Above News Title

छेग्रहुवाबाट हेडमास्टर बने सीताराम

छेग्रहुवाबाट हेडमास्टर बने सीताराम

सीताराम चौधरी (४२), कैलालीको कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक छन् ।

जमिनदारको घरमा जन्मजात कमैया बसेका बुवा बुझावन डंगौरा थारू र आमा सुमित्रा देवी थरुनीका जेठा छोरा सीताराम छेग्रहुवा (बाख्रा चराउने) जीवन हुँदै हाल आफू पढेकै विद्यालयमा प्रधानाध्यापक छन् । 

एक ताका पढाइ खर्च जोहो गर्न गाउँ–गाउँ डुलेर चन्दा संकलन गरेका उनी हाल हजारौं बालबालिकालाई शिक्षाको ज्योति बाँडिरहेका छन् ।

कैलारी गाउँपालिका–६ बेनौली घर भएका सीतारामका बाजेको देहान्तपछि उनका सानो बाजेले भएको जग्गा बेचे । पुरानो थातथलो सामरचौरा भए पनि बस्ने ठाउँ नै नभएपछि उठीबास भयो । त्यसपछि उनका परिवारको कमैया जीवन सुरु भएको उनी बताउँछन् ।

उनका बुवा सामरचौरा, देवीगञ्ज, खुरहिया, भित्तरिया, बेनौली गरी धेरै ठाउँका जमिनदारकहाँ कमैया बसे । जहाँ–जहाँ बुवा आमा जान्थे, त्यहाँ–त्यहाँ बालश्रमिक बनेर काम गर्न जानु उनीसहित ४ दाजुभाईको नियति थियो ।

उनका बुवा सामरचौरा, देवीगञ्ज, खुरहिया, भित्तरिया, बेनौली गरी धेरै ठाउँका जमिनदारकहाँ कमैया बसे । जहाँ–जहाँ बुवा आमा जान्थे, त्यहाँ–त्यहाँ बालश्रमिक बनेर काम गर्न जानु उनीसहित ४ दाजुभाईको नियति थियो ।

२०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा ग¥यो । पश्चिम तराईको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित हजारौं कमैयाहरु मुक्त भए । तर सीतारामका बुवा भने मुक्त हुन सकेनन् । कमैया नै रहे । 

२०४४ सालमा बेनौली गाउँमा विद्यालय स्थापना भयो । सीतारामका उमेरका सबै बालबालिका विद्यालय जान थाले । उनी भने जमिनदारका बाख्रा चह्राउँथे । २०४७ सालताका बेनौलीको अपरम्पार प्राथमिक विद्यालयको प्रधानाध्यापक दामोदर बस्नेत भए । उनै बस्नेत र केही गाउँकै व्यक्तिले उनलाई स्कूल भर्ना गरिदिए । अनि सुरु भयो उनको स्कुले जीवन । 
पढाइमा अति नै मेहनती र तीक्ष्ण बृद्धि भएका उनलाई केही महिनामै कक्षा बढुवा गरियो । कक्षा ५ को जिल्ला बोर्ड परीक्षामा उनी प्रथम श्रेणीमा उत्तीर्ण भए । उप्पलो शिक्षा अध्ययनको लागि उनी जनता माध्यमिक विद्यालयमा कक्षा ६ मा भर्ना भए । 
उनको मेहनत र लगनशीलताले निकै प्रभावित भएका विद्यालयका तत्कालीन प्राधानाध्यापक विनय कुमार चौधरीले उनको विद्यालय शुल्क, ड्रेसलगायतको व्यय भार वहन गरिदिए । पछि उनै विनय चौधरीले उनलाई धनगढीको मोडर्न एरा स्कूलमा कक्षा ९ कक्षा भर्ना गरिदिए । त्यहाँको बसोबासलगायत सबै व्ययभार समेत उनले नै लिए । 

२०५६ सालमा एसएलसी परीक्षामा पनि उनी प्रथम श्रेणीमा उत्तीर्ण भए । द्वन्द्वकालमा विनय चौधरी विस्थापित भएपछि उनी आफै भाइहरुको सहयोग लिदै क्याम्पस भर्ना भए । तर क्याम्पसको खर्च जोहो गर्न उनलाई धौ धौ भयो । अनि भित्री मनले चन्दा उठाउन अह्रायो ।

‘मेरो दिमागमा चन्दा उठाएर त हेरौं भन्ने आयो । मानसिक रुपमा तयार भएँ । गल्ली–गल्ली पुगें । धेरैलाई कुरा सुनाएँ । केहीले सहयोग गरे’, उनी सम्झिन्छन्, ‘सबैभन्दा ठूलो सहयोग तत्कालीन गदरिया गाविस अध्यक्ष सन्तराम चौधरीले गर्नुभयो । उहाँले आफूले पाउँदै आएको भत्ता बापतको रकम सहयोग गर्नुभयो । त्यसपछि गदरियाकै वडाध्यक्ष प्रेमबहादुर चौधरी, गाविस मुखिया ठागुराम चौधरीलगायतले मलाइ सहयोग गर्नुभयो । उहाँहरुलाई कहिल्यै विर्सन सकिदैन ।’

२०५९ सालमा कक्षा १२ उत्तीर्ण भएपछि उनी शिक्षण पेशामा सक्रिय भए । आफू पढेकै विद्यालय मोडर्न एरामा पढाउन थाले । फुर्सदको बेला ट्युसन पढाए । अन्ततः उनी पढ्दै पढाउँदै अंग्रेजी भाषामा स्नाकोत्तरसम्म शिक्षा हासिल गर्न सफल भए ।

बाँया हातले लेख्ने अभ्यास

२०७५ सालमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका उनी बझाङको महादेव माध्यमिक विद्यालयमा नियुक्त भए । तर, शिक्षण पेशाको जिम्मेवारीकै क्रममा उनी आफ्नो दाहिने हात समेत गुमाउन पुगेका छन् ।

उनी एकदिनको सडक दुर्घटना सम्झिन्छन्, ‘कोभिड महामारीले लकडाउन चलिरहेको थियो । बस चलेको थिएन । विद्यालयकै कामको सिलसिलामा म र हेडसर मोटरसाइकलमा बझाङबाट धनगढी फर्किदै थियौं । २०७७ असार २२ गते राति धनगढीको निर्माणाधीन ६ लेन सडकमा मोटरसाइकल दुर्घटनामा प¥यौ । विद्युतको पोलले मेरो दायाँ हात च्यापियो । अप्रेसनको क्रममा हात गुमाउन पुगे ।’

अस्पतालको बेडबाटै उनी अर्को बायाँ हातबाट लेख्न अभ्यास गर्न थाले । बिस्तारै उनको लेखनको रफ्तार र हेन्डराइटिङ पुरानै लयमा फर्किएयो  । 

जनता माध्यमिक विद्यालय, गदरिया, कैलालीबाट एसएलसी सकाएका उनी हाल सोही विद्यालयमा प्रधानाध्यापक छन् । उनी अब आफ्नो विद्यावारिधि गर्ने योजना रहेको सुनाउँछन् ।

जीवनमा संघर्ष सबैभन्दा ठूलो कुरा रहेको बताउँदै उनले सरकारको मुख मात्रै ताकेको भए आफू यो स्थानमा पुग्न नसकिने बताउँछन् । जुन कारण शिक्षा आर्जनलाई जोड दिइ संघर्ष गर्नुपर्न उनको जोड छ । 
 

प्रकाशित:

११४६ दिन अगाडि

|

३ साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६४ दिन अगाडि

|

२७ मंसिर २०७९