नेपालको कुल जनसंख्याको झण्डै ४५ प्रतिशतको मातृभाषा नेपाली भएको पाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक मातृ भाषासम्बन्धी तथ्यांकअनुसार ४४.८६ प्रतिशतको मातृभाषा नेपाली छ ।
जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै १ करोड ३० लाख ८४ हजार ४५७ जनाको मातृभाषा नेपाली हो ।
नेपालीपछि मैथिली मातृभाषा हुनेको संख्या धेरै छ । ३२ लाख २२ हजार ३८९ जना अर्थात ११.०५ प्रतिशतको मातृभाषा मैथिली छ ।
भोजपुरी ६.२४ प्रतिशत, थारु ५.८८, तामाङ, ४.८८, बजिका ३.८९, अवधि २.९६, नेवारी २.९६ र २.७८ प्रतिशतको मातृभाषा मगर धुत रहेको छ । राना थारु अलग भएपछि यसपाली थारुको प्रतिशत घटेको छ ।
जनगणनाअनुसार नेपालमा १२७ भाषाभाषी छन् ।
सबभन्दा कम कुसुण्डा भाषाका छन् । यो भाषा मातृभाषा हुनेको संख्या २३ जना मात्र छ । यस्तै बन्करिया मातृभाषा भएकाहरुको संख्या पािज ८६ मात्र रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
प्रकाशित:
११९३ दिन अगाडि
|
२० जेठ २०८०
८ दिन अगाडि
|
१५ भदौ २०८३
१० दिन अगाडि
|
१३ भदौ २०८३
१० दिन अगाडि
|
१३ भदौ २०८३
१६ दिन अगाडि
|
७ भदौ २०८३
२५ दिन अगाडि
|
२९ साउन २०८३
३६ दिन अगाडि
|
१८ साउन २०८३
३७ दिन अगाडि
|
१६ साउन २०८३
१४२८ दिन अगाडि
|
२५ असोज २०७९
१४६२ दिन अगाडि
|
२१ भदौ २०७९
१४७२ दिन अगाडि
|
१२ भदौ २०७९
१४२७ दिन अगाडि
|
२६ असोज २०७९
१३७६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३२ दिन अगाडि
|
२० असोज २०७९
१३६५ दिन अगाडि
|
२७ मंसिर २०७९