चितवनको भरतपुरमा आरम्भ कलेज ‘आरम्भ’ भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै भरतपुर–११ को नहरचोकमा यस बर्षदेखि कलेज सञ्चालनमा आएको हो ।
कलेजले यस बर्षदेखि स्नातक तहका बिआइएम र बिएचएम अध्यापन गराउने जानकारी भदौ २ गते शनिवार पत्रकार सम्मेलनमार्फत् दिएको हो ।
दुवै संकायको अध्यापन चार बर्षको हुने कलेजका अध्यक्ष सुरेन्द्र सुवेदीले बताए । कलेजले व्यवहारिक, सैद्धान्तिक तथा विश्वव्यापीकरणका लागि चाहिने आधारभूत शिक्षा प्रणालीलाई जोड दिँदै कक्षा संचालन गर्न लागेको उनले जनाए ।
बिआइएम र बिएचएम संकायका कार्यक्रमबाट प्रविधि र होटल व्यवस्थापनमा विद्यार्थीहरुलाई पूर्ण रुपमा योग्य,सक्षम र सफल बनाउने विश्वास कलेजले लिएको कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले बताए ।
यहाँ पढ्ने विद्यार्थीहरुका लागि प्रत्येक विद्यार्थीलाई जनही १ लाख बराबर १ करोड ३२ लाख बराबरको छात्रबृत्ति प्रदान गर्ने कलेजले पत्रकार सम्मेलन मार्फत घोषणा गरेको छ । साथै पहिलो वर्षको शुल्कमा पनि प्रत्येक विद्यार्थीलाई ५० प्रतिशत छुट दिने भएको छ ।
कलेजले दुवै संकायमा ६६, ६६ जना विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन प्राप्त गरेको छ । चितवन र नवलपुरलाई लक्षित गर्दै संचालन गरिएको यस कलेजले विद्यार्थीका लागि गाडीको समेत व्यवस्था गरेको छ ।
प्रकाशित:
१११३ दिन अगाडि
|
२ भदौ २०८०
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९