Above News Title

रेशमलाई स्वागत गरेको भिडियो खिच्ने पत्रकारलाई डीएसपीले कार्यकक्षमै बोलाएर धम्काए (भिडिओ)

डिएसपी भाटले भनेका छन्, ‘जसरी त्याे पुलिसहरूलाई मारेकाे छ नि त्यसरी नै मैले तिमीलाई मारेर फालेँ भने पनि मेराे रिस मर्दैन, ममाथि न्याय पनि हुँदैन।
रेशमलाई स्वागत गरेको भिडियो खिच्ने पत्रकारलाई डीएसपीले कार्यकक्षमै बोलाएर धम्काए (भिडिओ)

नागरिक उन्मुक्ति पार्टीका संरक्षकरेशम चौधरीलाई माला लगाएर स्वागत गरेको भिडिओ खिच्ने पत्रकारलाई कार्यालयमा बोलाएर डीएसपी उद्धवसिंह भाटले धम्की दिएका छन् ।

जेठ १५ मा राष्ट्रपतिबाट आममाफी पाएर छुटेपछि गृह जिल्ला कैलाली पुगेका चौधरीलाई दौडिँदै गएर डीएसपी भाटले स्वागत गरेको भिडिओ भाइरल भएको थियो । 

टीकापुरमा २०७२  मा एसएसपीसहित ७ प्रहरी र केही सर्वसाधारण मारिएको घटनामा दोषी ठहर भई सजाय माफी पाएका चौधरीको डीएसपी भाटले स्वागत गरेको भिडिओ सार्वजनिक भएपछि आलोचना भएको थियो ।

त्यसपछि डीएसपी भाटलाई कारबाही गरी नेपाल प्रहरी विशेष सुरक्षागण सुनवल सरुवा गरिएको थियो । आफ्नो सरुवा हुनअघि नै उक्त भिडिओ खिच्ने पत्रकार जीवन चौधरीलाई टीकापुर इलाका प्रहरी कार्यालयमा बोलाएर डीएसपी भाटले हप्किदप्की गरेको भिडिओ प्राप्त भएको छ ।

रेशम चौधरीलाई हिरो बनाउने चक्करमा आफ्नाे बेइजत हुने गरी भिडियो खिचेको भन्दै डीएसपी भाटलेकार्यालयमै बोलाएर तथानाम गालीगलौज गर्दै पत्रकार चौधरीलाई धम्की दिएको भिडिओमा देखिन्छ । ‘रेशम हिराे बनाउने चक्करमा मलाई मेराे बेइजत गर्ने तिमीहरूले ?,' डीएसपी भाटले भनेका छन्, 'तेराे लागि राम्राे सन्देश हाेला, मेराे लागि त नराम्राे भयाे नि !’ 

टीकापुर घटनामा मारिएका मध्ये चार जना आफ्नै गाउँकाे भएकाे र उनीहरूका सबै आफन्त आफूसँग रिसाएकाे पनि डिएसपी भाटकाे भनाइ छ । डिएसपी भाटले भनेका छन्, ‘जसरी त्याे पुलिसहरूलाई मारेकाे छ नि त्यसरी नै मैले तिमीलाई मारेर फालेँ भने पनि मेराे रिस मर्दैन, ममाथि न्याय पनि हुँदैन। यति मेराे बेइजत भाकाे छ तेराे कारणले।’ डीएसपीले भिडियोमा अपशब्द प्रयोग गर्दै आफूलाई बदनाम बनाउने गरी भिडिओ खिचेको आरोप लगाएकाे सुनिन्छ। रातोपाटीबाट

हेर्नुहोस् भिडियोः

https://www.facebook.com/watch/?ref=embed_video&v=231588206278599

प्रकाशित:

११८९ दिन अगाडि

|

२४ जेठ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६५ दिन अगाडि

|

२७ मंसिर २०७९