Above News Title

पाठेघर क्यान्सरविरुद्धको २० हजार भाइल खोप असारमा आउने

९ देखि १४ वर्ष उमेरका किशोरीहरुलाई दिइने 
पाठेघर क्यान्सरविरुद्धको २० हजार भाइल खोप असारमा आउने

सरकारले पाठेघर क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ कार्यक्रम विस्तार गर्ने योजना ल्याएको छ ।

स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरासियाले असार मसान्तसम्म २० हजार भाइल एचपीभी खोप नेपाल भित्रिने बताए ।

भन्छन्–‘यो चीनबाट खरिद गरेर ल्याइँदैछ । भविष्यमा यसलाई निःशुल्क पनि ल्याउन सकिन्छ । अहिलेको अवस्थामा भने खरिद गरिएको छ ।’

आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा ९ देखि १४ वर्षका किशोरीहरूका लागि लक्षित गरी यो कार्यक्रमलाई विस्तार गरिने भनिएको छ । हुन त, यो कार्यक्रम सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा नै घोषणा गरेको थियो तर हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

खोप शाखा प्रमुख डा अभियान गौतमले खोप असारसम्म आइसक्ने पुष्टि गर्दै भन्छन्–‘खोप गाइडलाइनका लागि काम गरिरहेका छौं । कुन ठाउँ र कसरी सुरु गर्ने भन्ने निर्णय मन्त्रालयको हुन्छ र कार्यक्रमको गाइडलाइन हामीले बनाउने हो । मन्त्रालयको स्वीकृति आउन बाँकी छ ।’ उनले अहिले थोरै संख्यामा मात्र खोप आउने भएकाले तत्काल राष्ट्रिय खोप तालिकामा समावेश गर्नेबारे सोचिनसकेको बताए ।

सरकारले सन् २०१६/२०१७ मा चितवन र कास्कीमा ११ देखि १३ वर्षसम्मका किशोरीमा एचपीभी खोप परीक्षण गरेको थियो । २०१९ मा स्वास्थ्य मन्त्रालयले यो खोप ल्याउन खोप शाखालाई २ करोड ७५ लाख र भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । प्राइभेटले फाट्टफुट्ट यो खोप दिइराखेका छन् । पूर्वस्वास्थ्य अधिकारीकाअनुसार यो खोप २०२२ मै दिने कुरा भए पनि दिन सकिएको छैन । भन्छन्–‘यो खोप महँगो पनि भयो त्यसमाथि खोप कम्पनीहरुले पनि समयमा उपलब्ध गराउन सकेनन् । त्यसैले पनि दिन नसकिएको हो । देशभर नै विस्तार गर्दै यो खोप राष्ट्रिय खोप तालिकामा पनि समावेश गर्नुपर्छ।’

एचपीभी खोप किन आवश्यक ?

विश्व स्वास्थ्य संगठनकाअनुसार ९५ प्रतिशतभन्दा बढी पाठेघरको क्यान्सर एचपीभी भाइरसले हुने गरेको छ । एचपीभीविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई उल्लेखनीय रूपमा कम गर्छ । अध्ययनले यो खोप सुरक्षित र प्रभावकारी रहेको देखाएका छन् ।

यो भाइरसले पाठेघरको क्यान्सर गराउनुका साथै यौनांग, टाउको, घाँटीमा पनि संक्रमण गराउन सक्छ । एचपीभीबाट क्यान्सर भएकाहरूमा कुनै पनि लक्षण नदेखिने पनि सक्ने हुनाले खोप र नियमित स्क्रिनिङ गराउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

क्यान्सर रोग विशेषज्ञ डा रीता महासेठ सरकारले यो कार्यक्रम कार्यान्वयनमा ल्याउन सके धेरै किशोरी तथा महिलाहरु रोगको जोखिमबाट बच्न सक्ने बताउँछिन् । उनकाअनुसार पाठेघरको क्यान्सर धेरै कारणले हुने भए पनि हृयुमन प्यापिलोमा (एचपीभी) भाइरस प्रमुख कारण हो । भन्छिन्–‘हृयुमन प्यापिलोमा भाइरसको धेरै स्ट्रेन (प्रकार) हुन्छ । १६ र १८ ले पाठेघरको मुखको क्यान्सर गराउन सक्छन् । पाठेघर क्यान्सरविरुद्ध यो खोपले एकदमै ठूलो भूमिका खेल्छ । विदेशमा यो क्यान्सर कम हुनु खोपकै कारणले हो ।’

उनले यो खोप यौनसम्पर्कमा आउनुभन्दा पहिले नै किशोरीहरुलाई दिइएको खण्डमा भाइरसविरुद्ध एन्टिबडी बन्ने र यसले रोगबाट बचाउने बताउँछिन् । डा महासेठकाअनुसार पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ क्यान्सरको अन्तिम स्टेजसम्म पुग्न रोक्न मद्दत गर्छ । ‘दुर्गममा स्क्रीनिङमा आउने धेरै महिलाहरु अन्तिम स्टेजमा पुगिसकेका हुन्छन् । परीक्षण गराउनुपर्छ भन्ने जनचेतना दिन आवश्यक छ,’ उनले भनिन् ।

नेपालमा महिलामा हुने प्रमुख क्यान्सरमा पाठेघर क्यान्सर पर्छ भने विश्वमै चौथो प्रमुख क्यान्सरको रुपमा । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० मा ६ लाख ४ हजार वटा नयाँ केस पुष्टि भएका थिए । जसमध्ये ३ लाख ४२ हजार जनाले ज्यान गुमाएका छन् । एचपीभी इन्फर्मेसन सेन्टरका अनुसार नेपालमा सन् २०२१ मा २ हजार २४४ महिलामा पाठेघरको क्यान्सर पुष्टि भएकोमा १ हजार ४९३ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले यौनसम्पर्क भइनसकेका ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि एचपीभीको खोप सिफारिस गरेको छ । यो उमेर समूहमा खोप नलगाएकाले २६ वर्षको उमेरसम्म लगाउन सक्छन् । १५ वर्षमुनिका बालबालिकालाई पहिलो डोज लगाएपछि ६ महिनामा दोस्रो डोज लगाउनुपर्ने भनिएको छ । यसैगरी १५ वर्षमाथिकालाई ३ डोज भनिएको छ । जुन पहिलो डोज लगाएको २ महिनामा दोस्रो डोज र अर्को ६ महिनामा तेस्रो डोज लगाउनुपर्ने भनिएको छ । यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ । यसका लागि नियमित स्क्रिनिङ आवश्यक छ ।

विश्व स्वास्थ्य संगठनसँग सम्बन्धित १२५ राष्ट्रले एचपीभी खोप हालसम्म भित्र्याइसकेका छन् । स्त्री रोग विशेषज्ञ डा जागेश्वर गौतम यो खोप निकै उपयोगी भएको भन्दै सरकारले यसमा लगानी गर्दा खेर नजाने बताउँछन् । भन्छन्–‘पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि यसले सहयोग गर्छ । यसले झण्डै ९५ प्रतिशतभन्दा बढी पाठेघर क्यान्सरलाई रोकथाम गर्न सक्छ । यो पहिलादेखि नै उठ्दै आएको कुरा हो यसको कार्यन्वयन हुनुपर्छ । क्यान्सर लाग्न नदिनु छँदैछ खोपमा लगानी गर्दा खर्च पनि कम हुन्छ ।’ कान्तिपुरबाट

प्रकाशित:

११९२ दिन अगाडि

|

१८ जेठ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९