Above News Title

थारु समुदायमा गुरही पर्वको उल्लास, पालिकाहरूद्वारा सार्वजनिक बिदा

थारु समुदायमा गुरही पर्वको उल्लास, पालिकाहरूद्वारा सार्वजनिक बिदा

पश्चिम नेपालको थारु बस्तीमा गुरही पर्वको उल्लास बढेको छ । नाग पञ्चमीकै दिन मनाइने यस पर्वको उल्लास बढेको हो । नाग पञ्चमी तथा गुरही पर्व भोलि भदौ ४ गते परेको छ।

कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका साथै पछिल्लो समय काठमाडौँमा समेत भव्यताका साथ पर्व मनाउन थालिएको छ । 

यस वर्ष भृकुटी मण्डपमा अग्रासन थारु महिला समूहको संयोजनमा भदौ ४ गते विहान ११ बजे विविध कार्यक्रम गरी गुरही मनाउन थालिएको समूहकी अध्यक्ष चम्पा चौधरीले बताइन् । 

गुरही भनेको एक किसिमको गाइने किरा हो । सोही किराको प्रतीकको रूपमा यो पर्वमा कपडाको पुतला, खेलौना बनाइन्छ । थारु बसोबास रहेका कतिपय स्थानमा यसलाई गुरही पर्व भन्ने गरिन्छ भने कतिपय ठाउँमा गुरिया पर्व पनि भनिन्छ ।

पर्वमा थारु समुदायका घरहरूमा घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ । आफ्नै हैसियतअनुसार अन्य खानेकुरा पनि बनाइन्छन् । केटीहरू कपडाका रङ्गीचङ्गी कपडाका गुरही बनाउने गर्दछन् ।

केटाहरू सोंटा वा केराको डाँठ तयार पार्छन् । साँझपख बालिका तथा युवतीहरू परम्परागत पोशाकमा आ–आफ्नो थालीमा गुरहीको प्रतिमा र भुटेका मकै वा केराउसहित गाउँका सीमा वा चोकमा जम्मा हुन्छन् । यसैबीच केटाहरू सोटा लिएर जम्मा हुन्छन् । 

जम्मा भएका बालिकाहरु गुरही विसर्जन गर्छन् र केटाहरू सोंटा, कोर्राले पिट्छन् । केटीहरू गुरही विसर्जन गर्ने बेला र केटाहरू पिट्ने बेलामा रोगब्याध नलागोस, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन् । पिटिसकेपछि केटाहरूले केटीसँग घुघरी  माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् ।

कतिपय गाउँमा पिटिएका यी विसर्जन सडकमै चौराहामै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लाने गरिन्छ ।

यो पर्व बालबालिकाको सहभागिताबिना अपूर्ण मानिन्छ । यस पर्वलाई बाल पर्वको रूपमा समेत लिइन्छ । पर्वको प्रभावले गाउँ समाजबाट दुःख, कष्ट, रोग, व्याधि हट्ने जनविश्वास छ ।

यसैबीच कैलाली, कञ्चनपुरका थारु बाहुल क्षेत्रका स्थानीय तहले स्थानीय बिदा समेत दिएका छन् भने थारु अधिकारवादी सङ्घ संस्थाले प्रदेश सरकारसँग विदाको माग समेत गरेको छ ।

थारु समुदाय आबद्ध ६ संस्थाले एक विज्ञप्ति जारी गर्दै बिदा माग गरेका हुन् । थारु कल्याण कारिणी सभा कैलाली, सखी सञ्जाल कैलाली, थारु लेखक सङ्घ, राष्ट्रिय कलाकार मञ्च, थारु नागरिक समाज र थारु विद्यार्थी समाजले संयुक्त विज्ञप्ति जारी गर्दै बिदा माग गरेका हुन् ।

प्रकाशित:

१११४ दिन अगाडि

|

३ भदौ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६४ दिन अगाडि

|

२७ मंसिर २०७९