Above News Title

रोपाइँँको समय आयो, आएन मल

रोपाइँँको समय आयो, आएन मल

गिरिराज नेपाली 

किसान– हेलो, साहुजी मल आयो ? 
साहूजी – नाई, छैन । 
किसान – कहिले आउँछ ? 
साहुुजी– थाहा छैन । 

यो संवाद दाङ, घोराही उपमहानगरपालिका–७ का किसान हरिलाल चौधरी र उनको गाउँकै मल वितरण गर्ने एक कृषि सहकारी संस्थाको एक कर्मचारी बीचको हो । 

चौधरीले रोपाइँँका लागि ब्याड राख्न खेत खनजोत गरी ठिक्क पारेका छन् । तर ब्याडका लागि बीउ छरांै कि नछरौं भन्ने दोधारमा छन् उनी । समयमा मल आएन भने समयमा धान रोपाइँँ हुदैन । समयमा रोपाइँँ नहुुँदा ब्याड–बीउ खेर जान्छ कि भन्ने डर उनकोमा छ । 

रोपाइँँको सुरसारमा रहेका चौधरी मल नआउँदा निराश बनेका छन् । उनले भने–‘जेठमास सकियो, असारको आधाउधीबाट खेतीपाती चल्छ । तर, अझै मल आएको छैन ।’

उता घोराही उपमहानगरपालिका–१८ का मोतिलाल घर्तीले रोपाइँँका लागि खोला छेउको खेतमा ब्याड राखिसकेका छन् । असारको १०÷१५ बाट उनी रोपाइँ गर्ने तयारीमा छन् । तर उनले पनि अझै मल पाएका छैनन् । उनले भने–‘मलको वर्षेनी दुःख छ । हाम्रा दुःख कल्ले सुन्ने ?’ 

असार सुरु हुन लागेसँगै दाङका किसान रोपाइँका लागि खेतमा ब्याड बीउ राख्ने तयारीमा छन् । तर, अझै पनि रासायनिक मल पाउन सकेका छैनन् । 

कृषि सामग्री कम्पनी लिमिटेड दाङका प्रमुख टोपाराम गौतमले समयमा मल व्यवस्थापन गर्न नसकेको स्वीकारे । 

कृषि ज्ञान केन्द्र दाङका अनुुसार दाङमा कुल खेतीयोग्य जमिन ६९ हजार ९५० हेक्टरमध्ये हाल ६५ हजार ९८० हेक्टरमा खेती हुने गर्दछ । जसमध्ये गत आर्थिक वर्षमा बर्खेखेती धान ३७ हजार ४३० हेक्टर, मकै १७ हजार ८५० हेक्टर र बर्खे आलुु २७ सय ८८ हेक्टरमा खेती भएको थियो । 

कुल खेतीयोग्य जमिनका लागि युरिया, डिएपी र पोटास गरी वर्षेनी करिव ३३ हजार मेक्ट्रि टन रासायनिक मल आवश्यक पर्ने भए पनि ३० प्रतिशत मात्रै मल आपूर्ति हुँदै आएको छ । 

कोटा आउँछ, मल आउँदैन

कृषि ज्ञान केन्द्र दाङले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि दाङको खेतीयोग्य जमिन ६९ हजार ९५० हेक्टरका लागि युरिया १७ हजार २१० मेक्ट्रि टन, डिएपी १२ हजार ४९५ मेक्ट्रि टन र पोटास ३१ सय १६ मेट्रिक टन माग गरेको छ । 

तर हालसम्म लुुम्विनी प्रदेशस्तरीय मल वितरण समितिले ४८७ मेट्रिक टन मात्र युुरिया पाउने कोटा पठाएको छ । कोटासँगै सरकारले मल पठाउनुुपर्ने हो । तर, कोटा मात्रै पठाउँदा दाङमा अहिले रासायनिक मलकोे निकै अभाव छ । 

कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछाने भने–‘दाङका किसानले प्रत्येक वर्ष सिजनमा रासायनिक मलको अभाव व्यहोर्नुु परिरहेको छ । किसानले माग गरे अनुुसारको मल पाउन सकेका छैनन् ।’ 

रित्तो गोदाम

चालु अािर्थक वर्षमा दाङका लागि आवश्यक रासायनिक मल युरिया, डिएपी र पोटास गरी कृषि ज्ञान केन्द्र दाङले मल वितरण समितिलाई ३२ हजार ८२१ मेट्रिक टन मल माग गरेको थियो । 

जसअनुसार समितिबाट दाङमा करिव ३० प्रतिशत मात्रै रासायनिक मल आपूर्ति भएको थियो । यसमा युरिया ३३३१.४ र

डिएपी १०९४.४ तथा पोटास १६३ मेट्रिक टन आपूर्ति भएको थियो । 

माग अनुुसारको रासायनिक मल आपूर्ति हुुन नसक्दा अहिले जिल्लाका रासायनिक मलका गोदामघर रित्तै छन् । 

खरिदमै ढिलासुुस्ती

रासायनिक मलको खरिद प्रक्रिया अन्र्तराष्ट्रिय ठेक्का प्रक्रियाबाट नेपाल सरकारले खरिद गर्दै आइरहेको छ । एउटा मलको ठेक्का खरिद गर्न र ल्याई पुु¥याउन सरकारलाई झण्डै ५ महिना लाग्छ । 

कार्यालय प्रमुख गौतमले भने–‘४५ दिन ठेक्का आह्वानको समय हुन्छ । कतिपय अवस्थामा ठेक्कै लाग्दैन । सरकारको झन्झटिलो खरिद प्रक्रियाका कारण किसानले समयमा रासायनिक मल पाउन सकेनन् । सरकारले खरिद प्रक्रिया छिटोछरितो बनाउन पहल गर्नुपर्छ ।’ 
 

प्रकाशित:

११८६ दिन अगाडि

|

२७ जेठ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६५ दिन अगाडि

|

२७ मंसिर २०७९