Above News Title

मधेस बुझ्न काठमाडौँमै पुस्तकालय स्थापना

मधेस बुझ्न काठमाडौँमै पुस्तकालय स्थापना

सङ्घीय राजधानी काठमाडौँमा मधेस पुस्तकालयको स्थापना भएको छ ।  काठमाडौँमा मधेसका युवाहरूको एक समूहले मधेस पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएको हो । काठमाडौँस्थित आलोकनगरमा  पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याइएको हो । 

पुस्तकालयमा मधेस, देश र विश्व अनि विभिन्न क्रान्ति, सङ्घर्ष र दर्शनसँग सम्बन्धित किताबहरू राखिएका छन् । युवाहरूले किताब र आर्थिक सहयोग सङ्कलन अभियान नै सञ्चालन गरेर पुस्तकालयको स्थापना भएको छ ।

अभियान निरन्तर रहने र पुस्तकालयलाई थप व्यवस्थित अनि विकसित गर्दै लैजाने योजना रहेको छ । मधेस पुस्तकालय तथा अनुसन्धान केन्द्रले मधेसको विषयमा खोज र अनुसन्धानहरूसमेत गर्ने बताइएको छ ।

'पुस्तकालय युवाहरू अध्ययनको केन्द्र बन्छ । यसलाई ज्ञान निर्माणको थलोको रूपमा पनि बुझ्दा हुन्छ', पुस्तकालयका अध्यक्ष शिव यादव भन्छन्, 'पुस्तकालय मधेसको समसामयिक मुद्धाहरुको वैचारिक रूपमा पनि बहस गर्ने स्थलको रूपमा विकास गरिनेछ ।'

‘ज्ञान निर्माण प्रक्रियामा मधेसको सदैव अग्रणी भूमिका रहँदै आइरहेको छ । विश्वमा ज्ञानको ज्योति फैलाउने गौतम बुद्धदेखि लिएर यज्ञब्लक्य, अष्टाबक्र, विधापती, जनक जस्ता विद्वत्ता प्राप्त गरेका महा–मानवहरूको जन्म मदेसको गर्वबाट भएको हो', अध्यक्ष यादव भन्छन्, 'राजा जनकको दरबारमा विश्वका उत्कृष्ट विद्वान्हरूको साक्षरता हुने गर्दथ्यो । संवाद हुने गर्दथ्यो । तर, पछिल्लो समय मधेसमा ज्ञान निर्माणको कुरा त परै जाओस ज्ञान आदान प्रदान पनि भइरहेको छैन । सो सम्बन्धी संवाद पनि भइरहेको छैन । जसको फलस्वरूप मधेसी युवाहरूमा आलोचनात्मक चेत हराउँदै गइरहेको छ भने उनीहरूमा अवसरवादी चरित्र मौलाउँदै गइरहेको छ ।'

कुनै समय मधेसीहरूमा चेतनाको स्तर यती धेरै थियो कि राजतन्त्रको विरुद्ध सङ्घर्ष गरिरहेका रामराजा प्रसाद सिंहलाई राजतन्त्र स्विकार्नू हेतु तत्कालीन राजा महेन्द्रले उनलाई देशको प्रधानमन्त्रीको अवसर दिँदा पनि म बिक्रीमा छैन भन्दै प्रधानमन्त्री पद अस्वीकार गरिदिएको अध्यक्ष यादवले बताए । 'तर, अहिलेका शासकहरूले मदेसका युवाहरूलाई सानो कुनै अवसर दिँदा पनि सहर्ष स्विकार्छन्', उनले भने, 'त्यसैले ती युवाहरूलाई जागरूक हुन पनि यो पुस्तकालयको स्थापना गरिएको छ ।'अघिल्लो पुस्ताले अब मधेस के हो यहाँ आएर बुझ्न सक्ने उनले बताए । 

 

प्रकाशित:

११२९ दिन अगाडि

|

२० साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६४ दिन अगाडि

|

२७ मंसिर २०७९