राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।‘
त्यस्तै, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ को बैठकको सिफारिसमा जेठ १५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बूसमेतका ४७५ जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ जना गरी कुल जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफ गरेका छन् ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी दिएको हो ।
प्रकाशित:
११९९ दिन अगाडि
|
१४ जेठ २०८०
८ दिन अगाडि
|
१५ भदौ २०८३
१० दिन अगाडि
|
१३ भदौ २०८३
१० दिन अगाडि
|
१३ भदौ २०८३
१६ दिन अगाडि
|
७ भदौ २०८३
२५ दिन अगाडि
|
२९ साउन २०८३
३६ दिन अगाडि
|
१८ साउन २०८३
३७ दिन अगाडि
|
१६ साउन २०८३
१४२८ दिन अगाडि
|
२५ असोज २०७९
१४६२ दिन अगाडि
|
२१ भदौ २०७९
१४७२ दिन अगाडि
|
१२ भदौ २०७९
१४२७ दिन अगाडि
|
२६ असोज २०७९
१३७६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३२ दिन अगाडि
|
२० असोज २०७९
१३६५ दिन अगाडि
|
२७ मंसिर २०७९