नेवा: समुदायले मनाउने गरेको गुँला पर्व अर्थात नवौँ महिना पर्व सुरु भएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना अर्थात नवौँ महिना बिहीबारदेखि सुरु भएको हो ।
नेवा: समुदायमा पनि विशेषतः बौद्ध धर्मावलम्बीहरूले मनाउने यो पर्व करिब १ महिनासम्म चल्छ जुन समयमा बिहान सबेरै स्वयम्भू महाचैत्यमा पुगेर दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्न जाने गर्छन् ।
साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजन कीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।
परिक्रमा गर्ने समयमा राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा बजाउने प्रचलन छ ।
धार्मिक दृष्टिकोणले यस पर्वसँगै नाग पञ्चमी, पञ्चदान, रक्षाबन्धन जनै पूर्णिमा, गाईजात्रा, मतःयाः, देवपत्तनमा खड्गजात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने पर्व आउँछन् ।
प्रकाशित:
१११६ दिन अगाडि
|
३२ साउन २०८०
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९