तथा वार्षिक ५ करोड खर्च गरिरहेको जानकारी पनि शेयर गरे ।

त्यस्तै, उकालो डटकमका प्रबन्ध सञ्चालक उकालो डटकमका प्रबन्ध सञ्चालक आमोद प्याकुरेलले आफूहरू नाफा नकमाउने संस्थाका रूपमा रहेको र विज्ञापनभन्दा ‘क्राउड फन्डिङ’ मा केन्द्रित रहेको बताए।

अंग्रेजी भर्सनको अफ द रेकर्ड अनलाइन अहिले स्थगित छ । त्यसका सञ्चालक सम्पादक प्रणय राणाले अब आफूहरूले ‘मेम्बरसिप मोडेल’ बारे सोचेको बताए। युवा पुस्ताको समाचार उपभोग गर्ने तरिका चेन्ज भएकाले अब युवालाई केन्द्रमा राखेर सामग्री तयार पार्नुपर्ने उनको भनाई थियो ।

त्यस्तै, नेपाल रिपब्लिक मिडियाकी सीईओ समृद्धि ज्ञवालीले न्यूयोर्क टाइम्सको ७० प्रतिशत आयको स्रोत ‘पे वाल’ भएको बताउँदै पत्रकारको क्षमता अभिवृद्धि गरे आर्थिक सङ्कटको समस्या समाधान हुने बताइन् । यो सत्रको सहजीकरण मधु आचार्यले गरेका थिए । 

जलवायु सङ्कटमा पत्रकारको ध्यान

त्यस्तै, ‘पत्रकार र जलवायु सङ्कट’ विषयमाथि जलवायु वैज्ञानिक तथा राजनीतिकर्मी अरनिको पाँडे, नेपाली टाइम्सका प्रकाशक कुन्द दीक्षित र अन्नपूर्ण दैनिकका पत्रकार नितु घलेले विचार राखे ।

दीक्षितले जलवायु परिवर्तनबारे पुरानो खालको पत्रकारिताले अब नपुग्ने र पत्रकारले केही निष्कर्ष नै दिनुपर्ने जिकिर गरे। 

उता जलवायु वैज्ञानिक पाँडेले दुई वर्ष अघिको मेलम्चीमा गएको बाढीबारे धेरै समाचार आउन नसकेको बताए । ‘मेलम्ची बजार तथा काठमाडौँ आउने खानेपानीमा अहिले पनि जोखिममा छ भन्ने ज्ञान छ । तर थप क्षति के कस्तो हुन्छ ?अनुसन्धान गर्न रिसर्च फण्ड खोइ त?’ उनको प्रश्न थियो ।

जलवायुको विटमा लेख्न विज्ञसम्म पुग्न मात्रै होइन, फिल्डमा पुग्न पनि गाह्रो अवस्था भएको पत्रकार नितु घलेको जिकिर थियो। यो सत्रको सहजीकरण रमेश भुसालले गरेका थिए । 

खोज पत्रकारितामा अर्थ अभाव

कार्यक्रमको अर्को सत्र ‘खोज पत्रकारिताका खोजी’ शीर्षकको छलफलमा सहभागी पत्रकारहरूले अर्थ अभावमा नै नेपालमा खोजी पत्रकारिताको विस्तार हुन नसकेको धारणा राखे । 

खोज पत्रकारिकता केन्द्रका सम्पादक किरण नेपालले खोज पत्रकारिताका लागि रिपोर्टरमा हुटहुटी, धैर्यता आवश्यक भए पनि सबैभन्दा महत्त्वपूर्ण आर्थिक स्रोत भएको प्रष्ट्याए । 

नक्कली भुटानी शरणार्थी विषयमा पर्दाफास गर्ने पत्रकार देवेन्द्र भट्टराई अहिले चर्चामा छन् । उनले पनि खोजी रिपोर्टिङका लागि आर्थिक स्रोतको अभाव रहेको औंल्याए । 

पत्रकार दीपा दाहालले भनिन्, ‘समाचार कक्षले खोज्दैन भने रिपोर्टरको सिप काम लाग्दैन । खोजी रिपोर्टिङका लागि मिडियाको नीति पनि आवश्यक छ ।’

पत्रकार दाहालले खोजी पत्रकारिता आफैमा चुनौतीपूर्ण भएको, त्यसमा महिलालाई झनै चुनौती भएको बताइन् । मिडिया र परिवारले तिनलाई सहयोग गर्नुपर्नेमा उनको जोड थियो । यो सत्रको सहजीकरण रविराज बरालले गरेका थिए । 

मिडिया आत्मसमीक्षा

‘मिडिया आत्मसमीक्षा’ विषयक अर्को सेसनमा नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठले मूलधारका सञ्चारमाध्यमले तथ्यमा गल्ती गरेर सच्याउन गाह्रो मान्ने गरेकाले विश्वसनीयतामा कमी आउन थालेको धारणा राखे । 

श्रेष्ठका अनुसार नेपालका तीन वटा तथ्यजाँच संस्थाले गरेको ३०९ वटा तथ्यजाँचमा २० प्रतिशतभन्दा बढी गल्ती मूलधारका मिडियाले गरेको पाइयो । त्यसैले,सञ्चारमाध्यमको आत्मसमीक्षा जरुरी रहेको उनले बताए ।

मिडियाको जनशक्तिमा अध्ययन र क्षमतामा कमी आएकाले मिडियाको समीक्षा आवश्यक रहेको हिमालका प्रकाशक कनकमणि दीक्षितको धारणा थियो। 

अर्का वक्ता घटना र विचारकी सम्पादक बबिता बस्नेतले सैद्धान्तिक पढाइले मात्रै दक्ष पत्रकार उत्पादन नहुने जिकिर गरिन् । पत्रकारितामा गलत नियत भएका मानिसको प्रवेश भएकाले पनि विश्वसनीयतामा सङ्कट आएको उनको भनाई थियो । 

शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले पत्रकारिता क्षेत्रमा आएको विश्वासको सङ्कट हटाउन जनशक्तिलाई तालीमको खाँचो रहेको औंल्याए । यो सत्रको सहजीकरण कनकमणि दीक्षितले गरेका थिए ।

बुधवार पहिलो दिन मेलाको कि नोट स्पकिर भारतको अनलाइन समाचार पोर्टल द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजन थिए । 

प्रकाशित:

१२२३ दिन अगाडि

|

२२ वैशाख २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९