Above News Title

मलेरियाको सबैभन्दा जोखिममा सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा विशेषगरी भारतबाट फर्किनेको संख्या धेरै हुँदा त्यहाँ औलोका बिरामी बढी रहेको विज्ञहरूको भनाइ
मलेरियाको सबैभन्दा जोखिममा सुदूरपश्चिम

नेपालमा पछिल्लो समय मलेरिया अर्थात् औलोको आयातित केसहरु बढी देखिएको देखिएको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडिसिडी) का अनुसार सबैभन्दा धेरै आयातित केसहरुको स्रोत भारत हो । विशेष गरी यसको असर सुदूरपश्चिम प्रदेशमा बढी परेको देखिएको छ ।

महाराष्ट्र, गुजरात, उत्तर प्रदेश, दिल्ली , बिहार, राजस्थान, पञ्जाब आदि राष्ट्रबाट औलोको केस आएका देखिन्छन् । ८७ प्रतिशत भारतबाट र बाँकी १३ प्रतिशत अफ्रिकन मुलुकबाट केसहरु भित्रिएका देखिन्छन् ।

सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा विशेषगरी भारतबाट फर्किनेको संख्या धेरै हुँदा त्यहाँ औलोका बिरामी बढी रहेको विज्ञहरूको भनाइ छ । यससँगै यस प्रदेशका अधिकांश युवाहरू जोखिमयुक्त तथा शारीरिक श्रमका लागि भारतका विभिन्न प्रदेश जाने गर्दा उनीहरूलाई औलोको संक्रमण पनि बढी रहने स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

यद्यपि ६ वर्षयताको तथ्यांक हेर्ने हो भने केसहरु घट्दै गइरहेको देखिन्छ । आर्थिक वर्ष २०७३–७४ मा ६३६ आयातित केसहरु रहेका थिए भने ४९२ स्थानीय केसहरु थिए । त्यसैगरी २०७४–७५ मा स्थानीय केसहरु ५५७ थिए भने ६३० वटा आयातित केसहरु रहेको इडिसिडीको तथ्यांकमा छ ।

आर्थिक वर्ष २०७७–७८ मा ६६ वटा स्थानीय केसहरु रहेकोमा आयातित केसहरु ३११ थिए । त्यसैगरी आव २०७८–७९ मा ३८ वटा स्थानीय केसहरु रहेकोमा ४५३ वटा आयातित केस गरी ४९१ वटा केसहरु पाइएका छन् । यस आर्थिक वर्ष २०७९–८० को वैशाख ५ सम्म ५ सय ३७३ बिरामी देखिएका छन् । जसमा २४ स्थानीय तथा ३४९ आयातितको निदान तथा उपचार भएको छ ।

ईडिसिडीका अनुसार सन् २०२२ को औलोको सुक्ष्म स्तरीकरणको आधारमा उच्च जोखिम क्षेत्र( ८ जिल्लाका ९ पालिका अन्तर्गतको १४ वटा वडाहरु रहेका छन् । त्यसैगरी मध्यम जोखिम क्षेत्र (१० जिल्लाका २४ पालिका अन्तर्गतका ३९ वटा वडाहरु ) रहेका छन् भने कम जोखिम क्षेत्र (६७ जिल्लाका ४१४ पालिका अन्तर्गतका २ हजार ३१८ वटा वडाहरुमा बसोबास गर्ने एक करोड १ लाख ४० हजार ४५० जनसंख्या यसको जोखिममा रहेका छन् । औलोबाट विशेषगरी गर्भवती महिला तथा ५ वर्षमुनिका बालबालिकाहरु बढी जोखिममा रहने विज्ञहरुको भनाइ छ ।

सबैभन्दा धेरै जोखिम सुदूरपश्चिम प्रदेश रहेको छ । सुदूरपश्चिम प्रदेशमा १०३, कर्णाली प्रदेहशमा ३०, लुम्बिनी प्रदेशमा १३९, वाग्मती प्रदेशमा २७, मधेश प्रदेशमा ४३ र कोशी प्रदेशमा १२ वटा केसहरु यो वर्ष देखिएको छ ।

ईडिसिडीका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्ण दाहाल समुदायमा जोखिमयुक्त क्षेत्रमा निरन्तर निगरानी तथा स्क्रीनिङ गरिरहेको बताउँछन् । उनका अनुसार औलो पोजिटिभ पुष्टी भएमा २४ घण्टाभित्र औषधि पाउने व्यवस्था गरिएको छ भने स्वास्थ्य शाखामा अनिवार्य औषधिहरु हुनुपर्ने भनिएको छ ।

हरेक वर्ष २५ अप्रिलमा विश्व औलो दिवस मनाइन्छ । यो वर्षको नारा ‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यन्वयनमा लगानी’ रहेको छ । नेपालमा सन् १९५४ मा कीटजन्य रोग नियन्त्रण कार्यक्रम मार्फत औलो नियन्त्रण कार्यक्रम सुरुवात भएको थियो ।

नेपाल औलो रणनीतिक योजना (२०१४–२०२५) अनुसार नेपाललाई सन् २०२५ सम्म औलोमुक्त राष्ट्र बनाउने परिकल्पना गरिएको छ । जस अनुसार सन् २०२३, २०२४ र २०२५ मा स्थानीय औलो बिरामीको संख्या शून्य कायम गरी त्यसलाई निरन्तरता दिनु रहेको छ । सन् २०१६ मा ३ जनाको मृत्यु भएको र सन् २०२१ मा १ जनाको मृत्यु भएको रेकर्ड छ ।

किटजन्य रोग शाखाका प्रमुख डा. दाहाल सन् २०२५ सम्ममा स्थानीय औलोको संख्यालाई शून्यमा पुर्‍याउने लक्ष्य रहेको भन्दै उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा औलोका बिरामी देखिनु तथा आवश्यक प्रतिकारात्मक क्रियाकलाप जस्तै खोजपड्ताल तथा विषादी छर्न कठिनाइ भइरहेको, स्वास्थ्यकर्मीमा औलो प्राथमिकतामा नपर्नु आदिले निवारणमा चुनौती थपेको बताउँछन् ।

उनी भन्छन्,‘ औलो निवारणका लागि औलोको गुणस्तरीय सेवामा समुदायको पहुँच अभिवृद्धि, औलोको रोकथाम तथा महामारीमा तत्काल प्रतिकारात्मक कार्य गर्ने, शून्यमा मृत्युलाई कायम राख्ने नै हाम्रो उद्देश्य हो ।'

के हो औलो ?

औलो रोग संक्रमित ‘एनोफेलिज’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । यसका ४ प्रकार छन् । नेपालमा मुख्यत: औलोका दुई किसिमका परजीविहरु ‘प्लाज्मोडियम फाल्सिपारम’ र 'प्लाज्मोडियम भाइभेक्स’ पाइने गरेका छन् । गत वर्षदेखि शान्ति सेनाबाट फर्किएका सुरक्षाकर्मीहरुमा अर्को प्रकारको ‘प्लाज्मोडियम ओभली’ समेत भेटिएको छ । यीमध्ये ‘प्लाज्मोडियम फाल्सिपारम’ले गराउने औलो रोग बढी जटिल र जोखिमयुक्त हुन्छ ।

ज्वरो आउनु, मांशसपेशीहरु दुख्नु, जाडो लागेर कम्पन हुनु, वाकवाकी लाग्नु, थकान महसुस हुनु आदि यसका लक्षणहरु हुन् । घरवरिपरि लामखुट्टे बस्ने बासस्थान खोजी खोजी नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा झुलको प्रयोग गर्ने, शंकास्पद लक्षण देखिए चिकित्सकलाई सम्पर्क गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

प्रकाशित:

१२११ दिन अगाडि

|

२९ वैशाख २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९