Above News Title

हामी त्यो देशको नागरिक हौं...

हामी त्यो देशको नागरिक हौं जहाँ सिताराम चौधरीको नाममा सन्तराम चौधरी बरसौ थुनिन्छ ।
हामी त्यो देशको नागरिक हौं...

सिताराम थारु

हामी त्यो देशको नागरिक हौं 
जहाँ राजा मारेर राजा खोजिन्छ 
तर हत्यारा खोजिदैन ।

हामी त्यो देशको नागरिक हौं ।
जहाँ मदन भण्डारी जस्ता दुरदृष्टि नेता अकालमा मारिन्छन्
तर हत्यारा पत्ता लाग्दैनन ।

हामी त्यो देशको नागरिक हौ 
जहाँ मान्छे बेचेर, बिकास र समृद्धिका कुरा गरिन्छ ।

हामी त्यो देशको नागरिक हौ 
जहाँ सहिद बेचेर राजनीतिको ब्यापार  गरिन्छ । 

हामी त्यो देशको नागरिक हौं 
जहाँ सिताराम चौधरीको नाममा 
सन्तराम चौधरी बरसौ  थुनिन्छ ।  

हामी त्यो देशको नागरिक हौ 
जहाँ एउटा मानसिक अशक्त नाबालकलाई 
बन्दुक तेर्साएर सरकारी बकपत्र गराइन्छ । 

हामी त्यो देशको नागरिक हौ ।
जहाँ एस अल आरबाट मृत्यु भएको 
बालकको जिम्मा थारुलाई लगाइन्छ  ।

हामी त्यो देशको नागरिक हौं ।
जहाँ कर्फु लाएर पुलिस प्रसाशनको सहयोगमा 
छानी छानी थारुहरुको घरमा आगो लगाइन्छ ।

हामी त्यो देशको नागरिक हौ । 
जहाँ थारु हौ भनेर आफ्नो पहिचानको लागि 
आफैले तिरेको करबाट  पुलिसको तातो गोली खाइन्छ । 

हामी त्यो देशको नागरिक हौ । 
जहाँ बिना गल्ती आममाफीको जबर्जस्त 
बिन्तिपत्र चढाउन लगाइन्छ । 

हामी त्यो देशको नागरिक हौं । 
जहाँ देश हाँक्ने ठेकेदारहरुले 
एउटा निर्दोष होनाहार नेता रेशम चौधरीको 
राजनीतिक भबिष्य समाप्त पारेर 
आममाफीको ढोंग रच्दै स्वाभिमान बेच्न लगाइन्छ ।

कवि थरुहट थारुवान राष्ट्रिय युवाशक्तिका अध्यक्ष हुन्
 
प्रकाशित:

११८९ दिन अगाडि

|

२० जेठ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९