Above News Title

स्माइल पहिले रिक्सावाल, अहिले प्राचार्य

स्माइल भन्छन्, ‘म जति बेला जान्ने बुझ्ने भएँ, त्यति बेला मेरो बुवा अनि दाई धनीराम चौधरीलाई कमैया भएको पाएँ । पछि मैले पनि उहाँहरुसँग मालिकको काम गर्नुपर्यो ।’
स्माइल पहिले रिक्सावाल, अहिले प्राचार्य

कमैयाको जञ्जिरबाट उदाएको एक अथक अभियन्ताको नाम हो, स्माइल चौधरी । यिनको खास नाम हो बन्सीराम डंगौरा थारू । 

बहुमुखी प्रतिभाका धनी स्माइलको पेशाको कुनै निश्चित दायरा भने छैन । उनी कुशल शिक्षक, प्राचार्य, प्रशासक, सामाजिक अभियन्तादेखि कुनै बेलाका राजनीतिकर्मीसमेत हुन् ।

मेहनत गरे कसैको मुख ताक्नु पर्दैन भन्ने दरिलो उदाहरण बनेका स्माइलको विगत पनि निकै कहालीलाग्दो छ ।
कैलालीको गोदावरी नगरपालिका–१ जित्तलपुर मुक्त कमैया शिविर स्थायी घर भएका स्माइल (४०) का बुवा पल्टु डंगौरा र आमा तुलसी डंगौरा थरुनी जन्मजात कमैया थिए ।

उनी जन्मिनुभन्दा पहिले उनका बुवा १७ जनाको परिवारको गर्जो टार्न साहुबाट १५ हजार सौंकी (ऋण) लिएका थिए । तर लिएको सौकी कहिल्यै तिर्न सकेनन् । पछि सोही सौकी तिर्न जमिनदारलाई जग्गाजमिन बेचे । यसरी उनको बुवाको कमैया जीवन सुरु भयो ।

स्माइल भन्छन्, ‘म जति बेला जान्ने बुझ्ने भएँ, त्यति बेला मेरो बुवा अनि दाई धनीराम चौधरीलाई कमैया भएको पाएँ । पछि मैले पनि उहाँहरुसँग मालिकको काम गर्नुपर्यो ।’

विभिन्न ठाउँमा कमैया बस्दै जाँदा उनका बुवा र दाई धनगढी बडहाराका जमिनदारको घरमा कमैया बसे । जमिनदारका छोराछोरीसँगै स्माइललाई नजिकैको नवदुर्गा प्राथमिक विद्यालयमा भर्ना गरियो । अनि सुरु भयो उनको स्कुले  जीवन । 
कक्षा ५ सम्म नवदुर्गामै पढेका उनी  कक्षा ६ र ७ भने धनगढीकै त्रिनगर माविमा पढे । उनका बुवा र दाई अत्तरिया फर्केपछि कक्षा ६ र ७ को विद्यालय खर्च जोहो गर्न उनलाई निकै ठूलो संघर्ष गर्नुपरेको थियो ।

विगत स्मरण गर्दै उनले भने, ‘बुवा र दाई अत्तरिया फर्केपछि पढ्नकै लागि आफन्तकहाँ बस्न थाले तर खर्च जुटाउन गाह्रो भयो । दिनभरि स्कूल पढ्थे, स्कूल विदापछि राति अवेरसम्म रिक्सा चलाउँथे । त्यही पैसाले कापी कलम किन्थे । स्कुलको शुल्क तिर्थे ।’

पछि उनी पनि अत्तरिया फर्केर ग्वासी माध्यमिक विद्यालयबाट २०५२ सालमा एसएलसी उत्तीर्ण गरे । त्यसताका उनलाई कक्षा ८ देखि १० सम्मको अध्ययनमा अत्तरियाका शिक्षक रामेश्वर विकले सहयोग गरेको उनी सम्झिन्छन् । विक हाल बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापक छन् ।

शिक्षा प्राप्तीको लागि निकै संघर्ष गरेका उनी पूर्वाञ्चल विश्वविद्यालयबाट डेभलमेन्ट स्टडीबाट मास्टर्स गरेका छन् । 
अध्ययनसँगै उनले शिषण पेशा सुरु गरे । कैलालीको चौमालामा २०५८ सालमा आनन्द प्रावि स्थापना गरे । जहाँ उनले मुक्त कमैयालगायतका बालबालिकाहरुलाई पढाए ।

उनको शिक्षा पेशामा मात्रै सक्रियता रहेन । सन् २००३ देखि २०१० सम्म कमैया प्रथा उन्मुलन समाज नामक् गैरसकारी संस्थाको उनी कार्यक्रम संयोजक भइ ७ वर्ष काम गरे ।

२०६४ सालको पहिलो सविधानसभा सदस्य निर्वाचनमा उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमार्फत् उम्मेदवारी दिएका थिए ।

काममा निकै लगनशील उनी नेपालकै प्रतिष्ठित चौधरी ग्रुपमा म्यानेजरदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रशासकको रुपमा काम गरे । उनी  हाल अत्तरियास्थित एभेरेष्ट एकेडेमीका प्राचार्य छन् ।  

त्यस्तै, युथ एलाइन्स फर डेभलपमेन्ट (याड) संस्थाका प्रमुखसँगै थारू भाषाको पहिलो दैनिक पत्रिका ‘पहुरा थारू दैनिक’ का प्रकाशक पनि हुन् । 
 
प्रकाशित:

११४४ दिन अगाडि

|

४ साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९