Above News Title

इतिहास बनिसकेका प्रथाहरू

इतिहास बनिसकेका प्रथाहरू

भुवन देवकोटा

केही साता अघि कैलाली जिल्लाको गोदावरी नगरपालिकाअन्तरगत रहेकामध्ये एउटा छाउगोठमा बसेकी महिलाले लेखेको अनुभूतिजन्य संंस्मरण पढेको थिएँ । नेपालको पूर्बी जिल्लामा जन्मिएकी ती चेलीले फेसबुकमार्फत प्रेमविवाह गरेर पश्चिमको जिल्ला कैलाली आएपछि उनले पनि रजश्वलाको समयमा छाउगोठमा बस्नुपर्छ परिवारका सदस्यले जानकारी गराए । माइती घरमा रहँदा छाउगोठका बारेमा समाचार र लेखमा मात्र पढेकी उनले अब आफू पनि छाउगोठमा बस्नुपर्छ भनेको सुनेपछिको मनोभाव ,परिवारका सदस्यको सोच र छाउ बस्दाको अवस्थालाई संस्मरणमा उल्लेख गरेकी छिन् । अझै पनि महिलामाथि यति ठूलो अन्याय ? यस्तो अन्यायलाई परंपरा र संस्कार जोगाउने नाउँमा उचित ठह¥याउने यही हो समाजको शिक्षा ?

उक्त संस्मरणले मेरो मनमा दिग्मिग र आक्रोश दुबै एकसाथ पैदा गराए । पढ्दा त मेरो मनोदशा यसप्रकार भयो भने छाउ गोठमा बस्ने महिलाले कति धेरै दुख, यातना र त्रास बेहोर्नु पर्छ होला ? संझिदा पनि कहाली लागेर आउँछ । हो, यसैले त छाउ गोठमा बस्नु हुँदैन भनेर अभियान चलाइरहेका त्यस भेगका दिदी बहिनीको साहसलाई पनि उक्त संस्मरणमा उल्लेख गरिएको हुँदा मन केही उत्साहित भएको छ । यसैले यो लेखमार्फत छाउपडी प्रथा विरोधी सबै अभियानले सफलता पाउँदै जाउन् भन्ने शुभकामना दिन्छु ।

डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले छाउ नबार्ने महिलालाई पाँच हजारसम्म पुरस्कार दिने निर्णय भएको समाचार मैले केही वर्ष अघि पढेको थिएँ । अहिले पनि त्यो निर्णय लागु भइरहेको हुनुपर्छ । रजश्वला अर्थात महिनावारीलाई पश्चिमका केही जिल्लाहरुमा अलि बढी घृणा गरिने चलन अहिले पनि हट्न सकेको छैन । हुन त अरु ठाउँमा पनि कतिपय समुदायमा रजश्वलालाई बार्ने गरिन्छ । तर पनि पश्चिमका केही जिल्लाहरुमा तुलनात्मकरुपमा केही बढी मात्रामा छिछि गर्ने विषय गराइएको छ । खासगरी ती जिल्लाहरुमा रजश्वला भएका महिलाहरु छाउगोठमा बस्नुपर्ने चलन जस्तै बनिरहेको हामी सबैले सुन्दै,पढ्दै र कतिपयले देख्दै पनि आइरहेका छौं । महिनावरी भएको समयमा घरदेखि टाढा छाउगोठमा एक्लै बस्नुपर्ने बाध्यताका कारण सर्पले डसेर धेरैको मृत्यु भइसकेको छ । कतिपय बलात्कृत हुँदै आएका छन् ।

यी सबै अमानवीय घटनाले सचेत नागरिकहरुको मनले छाउपडीप्रथाको अन्तका लागि आवाज उठाउन थाले । शुरु शुरुमा छाउपडीप्रथाको अन्तका लागि उठाइएको आवाजलाई धेरैले धर्म विरोधी आवाज भनेर गाली गरे । महिला विरोधी आवाज भनेर छिछि गरे । यति मात्र होइन, स्वयं कतिपय महिलाहरुले समेत छाउपडी प्रथा अन्त हुनुपर्छ भनेर आवाज उठाउनेहरुका विरुद्ध कतिपय ठाउँमा जाइलाग्ने काम समेत भए । अन्धविश्वास र अचेतनाका कारण उनीहरुले छाउपडी प्रथा अन्त गर्नुपर्छ भन्ने आवाज उठाउनेहरुकै विरुद्धमा नारा जुलुस लागेको विडम्बनापूर्ण अवस्था पनि देख्नु परेकै थियो ।

हाम्रो मुलुकमा इतिहास भइसकेका विषय धेरै प्रथा छन् । जस्तै दास प्रथा , सती प्रथा ,कमाराकमारी प्रथा , कमैया कमलहरी प्रथा । अब ती प्रथा हाम्रो समाजमा दोहोरिएर आउन सक्दैनन् । कसैले राणा शासन फर्काउनुपर्छ भन्यो भने कस्तो सुनिएला ? अबका दिनमा कमैया कम्लरी प्रथा खारेज गर्नु उचित होइन भनेर कोही सडकमा नारा लगाउन आयो भने कस्तो देखिएला ? यसैगरी अबको परिवर्तित समय सन्दर्भमा राजतन्त्र कायम होला भनेर स्वतन्त्रता र शान्तिका पक्षधर कुनै पनि नेपालीले सोच्न समेत सक्दैनन् । इतिहास बनिसकेका यी लगायत युगविरोधी र मानवता विरोधी घटना र प्रथालाई दोहो¥याउने काम अब कसैबाट पनि संभव देखिदैन । अहिलेको समय,चेतना र मानवता विरोधी घटनाको रुपमा चिनिदै आएको छाउपडी प्रथालाई पनि इतिहासको विषय बनाउनकै लागि विगत लामो समयदेखि आवाज र अभियानको थालनी हुँदै आएको छ । यही सिलसिलालाई अघि बढाउँदै छाउपडी प्रथाको अन्त्य गर्नको लागि डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले गरेको निर्णय सराहनीय र स्वागतयोग्य रहेको छ । यसको सिको अरु पालिकाहरुले पनि गरेको हुनुपर्छ भन्ने मेरो अनुरोध रहेको छ ।

वास्तवमा महिलाहरुका समस्यालाई महिलाहरुले भन्दा अरुले बुझ्न पक्कै सक्दैनन् । विडम्बना नै भन्नुपर्छ त्यस्ता समस्याहरुलाई हटाउनको लागि आह्वान गर्ने काम महिलाहरुबाट कमै हुने गरेको छ । उदाहरणका लागि रजश्वलाकै विषयलाई लिने हो भने कतिपय महिलाहरुले रजश्वलालाई बार्नुपर्छ । रजश्वला भएको समयमा अरुलाई छुनुहुँदैन भन्ने मान्यता राख्दै आएका हुन्छन् । उनीहरुले रजश्वलालाई छलफल र विचार विमर्शको विषय बनाउन धक मान्ने गर्छन् । शायद यसैकारणले हुनुपर्छ रजश्वलाका बारेमा धेरै महिलाहरुले खुलेर कुरा गर्न हिच्किचाउने गर्छन् । धक मान्ने गर्छन् र रजश्वला भनेको नराम्रो विषय हो भन्ने मान्यता पालिरहेका हुन्छन् । एउटा अनौठो विषय अर्काे पनि के छ भने महिलाका समस्यालाई हटाउनको लागि महिला पुरुष जसले पनि उठाएको भए पनि ती आवाजहरुलाई महिलाहरुले स्यावास भनेको सुन्न पाइदैन किन हाला ?

नारी स्वतन्त्रताको कुरा गर्ने कतिपय नारी अगुवाहरु परंपरा जोगाउने नाउँमा रजश्वलालाई भन्न नहुने,छुवाछुत र लुकाउने विषयको रुपमा प्रस्तुत गर्ने काम गरिरहेका हुन्छन् । हिजोका दिनमा नबुझेर रजश्वलालाई छिछिको विषय बनाइयो । आजका दिनमा वास्तविकता बुझेका र बुझ्न लागेकाहरुले रजश्वलालाई तिरष्कारको रुपमा हैन, स्वागतको रुपमा ग्रहण गर्नु आवश्यक हुन्छ । सृष्टिको पहिलो बिहानको रुपमा रजश्वलालाई मान्यता दिने ठाउँमा घिनाउने वस्तुका रुपमा बुझ्नु भनेको सृष्टिको अपमान गर्नु हो । अब यस्तो बुझाइ मनभित्र पालेर रजश्वलालाई घृणा गर्ने अधिकार कसैलाई पनि छैन । रजश्वला नबार्ने हो भने अधर्मी र नास्तिक होइन्छ भन्ने कसैले पनि सोच पाल्नु बेठीक हुन्छ । अझ योभन्दा बेठीक त छाउपडीको पक्षमा वकालत गर्नु हुन्छ ।

प्रकाशित:

११०८ दिन अगाडि

|

६ भदौ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९