Above News Title

बाढी प्रभावित भन्छन्, ‘आब ट अनुगमनमे अउइयनके मुँहे नै हेर्नास् लागठ’

बाढी प्रभावित भन्छन्, ‘आब ट अनुगमनमे अउइयनके मुँहे नै हेर्नास् लागठ’

कैलालीको भजनी नगरपालिका–३ पकरिया पुरुवाकी चम्फीदेवी थरुनीको घर डुबानमा परेपछि जिउ ज्यान जोगाउन हतार हतार हुलाकी सडक उक्लिइन् । उनको साथमा केही भेडाबाख्रा, खानेकुरा अनि लत्ताकपडाको पोको थियो ।

उनी परिवारसहित हुलाकी सडकमा पाल टाँगेर बस्दै आएको ३ दिन भयो । घर डुबानमा परेपछि उनको परिवार सडकमै बस्दै आएको हो ।

उसो त उनको लागि ३ दिनको सडकको बास नौलो भने होइन, उनी विगत ४÷५ बर्खाको समयमा यसरी नै बस्दै आएको सुनाउँछिन् । स्थानीय नदीमा आउने बाढीले घर डुबाउने बित्तिकै हुलाकी सडकमा शरण लिनुको विकल्प छैन ।

विस्थापित भएपछि हुलाकी सडकमै बस्दै आएकी अर्की पीडित कल्पना चौधरी भन्छिन्, ‘जिउ ज्यान जोगाउनै आपत छ । घर डुबान भएपछि सांसददेखि प्रधानमन्त्रीसम्म हामीलाई हेर्न आउँछन् । अवलोकन गर्छन्, जान्छन् । तर हाम्रो हालत प्रत्येक वर्ष उस्ताको उस्तै छ ।’

नगरपालिका क्षेत्र नै डुबानमा परेपछि चम्फी र कल्पना मात्रै होइनन् । यहाँका एक हजार बढी नगरवासी घरबार छाडेर सुरक्षित ठाउँ खोज्दै स्थानान्तरण भएका हुन् । कोही सामुदायिक वनमा, कोही विद्यालय त कोही हुलाकी सडकमा ओत लागेका छन् ।

अवलोकन गर्नेदेखि दिग्दार छन् प्रभावित

बाढीजन्य समस्याको दिगो समाधान नहुँदा भजनीवासी हैरान छन् । वर्षेनि ठूलो धनजनको क्षति पनि हुन्छ तर राहतको चाउचाउ, पानीबाहेक केही पाइन्न । समस्याको दिगो समाधान नहुँदा अचेल सरकारप्रतिको भरोसा पनि हट्दै गएको आक्रोश नगरवासीमा छ ।

साउन २२ गते देखि परेको अविरल वर्षाले यहाँको बस्ती डुबानमा परेको हो । डुबानपछि सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी, सांसदहरु, प्रमुख जिल्ला अधिकारीसहितको सरोकारवालाको टोली स्थलगत अनुगमन ग¥यो ।

तर, त्यो अनुगमन टोलीले अनुगमन गर्दै गर्दा दिएको आश्वासन स्थानीयलाई पत्यार लागेन । बरु, अनुगमन टोलीलाई देखेर स्थानीयले आक्रोश पोखे ।

भजनी नगरपालिका–६ बेलाहाका खुशीराम चौधरीले आक्रोश पोखे, ‘ आब ट अनुगमनमे अउइयनके मुँहे नै हेर्नास् लागठ ।’

‘सधैँ यस्तै हो । हामी त कसैको चुनावी एजेण्डा मात्र हो । हाम्रो समस्या समाधान गर्ने भनेर भोट पनि माग्छन् । सधैँका लागि समस्या समाधान भयो भने भोट माग्ने बहाना पनि सकिन्छ होला, होइन र !’

हुन पनि हो । सभामुखसहितको टोली रित्तै हात प्रभावित क्षेत्र पुगेको थियो । प्रभावितहरुलाई दिगो समस्या समाधान हुने भनेर आश्वासनको पोको सुनाएर आयो । जसबाट आफूहरुलाई रत्तिभर विश्वास नभएको चम्फी बताउँछिन् ।

समाधानबारे के भन्छन् स्थानीय जनप्रतिनिधि ?

यहाँको कन्द्रा, काँढा, पथरैया, मोहना नदीमा आउने बाढीले गर्दा भजनी क्षेत्र वर्षेनी डुबानमा पर्दै आएको छ । तर दिगो समाधानको लागि नगरपालिकाबाट सम्भव नरहेकोले केन्द्र सरकारले ध्यान दिनुपर्ने भजनीका नगरप्रमुख केवल चौधरी बताउँछन् ।

दिगो समस्या समाधानको लागि यहाँका सबै नदीमा तटबन्धको व्यवस्था गर्नुपर्ने, साना खोलामा पानीको निकास बढाउनुपर्ने, भारतमा रहेको कैलाशपुर बाँधलाई खोल्नुपर्ने र नगरबासीले व्यक्तिगत रुपमा उच्च भवन बनाउनुपर्ने नगरप्रमुख चौधरी बताउँछन् । जसको लागि आफूले सबै निकायको ध्यानाकर्षण गराएको पनि उनको भनाइ छ ।

त्यस्तै, भजनी क्षेत्रबाटै निर्वाचित प्रदेश सांसद घनश्याम चौधरीले पनि समस्या समाधानको लागि नदी नियन्त्रण गर्नुपर्नेमा जोड दिए । चालु वर्ष कन्द्रा नदीमा तटबन्ध निर्माणको लागि ९ करोड र काँढा नदीमा तटबन्ध निर्माणको लागि ५ करोड बजेट बिनियोजन भएको भएको बताउँदै यतिलेसम्भव नरहेको बताए ।

‘जनताको जिउ धन जोगाउनु हाम्रो प्रमुख दायित्व हो । हामी गम्भीर भएर लागेका छौ । सरकारले यहाँको नदीहरुमा उच्च तटबन्ध निर्माणलाई प्रदेश तथा राष्ट्रिय गौरवको योजना बनाएर क्रमागत रुपमा लगेको अवस्थामा दिगो निकास सम्भव छ । त्यसको पहलमा लागेका छौ ।’ उनले अगाडि भने ।

त्यस्तै, कैलाली क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसद गंगाराम चौधरीले हुलाकी सडकका कारणले पनि भजनी डुबानमा परेको बताउँछन् । भजनीका स्थानीयसमेत रहेका सांसद चौधरीले भने, ‘म यहाँको स्थानीय हो । वर्षौंदेखि भोग्दै आएको समस्या हो । मैले प्रत्यक्ष रुपमा नियालेको छु, डुबानको एक प्रमुख कारण हुलाकी सडक हो । यसको उचाइ धेरै भयो । यहाँ बनाइएको कल्भर्टबाट पानीको निकास हुन्न । सबैभन्दा पहिले यो सडकको उचाइ घटाउनुपर्छ । अर्कोतर्फ नदीहरुमा उच्च तटबन्ध निर्माण नै हो । यसको लागि म लागेको छु । यो भएन भने डुबानको चक्र चलि नै रहनेछ ।’

त्यस्तै, मेयर केवल चौधरीको जस्तै सांसद गंगाराम चौधरीले पनि डुबानको अर्को कारक भारतमा रहेको कैलाशपुर बाँध रहेकोले नेपाल सरकारले भारतसँग समयमा समाधान खोज्न समन्वय गर्नुपर्ने बताए ।

 

प्रकाशित:

११२० दिन अगाडि

|

२७ साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९