Above News Title

सम्भव समुहकाे पहिलो "पदयात्रामा कविता" कार्यक्रम सम्पन्न

सम्भव समुहकाे पहिलो "पदयात्रामा कविता" कार्यक्रम सम्पन्न

सम्भव समुहद्वारा पहिलोे पटक आयाेजित "पदयात्रामा कविता"सम्पन्न भएको छ ।

चन्द्रागिरि चेकपोस्टबाट पदयात्रा सुरु गर्दै चन्द्रागिरि हिलमा पुगेर कविता वाचन तथा टिप्पणी कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा कविहरु सुरज राना,राज एकान्त र मन्जुल मिथाेचले कविता प्रस्तुत गरेका थिए भने कविता माथि कवि सन्जित फलानाले टिप्पणी राखेका थिए । कार्यक्रममा अतिथि कविकाे रुपमा कवि भूमिका थारुले कविता "किसान" प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रम दुई चरणमा गरि सम्पन्न गरिएको थियो । पहिलाे र दाेश्राे चरण गरि प्रत्येक कविले ४/४ वटा कविता वाचन गरेका थिए । 

कार्यक्रममा कवि मिथाेचले "प्ले:क्आस, पहाडमा रातो पोखरी","झण्डाकाे मान्छे" र "असम्भव" कविताहरु वाचन गरेका थिए ।

त्यसैगरी कवि एकान्तले "घाम","युवा","तिमी सहर पसेपछि","छापामारकाे सन्देश" कविताहरू प्रस्तुत गरेका थिए ।

त्यसैगरी कार्यक्रममा कवि रानाले "बन्दुकले कविता लेख्न थाल्छ","अक्षरहरु","ओ बाहुनी", "परिवर्तन" कविताहरु वाचन गरेका थिए ।

कविता माथि टिप्पणी राख्ने क्रममा फलानाले तीनजना कविहरूको कवितामा तीन फरक, फरक स्वादको कविता सुन्ने अवसर मिलेको तीन फरक स्वादका कविताहरूको राम्रो फ्युजन भएको बताए । 

उनले सुरज रानाको कवितामा प्रतिरोधी चेत पाइएको बताए त्यस्तै कवि राज एकान्तको कविताहरूमा प्राकृति सौन्दर्यको बिम्बहरूलाई मीठो तरिकाले बुन्दै कोमल र फाइन कविता भएको उल्लेख गरे र कवि मन्जुल मिथोचका कविताहरू पहिचानको मुद्दामा केन्द्रित भएर सशक्त कविता लेखिएको टिप्पणीकर्ता फलानाले बताए ।

समूहका सदस्य युग सर्वनामको सन्चालनमा भएको कार्यक्रममा समूहका अर्का सदस्य कवि उत्तम लिम्बुले सभाअध्यक्षता गरेका थिए । `कार्यक्रमहरू साँघुरो घेरामा मात्र नभएर खुल्ला प्रकृतिमा पनि गर्न सकिने र नेता, घन्टाघर, धरहरा, र सिंह दरबारलाई मुनि बनाएर प्रकृतिलाई माथि बनाई प्रकृतिको नजिक छौं भन्ने बोध गराएका छौं´ भन्दै कार्यक्रमको समापन गरेका थिए ।

प्रकाशित:

११६३ दिन अगाडि

|

१६ असार २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६४ दिन अगाडि

|

२७ मंसिर २०७९