Above News Title

‘महुवा’ जोगाउन यसकारण कस्सिए थारू समुदाय 

‘महुवा’ जोगाउन यसकारण कस्सिए थारू समुदाय 


पछिल्लो समय आदिवासी थारू समुदाय महुवाको वृक्षारोपणमा जुटेको छ । गैरकाष्ठ तथा मझौला किसिमको रुख अन्तरगत पर्ने महुवा लोप हुँदै गएपछि संरक्षण तथा प्रवद्र्धन गर्न यसको बृक्षारोपणमा जुटेका हुन् ।

कैलालीको गौरीगंगा नगरपालिका–१० स्थित नुक्लीपुर सामुदायिक होमस्टेले त्यहाँस्थित लक्ष्मी सामुदायिक वनको डेढ हेक्टर क्षेत्रफलमा २ हजार बोट महुवा वृक्षारोपण गरेको छ । यो सँगै असना, कर्मालगायत रुखको विरुवा समेत रोपेको होमस्टेका अध्यक्ष दिनेश दहितले जनाए ।

उदासीपुर सवडिभिजन वन कार्यालयको प्रविधिक र डिभिजन वन कार्यालय धनगढीको आर्थिक सहयोगमा पहिलो चरणमा बृक्षारोपण सम्पन्न गरेको बताउँदै अध्यक्ष दहितले दोस्रो चरणको लागि महुवाको १० हजार बोटको नर्सरी तयार भइरहेको र अन्य पालिकास्थित सामुदायिक वनमा पनि वृक्षारोपण गर्ने योजना रहेको सुनाए ।

धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक वन समन्वय समिति मसुरियाको प्राविधिक सहयोगमा पनि महुवा बृक्षारोपण गरिएको छ । 

धनगढी उपमहागरपालिका–१६ स्थित थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले पनि केही वर्ष अगाडि भादास्थित रामेश्वर धार्मिक वनको करिब ५ विघा क्षेत्रफलमा २ हजार महुवाको विरुवा रोपिएको बताए । 

पछिल्लो समय स्थानीय पालिकाहरु महुवा प्रवद्र्धन कार्यक्रमसमेत गर्न थालेका छन् । यसमा खास गरी थारू किसानहरुको आकर्षण बढ्दै गएको छ । 

महुवाको विशेषता 

महुवा प्रायः तराईको वनमा पाइन्छ, जुन वसन्त ऋतुमा फुल्छ । गैरकाष्ठ तथा मझौला किसिमको रुख अन्तरगत पर्ने महुवाको बोटमा झुप्पा–झुप्पा रसिला फूल फुल्छन् । सो फुल संकलन गरेर प्रशोधन गरी रक्सी बनाउने कार्यमा थारू समुदाय उहिल्यैदेखि पारंगत छ ।

महुवालाई शक्तिवद्र्धक जडीबुटीको रुपमा लिइन्छ । डिभिजन वन कार्यालय कैलालीका पूर्व वनअधिकृत रामचन्द्र कँडेलका अनुसार महुवाको वैज्ञानिक नाम मधुका इन्दिका हो, जसको फूल र फलमा औषधीय गुण रहेको हुन्छ ।

महुवाको औषधीय गुणकै कारण संरक्षण पनि हुँदै आएको बताइन्छ । डिभिजन वन कार्यालय कैलालीका प्रमुख कँडेलले भने, ‘खास गरी थारू समुदायमा महुवाको विशेष महत्व रहेको छ । जसकारण वनमा भएपनि संरक्षण गरिनुका साथै आफ्नो खेतबारीमा पनि रोपेको पाइन्छ ।’ 

थारू समुदायमा महुवाको रक्सी अन्य रक्सीभन्दा शुद्ध, तेजिलो र तागतिलो हुने गरेको बताइन्छ । खास पाहुनालाई स्वागतका लागि र घरका देवतालाई चढाउनका लागि पनि महुवाको रक्सी थारू गाउँमा अनिवार्य जस्तै हुन्छ ।

नुक्लीपुर सामूहिक होमस्टेका अध्यक्ष दहित भन्छन्, ‘पर्यावरण संरक्षण त छँदैछ । योसँग थारू समुदायमा महुवाको विशेष महत्व छ । हामी होम स्टेको प्रवद्र्धनको लागि पनि महुवा प्रवद्र्धनमा जुटेका हौ । यसको रक्सीलाई उच्च प्रविधिको प्रयोगसँगै ब्राण्डिङ गर्ने हाम्रो योजना हो । साथै, यसको काठको प्रयोग र फललाई प्रशोधन गरी निकालिएको तेललाई विभिन्न औषधीमा प्रयोग गरिने भएकोले यसको प्रवद्र्धनमा जुटेका छौ ।’  

थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष चौधरीले आफूहरुले सञ्चालन गरेको होम स्टेमा महुवाको रक्सीको माग उच्च रहेको बताए । महुवाको रक्सी प्रति बोतल (२५० मिलिलिटर) ४ सय रुपैयाँमा बिक्री हुँदै आएको अध्यक्ष चौधरीले बताए ।

स्मरण रहोस्, लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको प्रदेश सरकारले यस आर्थिक वर्षमा महुवालगायत रक्सीको ब्राण्डिङको लागि १२ करोड रकम विनियोजन गरेको छ । 
 

प्रकाशित:

११४५ दिन अगाडि

|

३ साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९