Above News Title

मन्त्री मोदीका ६ महिना २६ दिन...

संघीय निजामती ऐन आफ्नै पालामा पारित गराएर आफ्नो थारु समुदायलाई जातीय जनसंख्याअनुसार साढे ६ प्रतिशत आरक्षण कायम गराउने मोदीको सपना अधुरै
मन्त्री मोदीका ६ महिना २६ दिन...

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी मन्त्री नियुक्त भएको ६ महिना २६ दिनमै पदमुक्त हुने भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो । 


बैठकमा सहभागी एक पदाधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्ड आफैले मोदीलाई सरकारबाट फिर्ता बोलाउने प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीको प्रस्तावलाई पदाधिकारी बैठकले अनुमोदन गरेको हो । 
उनको ठाउँमा जनमत पार्टीकी सांसद अनिताकुमारी साहलाई मन्त्री बनाउने तयारी भएको छ । साहलाई सोमबार बिहान १० बजे पद तथा गोपनीयताको शपथग्रहण  गराइने राष्ट्रपति कार्यालयको तयारी छ । 

३ माघ, २०७९ मा पहिलो पटक शक्तिशाली मन्त्री नियुक्त भएका मोदी ७ महिना नपुग्दै सत्ता सन्तुलनको कोपभाजनमा परेका हुन् ।

गत मंसिरमा  भएको निर्वाचनमा ३० हजार ६१२ मतका साथ एमालेका उम्मेदवार विनोद ढकाललाई उनले पराजित गरेका थिए । उनका प्रतिस्पर्धी ढकालले २४ हजार ४६३ मत मात्रै ल्याएका थिए । 
त्यसअघि २०७४ को संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं. ४ बाट कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पराजित गरी चर्चामा आएका थिए मोदी । 
आचार्यलाई ६ हजार ७ सय २९ मतले पराजित गर्दै प्रत्यक्ष निर्वाचनको विजयी यात्रा तय गरेका थिए ।  मोदीले ३३ हजार ५ सय २९ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका आचार्यले २६ हजार ८ सय मत पाएका थिए । 

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा मोदी समानुपातिक सांसद थिए । कोशी प्रदेशमा प्रत्यक्ष निर्वाचन जित्नेमा मोदीसहित भोजपुरबाट सुदन किराँती र खोटाङबाट रामकुमार राई रहेका छन् । 
२०४२ असोज ५ गते जन्मेका मोदी २०५६ सालदेखि राजनीति सुरू गरेका थिए । उनी अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष, नेकपाको प्रदेश कमिटी सदस्य पनि बने । अहिले उनी केन्द्रीय कमिटी सदस्य छन् ।

संघीय निजामती ऐन आफ्नै पालामा पारित गराएर आफ्नो थारु समुदायलाई जातीय जनसंख्याअनुसार साढे ६ प्रतिशत आरक्षण कायम गराउने मोदीको सपना अधुरै रह्यो । 

प्रकाशित:

१११९ दिन अगाडि

|

२८ साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९