Above News Title

मोज गर् मास्टर

मोज गर् मास्टर

किशन थापा ‘अधीर’

कसलाई सुनाउँछस् मास्टर ?
सुनाउन पाए पनि के नै हुन्छ र !
आफूलाई सुमसुम्याउँछु
अनि ऐनाअगाडि उभिन्छु
र भारी फुकाउन थाल्छु–
पहिल्यै दुविधामा पर्छु,
कतै यो फ्रस्टेसन त हैन !
जसले जेसुकै भनोस्,
हो त मेरै कुरा,
मैले यति पनि राख्न पाउँदिन र सबभन्दा इमानदार साथीसित !

शिक्षक भनेको मैनबत्ती हो जसले आफू जलेर अरूलाई ज्योति दिन्छ
भनेर साह्रै पुलकित पारिएको छस्
ज्योति दिने हिसाबले कहिल्यै लालटिन भनिन्नस्
जसलाई बल्न मट्टीतेल चाहिन्छ !

तेरो हैसियत भनेकै यति न हो–
उहिलेउहिले गुरु पनि हुन्थिस्
अब गोरुसमान छस्
एक मुठी चनामै मजाले जोतिन पाउँछस् !


स्याबासी विद्यार्थीहरूको आँखामा त पाउँछु भनेर धाक नदे नि फेरि
तिनले त तेरो औकात देखाइदिने गरेकै छन् दिनकादिन
गृहकार्यको कापी मागिरहन पाउनु पनि कम ठूलो कुरो हो
यो त भिखारी हुन पाउने सौभाग्य पो हो त बाबै
विद्यार्थी जताजता, हात फैलाउँदै त्यतैत्यता
सम्झाउनेदेखि फकाउनेसम्मको क्रममा
अभागी भिखारी भइदिँदा गालीको ‘ग’सम्म नि नझारेस् नि !
राम्रो गरे—टाउकोमा हात राखेर
‘स्याबास् छोरी !’ आशीर्वाद पनि नदिएस् नि !
आजका चाउचाउ जेनेरेसनलाई खोल खोल्नेबित्तिकै पाइने तयारी उत्तर दे
नत्र सिर्जनात्मकता खोज्न थालिस् भने
चाँडै फुलाउने सुई खाएका चल्लाहरूको चाचुचु
अनि मौका ढुकिबसेका मिडिया तक्माहरू भिराउन गर्जंदै आइपुग्लान्—
टच, सेक्सुएल ह्यारेसमेन्ट, बालहिंसा…आदिआदि भौ…भौ !
यो दृश्य नभए कालो परीक्षाफल हात पर्दा गुनासो हानिँदै आउला
एकैचोटि कल्याइमेक्स—पढाउन/सिकाउन केही जान्दैन,
घोक्रेठ्याक लगाइदिऊँ यस डेटस्पायर मास्टरलाई !
यहाँ मिडिया गायब !
किनभने ती सवारीसाधनले मान्छे हैन,
मान्छेले सवारीसाधन किचेको समाचार बनाउन उत्सुक छन् ।

त्यो एकादेशको कथा थियो
जति बेला शिष्यहरूबाट पनि गुरुले सिक्न पाउँथे
आज त असली गुरु भएको छ—इन्टरनेट !
जहाँबाट शिक्षकले नसिकाएको कुरा बढी सिक्ने चलन आयो
अनि तँ केमा फुर्ती लाउँदै छस्,
यतिका शिष्यहरूलाई शिक्षित तुल्याउन पाएँ भनेर ?
को शिक्षित ? के तिनै हुन्,
सपना जसको विदेशमा मात्र हुन्छ पूरा ?
कि तिनै हुन् जसले
तँलाई पढाउने नोकरका रूपमा मात्र व्यवहृत गर्ने प्रयास गर्छन् ?
साँच्चै तँ कसलाई शिक्षित तुल्याउन चाहन्छस् ?
आजका तिनै विद्यार्थीलाई
जसले कहिलेकाहीँ कक्षामा सुनिदिएर कृपा गरिदिन्छन् तँमाथि
कि शिक्षकलाई जोकर ठान्नमा पुरुषार्थ सम्झनेहरूलाई ?

होला कतै शिक्षक भनेको
वैज्ञानिक, डाक्टर, इन्जिनियर जन्माउने भनेर
आदरले हेरिने व्यक्तित्व
तर तँ त यहाँ छस् यहाँ
जहाँ आकाशको फलबारे घाँटी फुलाएर सिकाउँदो होस् नि कक्षामा ।

हजारौँ दक्ष व्यक्ति उत्पादन गर्ने
शिक्षकमा यो निराशा …
देशका कुनचाहिँ ठेकेदारलाई छ मतलब हँ !
जे होस्, विदेशका लागि
सित्तै श्रमिक उत्पादन गर्ने महान् कार्यमा त सहभागी छस्
यस्तोमा माटाको प्रेम चढाउने गरिस् भने
अरू त अरू,
विद्यार्थीहरूसमेत उल्टी गर्न थाल्लान् है वाकवाक गर्दै ।

अरूतिर अयोग्य भएर त आएको होस् नि तँ यता
तँजस्ताको त जीवनै के हो र
पटकपटक लात्ती खाएर हुत्तिने फुटबल हुन पाएकै छस्
गोल गर्न तेरै सामु आउँछन् संसार
यो भन्दा के चाहियो र अरू उपलब्धि !
मोज गर् मास्टर मोज गर्
कतिले तरबार छुनसम्म पाएका हुन्नन्
तैँले त तरबारको धारमा हिँड्न पाउँदै छस्
लौ, मोज गर् मास्टर मोज गर् ।

प्रकाशित:

११६८ दिन अगाडि

|

९ असार २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९