ढकिया खबर डटकमको भदौ ७ गते आज एक वर्ष पुरा भएको छ । यस बीचमा यसले पाठकवर्गको मनग्गे माया पाएको छ । एक वर्षको यात्राको दौरान हामी उत्साहित छौं ।
भूइँमान्छेका आवाज पस्किदै आम पाठकसामु पुग्नु हाम्रो लक्ष्य हो । तर, खास गरी थारू सु्मदायका पाठकलाई लक्षित गरिएका सामग्री यस बीचमा बढी प्रकाशन भए ।
भदौ ७ थारू सु्मदायको पहिचानसँग जोडिएको दिन हो । आफ्नो आधिकारको लागि, थरुहट प्रदेशको लागि थारू सु्मदायले मुठ्ठी उचालेको दिन हो । तर, समय क्रममा यी मुठ्ठी कसिलो हुनु सट्टा खुकुलो हुँदै गएका छन् । टीकापुरमा भएको त्यस दिनको आन्दोलनबाट थारुहरु पनि आन्दोलन गर्न सक्छन् भनेर एउटा नजिर त स्थापना भयो तर आन्दोलनबाट तिनले के पाए त ? यक्ष प्रश्न यही हो ।
बरु टीकापुर आन्दोलनबारे न्यायालयको फैसलाको घाउ थारु समुदायलाई पुस्तौसम्म चहराइरहने स्थिति देखा परेको छ । अदालतको भाषामा टीकापुर आन्दोलनको क्रममा मा हत्यामा मुछिएका भनिएका रेशम चौधरी राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर जेठ १५ गते रिहा भएका छन् ।
सर्वोच्चको टीकापुर घटनासँग जोडिएको रेशम चौधरी बारेको पूर्णपाठले अहिले देशमा ठूलै तरंग फैलिएको छ । नश्लवादीहरु सर्वाेच्चको पूर्ण पाठले रेशम पुनः जेल जानु पर्छ भन्न थालेका छन्, जो बिलकुल निराधार हो । राष्ट्रपतिको आममाफी उल्टिदैन ।
जिल्ला र उच्चको फैसलालाई सर्वोच्चले जस्ताको तस्तै सदर गरेको छ । अनि पूर्ण पाठमा थप व्याख्या गरेको छ । जवर्जस्ती अपराधी करार गरेको छ । सर्वोच्चले लाल आयोगको पोका खोल्ने जाँगर गरेको छैन । जबकि यही बुधवार भदौ ६ गते पनि संसदमा सांसद तेजुलाल चौधरीले लाल आयोगको प्रतिवेदन खै सार्वजनिक ? भनेर प्रश्न उठाइरहेका छन् ।
रेशमले आगामी असोज ३ गते संविधान दिवसको अवसरमा टीकापुर घटनामा जोडिएका बाँकीलाई कैद मिनाहा गराउने पीडित परिवारलाई आश्वासन दिएका छन् । तर, सर्वोच्चको पूर्णपाठले यसमा कालो बादल मदारिएको देखिएको छ । टीकापुर आन्दोलनको न्यायको लडाइँ अझै बर्षौ पर्खिनु पर्ने त होइन भन्ने दृष्य देखिदै छ । यसैले पनि न्यायका लागि निरन्तर खबरदारी जरुरी छ ।
टीकापुर घटनामा प्रहरीसँगै नाबालक टेकबहादुर साउदको पनि दुःखद निधन भएको थियो । यस वर्ष आजैका दिन टीकापुरमा उनको शालिक अनावरण भएको छ । देखिजान्नेलाई थाहा छ, बालक साउदको निधन आन्दोलनकारीबाट भएको थिएन । वास्तविकता खुल्ने डरले नै उनको पोस्टमार्टम पनि गरिएन ।
यस परिवेशमा टीकापुरले कहिले पाउने त न्याय ? टीकापुर घटनाका सम्पूर्ण राजवन्दीको कहिले हो त रिहाई ? कहिलेसम्म माग्ने थारू सुमदायले राज्यसँग दुहाई ? अब दुहाई होइन, संगठित आवाज उठाऔं । हातमा औजार हुनेहरुले औजार लिएर उठौं । मुखमा स्वर हुनेहरु आवाज लगाएर उठौं । ढकियाखबर त कलम लिएर हरदम भुइँमान्छेहरुका आवाजको लागि खडा छ ।
प्रकाशित:
११०९ दिन अगाडि
|
७ भदौ २०८०
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९