बारा जिल्लामा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज)ले उपभोक्ता समितिलाई भुक्तानी दिन आलटाल गरेको आरोप लागेको छ ।
विशेष आर्थिक क्षेत्र औराहाका स्थानीय चौधरी समुदायका महिलाले उपभोक्ता समिति मार्फत निर्माण गरेको ‘थारु पाहुना घर’ को कामको भुक्तानी रोकेर आफूहरुलाई अप्ठ्यारोमा पारेको आरोप लगाएका हुन् ।
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ४ का समाजसेवी भागवत चौधरीले महिलाहरुले उपभोक्ता समितिमार्फत ७ लाखको बजेटमा थारु पाहुना घरको अधुरो काम सम्पन्न गरेर भुक्तानीको लागि लेखाबाट टिप्पणी उठाइसकेको अवस्थामा सेजको मुख्य कार्यालय, त्रिपुरेश्वरबाट भुक्तानी दिन आलटाल गरिएको आरोप लगाए ।
‘कमिसन नदिएकै कारण लेखाबाट टिप्पणी उठिसकेको फाइललाई कार्यकारी प्रमुखले भुक्तानी रोके,’ चौधरीले भने । विशेष आर्थिक क्षेत्र (सेज)ले आफ्नो मध्यवर्ती क्षेत्रभित्र सामाजिक उत्तरदायित्व अन्तर्गत बर्सेनि विभिन्न योजनामा बजेट दिँदै आएको छ । विगतमा सेज सहयोग समिति मार्फत हुने कामहरु अहिले उपमहानगरमार्फत् सम्झौता भएर काम हुने गर्दछ ।
चालु आर्थिक वर्षको लागि सेजले दिएको २४ लाख बजेटबाट चौधरी टोलमा थारु पाहुना घरको अधुरो निर्माण तथा मर्मत सम्भारमा ७ लाख र बाँकी १७ लाखको बाटो ढलानको काम भइरहेको छ ।
धनमतीया थरुनीको अध्यक्षतामा अधुरो थारु पाहुना घरको मर्मतको काम उपभोक्ता समितिमार्फत गर्न जीतपुर सिमरा उपमहानगरपालिकासँग असार ३ गते सम्झौता भइ असार १५ अगावै सम्पन्न भएको हो ।
सेजका कार्यकारी निर्देशक चण्डिका भट्टले भुक्तानी दिन नमिल्ने भनेर यतिबेला पन्छिए पनि सेजकै लेखा शाखाले भने भुक्तानीको लागि फाइल उठाएर खातामा पैसा आएको घन्टी बज्ने जानकारी दिएको थियो ।
उपभोक्ता समितिका सचिव निलम चौधरीका अनुसार महिलाहरु भुक्तानीका लागि असार २३ गते गाडी नै रिजर्भ गरेर काठमाडौँ गएपछि लेखा शाखाले भुक्तानीका लागि टिप्पणी उठाएर ‘खातामा पैसा खाएको घण्टी भोलि बज्छ, तपाईहरु जानुस्’ भन्दै पठाएको थियो । तर काठमाडौँबाट फर्किएको २ दिनसम्म खातामा पैसा नआएपछि उनीहरुले कार्यकारी निर्देशक भट्टलाई फोन गरेर भुक्तानी किन ढिलो भएको हो भनि सोधेका थिए । जवाफमा भट्टले ‘सेजको बजेटबाट बनाउने भन्ने निर्णय कतै भएको छैन, सेजसँगको अनुमति र सम्झौता बिना बनाइएको घरको भुक्तानी सेजबाट हुँदैनु भने ।
सचिव चौधरी केही सामान ऋण लिएर र केही उधारोमा किनेर काम सम्पन्न गरेको तर भुक्तानी लिने बेला उपमहानगरले सेज कार्यालय काठमाडौँ जानुपर्छ भनेकाले रोपाइँको काम छोडेर सक्कल कागजपत्र लिएर पुगेको बताउँछिन् ।
‘हामीले सेजको बजेटबाट उधारोमा सामान किनेर अधुरो थारु पाहुना घरको काम सक्यौँ तर आज पसलको साहु घरमा पैसा माग्न आइरहेको छ, यस्तो व्यवहार भएपछि हामीलाई भोलि कसैले पत्याउँदैन,’ चौधरीले भनिन्, ‘भुक्तानीको बेला यस्तो व्यवहार गर्दा हामीलाई धेरै चित्त दुखेको छ ।’
विशेष आर्थिक क्षेत्र सेज जीतपुर सिमराको वडा नं ४, १४, १५, १६ गरी ४ वटा वडाको ८३३ बिगाहा क्षेत्रफलमा छ । जसमध्ये ए ब्लकको ३४३ बिगाहा बाहेक सम्पूर्ण सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ ।
प्रकाशित:
११५० दिन अगाडि
|
२८ असार २०८०
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९