फायल फोटो
बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले विजयकुमार गच्छदारसँग बयान लिएको छ ।
सोमबार साँझ अनुसन्धान अधिकृतहरुले गच्छदारसँग महाराजगञ्जस्थित सिआईबीमा बयान लिएका हुन् ।
पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । तर, प्रहरीले उनलाई बयान लिएर छाडेको छ । सोमबारै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिएपछि पूर्वमन्त्री चन्द्रदेव जोशी र गच्छदारको बयान गराउँदा ढिला भएको सिआईबीका अधिकारीहरु बताउँछन् ।
संगठित रुपमा सरकारी लिखत किर्ते गरेर बालुवाटार क्याम्प भित्रको १४७ रोपनी जग्गा हिनामिना प्रकरणमा गच्छदार संलग्न रहेको सिआईबीको अनुसन्धान निष्कर्ष छ । जग्गा हिनामिना आरोपमा १८ जना हिरासत छन् ।
२०७४ वैशाखमा उप–प्रधान एवं संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको नेतृत्व गरेका गच्छदार २०६८ मा गृहमन्त्री थिए ।
भौतिक योजना तथा निर्माण मन्त्री हुँदा गच्छदार जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएका थिए । गच्छदारसँगै राज्यमन्त्री थिए संजय शाह ‘टकला’ । हाल नख्खु कारागारमा थुनामा रहेका साहलाई पनिझिकाएर महाराजगन्ज स्थित सिआईबीको कार्यालयमा बयान लिइएको छ ।
उप–प्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री गच्छदारले विशिष्ट व्यक्तिहरुको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गरेर ‘टिप्पणी सदर गरेर मन्त्रिपरिषद्मा लगेको’ ब्यूरोको छानविनबाट देखिएको छ ।
२०६७ असार २८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव दीप बस्न्यातले टिप्पणी सदर गरी मन्त्री गच्छदार कहाँ पेश गरेका हुन् । सो प्र्रस्ताव राज्यमन्त्री संजय साह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका थिए ।
निवास विस्तार र ललिता निवास क्षेत्रमा बाटो बिस्तार गर्दा २७ रोपनी जग्गा हिनामिना भएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । सभामुख निवासबाट एनआरएनए भवन तर्फ जाने बाटोमा ८ रोपनी जग्गा परेको छ ।
सो प्र्रस्तावमा तत्कालिन सह–सचिव नारायणगोपाल मलेगोले टिप्पणीमा राय सहित पेश गरेका थिए । तत्कालीन शाखा अधिकृत कृष्ण राउतले प्रस्तावको लागि टिप्पणी उठाएका थिए । २०६६ चैत १९ मा सचिव दीप बस्न्यातले टिप्पणी सदर गरी प्रस्ताव पेश गरेको ब्यूरोका प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित:
११११ दिन अगाडि
|
५ भदौ २०८०
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९