थरुहट/थारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा मारिएका २ वर्षका बालक टेकबहादुर साउँदको सालिक अनावरण गरिएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी, टेक बहादुर साउँदका बाजे जङ्ग साउँद र बुवा आमाले संयुक्त रूपमा सालिक अनावरण गरेका हुन् ।नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रेशमलाल र टेकबहादुर साउद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउँद आफ्नो पनि बच्चा रहेको बताएका छन् । स्व. साउँदको सालिक अनावरण कार्यक्रममा साउँदका बुवा नेत्र साउँदसँग अङ्कमाल गर्दै चौधरीले आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेको बताए । उनले भने, ‘नेत्र साउँद र म दाइ भाइ हो । उहाँको बच्चा मेरो पनि बच्चा हो । हाम्रो भावनामाथि खेल्ने प्रयास हुँदै छ । मलाई जबरजस्त हत्याराको रूपमा उभ्याउन खोजियो । तर उहाँहरुले मलाई र टीकापुरलाई बुझ्नुभएको छ । उहाँहरूकै आर्सीवाद र सद्भावले म माननीय पनि भए । मैले सालिक बनाउँदै गर्दामा पनि धेरैले भनेछन् सालिक ल्याउन नलगाउनुस् ।’
त्यस्तै, उनले टीकापुरमा टाढाबाट ढुङ्गा हानेर सद्भाव खलबल्याउने काम समेत भइरहेको खुलाएका छन् । उनले अगाडि थपे, ‘टीकापुरमा भद्र ७ गते घटना घट्यो । दुभाग्र्यपूर्ण घटना घट्यो । आधिकार प्राप्तिको लागि अखण्ड र थरुहट आन्दोलन भयो । संयोगले अखण्ड सुदूरपश्चिमको माग सम्बोधन भयो । असन्तुष्ट थरुहट आन्दोलनकारीभित्र आगोको झिल्को थियो । त्यही आगोको झिल्कोमा अरूले खाना पकाउने कार्य गरे । टाढाको मान्छेले ढुङ्गा हानेर यहाँको सद्भाव खलबल्याउने काम भइरहेको छ ।’
टीकापुर घटनामा संलग्न रहेको भन्दै अदालतले फैसला गरेका केही व्यक्ति अझै पनि कारागारमा छन् । जेठ १५ गते गणतन्त्र दिवसमा अवसरमा रेशम रिहा भएपनि उनीहरु रिहा भएका छैनन् । रेशम चौधरीले असोज ३ गते उनीहरू रिहा हुने र राज्यले रिहा गर्नेमा विश्वास व्यक्त गरेका थिए । ‘केही राजबन्दी परिवार अझै पनि जेलमै हुनुहुन्छ । हामीले अपेक्षा गरेका छौं अबको असोज ३ गते संविधान दिवसको दिनमा राज्यले उहाँहरूलाई पनि रिहाइ गरिदिनुहुने छ ’ उनले भने । यसैबीच उनले आफू टीकापुरको विकास र समृद्धि मात्रै चाहेको बताएका छन् । टीकापुरलाई टीकापुर बनाउनमा आफ्नो पनि लगानी रहेको बताउँदै उनले सबै मिलेर टीकापुरलाई समृद्ध बनाउनुपर्ने उल्लेख गरे ।
प्रकाशित:
११०८ दिन अगाडि
|
७ भदौ २०८०
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९