थारू समुदायको मौलिक लोकबाजा मादल बजाउने र थारु नाच सिकाउने १० दिने प्रशिक्षण कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख २३ गते शनिबारबाट सुरु भएको छ ।
लखागिन थारू उत्थान मञ्च सुर्खेतको आयोजना र शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग तथा राष्ट्रिय थारू कलाकार मञ्च सुर्खेतको सहकार्यमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो ।
प्रशिक्षण कार्यक्रममा मादल सिक्ने युवाहरुमा २० जना र नाच सिक्ने युवतीमा २५ जना प्रशिक्षार्थी छन् ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका प्रदेश सांसद तथा नेपाली काँग्रेसका नेतृ जानकी सिंहले कार्यक्रमको उद्घाटन गर्दै सुर्खेत उपत्यकाको मूल आदिवासी थारू समुदायको कला संस्कृतिमा निकै धनी भएपनि समयक्रमसँगै नयाँपुस्तामा हस्तान्तरण हुन नसक्दा आफूलाई चिन्ता लागेको बताइन् ।
आफूपनि कैलालीका थारू समुदायमा हुर्के, बढेकोले सानैदेखि थारू दिदीबहिनीहरुसँग सँगै सखिया नाच नाचेकोले यो नाच लगायत मादल बजाउने तालिम आयोजना गरिएकोमा सांसद सिंहले आयोजकको सराहना गरिन् ।
उनले सुर्खेतको ३८ वटै गाउँमा थारूहरुको मूल थान (ठन्वा) बनाउने, थारू संग्रहालयलको लागि आगामी आउने बजेटमा २० लाख छुट्याउन पहल गरिने बताइन् ।
सो अवसरमा आयोजक लखागिन थारू उत्थान मञ्च अध्यक्ष मान बहादुर चौधरी पन्नाले भने, ‘थारू लोकबाजा बजाउने, नाच्ने कला सिप हराउँदै जान थालेको छ । त्यसैले, प्ुस्तान्तरणको लागि नयाँ युवा पुस्तालाई प्रशिक्षण गर्नु आवश्यक भएको हो ।

प्रशिक्षण कार्यक्रममा सखिया नाचका विभिन्न पैयाका ताल तथा छोक्रा, मघौटा, दङ्गहा मादल तथा नाच सिकाइने छ ।
मञ्चका संरक्षक कृष्णबहादुर थारूले यो प्रशिक्षण कार्य निकै सान्दर्भिक रहेको र यस्तो रचनात्मक कार्यले थारु संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
त्यसैगरी, वीरेन्द्रनगर नगरपालिकाका ९ नं का वडाध्यक्ष ऋषि गिरीले थारू समुदायमा पुराना लोक परम्परा, लवाइ खुवाइ, रहनसहन चालचलन निकै महत्वपूर्ण भएको कारण कला संस्कृतिसँग जोडिएका मादल र नाच प्रशिक्षणले नया ँपुस्तामा पुस्तान्तरण हुने कुराले आफू निकै खुशी भएको बताए ।
शिक्षा विकास निर्देशनालयकी अधिकृत विना थापाले थारूहरु नेपालकै पुराना बासिन्दा भएकाले आगामी दिनमा पनि थारू समुदायलाई सहयोग रहने प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा समाजसेवी मानबिर थारू, वीरेन्द्रनगर नगरपालिकाका वडा नं २ वडाध्यक्ष गजबहादुर बुढा, थारू कल्याण कारिणी सभाका केन्द्रीय सदस्य कृष्णबहादुर थारू, वीनपा वडा नं २ का वडासदस्य रमेश चौधरी, सरिता चौधरी, वडा नं १० का लक्ष्मी चौधरी लगायत थाकसका केन्द्रीय सदस्य मानबहादुर चौधरी, थाकस जिल्ला सभापति बेचुलाल चौधरी लगायतका वक्ताहरुले थारू नृत्य र मादल प्रशिक्षणको सफलताको कामना गरे । साथै, थारूहरुको मौलिक पहिचान बचाउन सबैले साथ दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको सहजीकरण राष्ट्रिय थारू कलाकार मञ्च सुर्खेतका महासचिव राजु चौधरीे तथा स्वागत मञ्चका उपाध्यक्ष लोकबहादुर चौधरीले गरेका थिए ।
प्रकाशित:
१२२० दिन अगाडि
|
२३ वैशाख २०८०
८ दिन अगाडि
|
१५ भदौ २०८३
१० दिन अगाडि
|
१३ भदौ २०८३
१० दिन अगाडि
|
१३ भदौ २०८३
१६ दिन अगाडि
|
७ भदौ २०८३
२५ दिन अगाडि
|
२९ साउन २०८३
३६ दिन अगाडि
|
१८ साउन २०८३
३७ दिन अगाडि
|
१६ साउन २०८३
१४२८ दिन अगाडि
|
२५ असोज २०७९
१४६२ दिन अगाडि
|
२१ भदौ २०७९
१४७२ दिन अगाडि
|
१२ भदौ २०७९
१४२७ दिन अगाडि
|
२६ असोज २०७९
१३७६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३२ दिन अगाडि
|
२० असोज २०७९
१३६५ दिन अगाडि
|
२७ मंसिर २०७९