नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाइएको छ ।
बुधबार संसदीय दलको कार्यालयमा बसेको बहुमत सदस्यहरूको बैठकले चौधरीलाई संसदीय दलको नेताबाट हटाउँदै घनश्याम चौधरीलाई जिम्मेवारी दिएको हो ।
उक्त बैठकमा रामेश्वर चौधरी भने उपस्थित थिएनन् । सात जना प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्तिमा चार जनाको हस्ताक्षरसहित संसदीय दलको नेता परिवर्तन गरेको सूचना प्रदेशसभा सचिवालयमा बुझाइएको छ ।
त्यस्तै प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिइएको छ । यसअघि लक्ष्मणकिशोर चौधरी प्रमुख सचेतक थिए । सचेतकको जिम्मेवारी भने कैलाश चौधरीले पाएका छन् ।
संसदीय दलको नेतासहित अन्य जिम्मेवारी परिवर्तन गर्न बसेको बैठकमा लक्ष्मण किशोर चौधरी, धनश्याम चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी उपस्थित थिए । इन्दिरा गिरीले बैठकमा उपस्थित भएर पनि निर्णयमा हस्ताक्षर गरिनन् । प्रदेश सांसदहरु रामेश्वर चौधरी र टीका थापा भने बैठकमा उपस्थित थिएनन् ।
सुदूरपश्चिम नाउपामा जिम्मेवारी हेरफेरले भूँइचालो गएको छ । पार्टीले संगठन मजबुत बनाउन मिसन ८४ अभियान लागू गरेको छ । तर सुदूरपश्चिम प्रदेश सरकारमा नाउपा नेतृत्व अनिर्णयको बन्दी बन्दा आम कार्यकर्तामा निराशा छाउन थालेको छ । कुनै समय मुख्यमन्त्रीको दावी गर्दा पाउने अवस्थामा रहेको नाउपा सुपमा अहिले जडाउरी लुगा दिएझैं कामचलाउ मन्त्रालयमा जाने अवस्था आएको छ ।
प्रकाशित:
१२१७ दिन अगाडि
|
२८ वैशाख २०८०
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३८ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६३ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९