हालसम्म कुनै पनि दलले पार्टी पदाधिकारी बन्न विश्वविद्यालयको सर्टिफिकेटलाई आधार बनाएका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने केन्द्रीय विभागको प्रमुख, पदाधिकारी र सदस्य हुन मापदण्ड तय गरेको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागका प्रमुखसहित पदाधिकारी, प्रदेश र गाउँपालिकाका प्रमुख तथा पदाधिकारी सदस्यका लागि योग्यता निर्धारण गरेको प्रवक्ता मुकुल ढकालले बताए ।
प्रवक्ता ढकालका अनुसार तोकिएको मापदण्डमा केन्द्रीय विभागको पदाधिकारी, सदस्य र प्रदेश विभागको प्रमुख हुन कम्तीमा पनि स्नातकोत्तर गरेको हुनुपर्ने वा दश वर्ष सम्बन्धित विषयको अनुभव भएको अथवा सम्बन्धित विषयमा असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड तय गरेको छ ।
त्यस्तै, प्रदेश विभागको पदाधिकारी वा सदस्यको हकमा कम्तीमा स्नातक गरेको वा ५ वर्षे अनुभव वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।
त्यसैगरी पालिका विभाग प्रमुखमा पनि सोही कुरा लागु हुनेछ । पालिका पदाधिकारी वा सदस्यहरूको हकमा भने कम्तीमा प्लस टु अध्ययन गरेको हुनुपर्ने वा दुई वर्षको अनुभव चाहिने मापदण्ड तोकेको छ ।
यसअघि प्रदेश समितिका सदस्य, प्रमुख पदाधिकारी हुने कुरा जटिलता भएकाले पछिल्लो निर्णय लागु गर्ने जान्नेलाई छान्ने नीति लिएको नेता ढकालले जानकारी दिए । बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । जसमा आयोगको काम कर्तव्य र अधिकार समेटिएको छ ।
प्रकाशित:
११२९ दिन अगाडि
|
१९ साउन २०८०
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९