सुदूरपश्चिममा सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीलाई बाइपास गरेर मन्त्री मण्डल विस्तार गरिएको छ ।
मुख्यमन्त्री कमल बहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले शनिबार नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराए।
मुख्यमन्त्री शाहले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेकपा माओवादी केन्द्रबाट झपट साउदलाई सामाजिक विकास मन्त्रालय र रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादीकै गीतादेवी माललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारीसहित शपथ ग्रहण गराइएको छ ।
२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसकै प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास र नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए।
यता सत्तारुढ दल नाउपा सरकार बाहिरै रहेको छ । २ मन्त्रालय पाउनुपर्ने अडानमा रहेको नाउपालाई १ मन्त्रालय मात्रै दिने भएपछि बाहिर रहेको हो ।
नाउपाको नेता तथा सांसद लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्री शाहले आफूहरूलाई बाइपास गरेर मन्त्री मण्डल विस्तार गरेको दुखेसो पोखे । उनले भने, ‘हामीलाई जुनसकै सरकारमा बाइपास गरियो । अधिकारबाट वञ्चित परेको समुदायको प्रतिनिधि हामीले गर्दै आएका छौँ । अझै हामीलाई अधिकारबाट वञ्चित गरिँदैछ । शीर्ष नेताबीचको सहमति अनुसार हामीले २ मन्त्रालयको अडानमा रहेका हौँ ।’
योसँगै यहाँको मन्त्रीमण्डलले अझै पूर्णता पाउन सकेको छैन । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अझै मुख्यमन्त्री शाहले आफू मातहत राखेका छन् ।
सरकार बनाउन हाल काँग्रेस र माओवादीकै स्पष्ट बहुमत पुगेकाले नाउपालाई बाइपास गरिएको छ । जबकि कुनैबेला काँग्रेसले नाउपालाई मुख्यमन्त्रीकै अफर गरेको थियो । नाउपालाई एउटै मन्त्रालयमा चित्त बुझाऊ, नभए यही पनि पाउँदैनौं भनेर मुख्यमन्त्री शाहले एउटा मन्त्रालय आफूसँग राखेको देखिन्छ ।
प्रकाशित:
१२०६ दिन अगाडि
|
७ जेठ २०८०
८ दिन अगाडि
|
१५ भदौ २०८३
१० दिन अगाडि
|
१३ भदौ २०८३
१० दिन अगाडि
|
१३ भदौ २०८३
१६ दिन अगाडि
|
७ भदौ २०८३
२५ दिन अगाडि
|
२९ साउन २०८३
३६ दिन अगाडि
|
१८ साउन २०८३
३७ दिन अगाडि
|
१६ साउन २०८३
१४२८ दिन अगाडि
|
२५ असोज २०७९
१४६२ दिन अगाडि
|
२१ भदौ २०७९
१४७२ दिन अगाडि
|
१२ भदौ २०७९
१४२७ दिन अगाडि
|
२६ असोज २०७९
१३७६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३२ दिन अगाडि
|
२० असोज २०७९
१३६५ दिन अगाडि
|
२७ मंसिर २०७९